संकलित तथ्याङक अनुसार आफ्नो गाउँपालिकामा ३ सय घरपरिवार खाद्य सङंकटमा परेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाको वडा न. १, २ र ३ नम्बर वडाको बेसी क्षेत्रका ३ सय घरधुरी खडेरी प्रभावित भएको उनले बताए । खडेरी प्रभावित क्षेत्रमा गाउँपालिकाबाट कर्मचारी र जनप्रतिनिधिको टोलि खटाईएको थियो ।
टोलिले ३ सय घरधुरीको प्रतिवेदन तयार गरेको हो । सङकलन गरिएको प्रतिवेदनमा क्षति कति भएको हो, छनोट गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद भटराईले बताए । उनले हाल गाउँपालिकाको वडा न. १ यासोकमा १ सय ५३ घरधुरी, वडा न. ३ रानिगाउँमा ५६ घरधुरी र वडा न. ५ स्याबरुम्बामा १ सय घरधुरी खडेरीले प्रभावित भएको बताए ।
जिल्लाको अर्को सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिका पनि खडेरीले अछुत्तो रहेन । कुम्मायक गाउँपालिकाको भन्दा पनि बढि कुल ५ सय ८६ घरपरिवार खडेरीबाट प्रभावित भएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । बारीमा उत्पादन गरेको मकै थन्याउन नपाउँदै मरेपछि गाउँपालिकामा खाध्य संकट देखा परेको उनले बताए । अधिकांश बेसी क्षेत्रमा यस्तो संकटदेखा परेकोले प्रदेश सरकार र गाउँपालिकाले अनुगमन निरिक्षण अध्ययन गर्दै आएकाे थापाको भनाई छ ।
उनले खडेरी प्रभावित क्षेत्रका कृषकहरुलाई राहतको लागि तयारी गरिरहेको बताए । गाउँपालिकाको वडा न १, २ र ५ नम्बर वडामा खडेरीले ठुलो असर पुर्याएको गाउँपालिकाले जनाएको छ । पाँचथर र तेह्रथुमको सुख्खा प्रभावित क्षेत्रमा यता प्रदेश सरकारले पनि चासो दिएको छ । सुख्खा क्षेत्रको स्थलगत अध्ययन गर्न प्रदेश न. १ का आर्थिक तथा मामिला मन्त्री इन्द्रबहादुर आङबो सहितको टोलिले स्थलगत अध्ययन सुरु गरेको छ ।
जिल्लाको सुख्खा ग्रस्त क्षेत्र तुम्बेवा र कुम्मायक गाउँपालिकाको लागि भदौ १३ र १४ गते स्थलगत अध्ययन गर्ने कार्यक्रम तय भएको छ । मन्त्री आङबोको टोलिले प्रभावित क्षेत्रको अध्ययनको प्रतिबेदन प्रदेश सरकारलाई १५ दिन भित्रमा बुझाउनु पर्ने जनाईएको छ ।