रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय मौलिक नेपाली खाना (लोकल सिस्नुसँग), अग्र्यानिक कोदो र आँपको निखरा तीनपाने कटुवा, तमोर नदीको ताजा माछा, फिसिङको व्यवस्था गरिएको छ । तमोर रिभर एडभेञ्चर प्रालिसँगको सहकार्यमा मूलघाटदेखि चतरासम्म ६ घण्टाको ¥याफ्टिङको व्यवस्था छ । साँझमा क्याम्पफायरको मज्जा छुट्टै छ ।

 

मूलघाट । नेपाली जनजीवनमा हिजोआज बढीभन्दा बढी खुसी प्राप्त गर्ने रमाउने माध्यम बनेको छ, भ्रमण । प्रकृतिमा रमाउनु र नौला कुराको आस्वादन गर्नु पर्यटकको उत्कट चाहना पनि हो । नेपालीहरूको यही चाहना आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने बलियो माध्यम पनि बनेको छ । त्यसैले नयाँ ठाउँको भ्रमण गर्ने, अवलोकन गर्नेको सङ्ख्या बढ्दो छ । लाखौँलाख आन्तरिक हुन् या बाह्य पर्यटक, उनीहरू समथर नियाल्ने भ्यूटावर, अग्लाअग्ला पहाड, ठूलाठूला रुखका फेद, ओडार, झर्ना, नदीका तीरदेखि अग्ला हिमालसम्म चाहर्न र रिसोर्टमा गएर रात बिताउन चाहन्छन् । यस्तै प्रकृतिप्रेमी भ्रमण पारखीहरूका लागि एउटा उचित गन्तव्य बनेको छ, धनकुटाको मूलघाटमा रहेको तमोर रिभर साइड रिसोर्ट एण्ड रिभरपार्क । पछिल्लो ५ वर्ष यता आन्तरिक हुन् या बाह्य पर्यटकहरू तमोर रिभर साइड रिसोर्टमा रमाउने बानी परिसकेका छन् । अधिकांश घुम्न आउने पर्यटकका लागि त झन नदी किनारका रिसोर्ट छुट्टै गन्तव्य बनिरहेका छन् । फुर्सदको समयलाई सदुपयोग गर्ने गन्तव्य नै हिजोआज नदी किनार र पहाडका टुप्पामा रहेका रिसार्टहरू आकर्षक गन्तव्य बनिरहेका छन् । नेपालमा सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरू सेवा सुविधा र स्थानीय प्राकृतिक वातवरणीय हिसाबले पर्यटकलाई विशेष प्रभाव पार्ने किसिमका छन् । पछिल्लो समयमा रिसोर्ट खोल्ने क्रम बढेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्दै गएको धनकुटाको मूलघाटस्थित तमोर रिभर साइड रिसोर्ट तथा रिभर पार्कका सञ्चालक मोहन बान्तवा राई बताउँछन् । पारिवारिक वातावरणमा साथीभाइसँग आनन्द लिनेहरूको सङ्ख्या पछिल्लो समयमा बढ्दो छ । हिजोआज रमाइलो गर्न रुचाउने मध्यमस्तरका आन्तरिक पर्यटकहरू रिसोर्ट रोज्न थालेको सञ्चालक बान्तवा राई बताउँछन् । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका पूर्व अध्यक्ष समेत रहेका बान्तवाले करिब १ करोड ८० लाखभन्दा बढी रुपैयाँ लगानी गरेर तमोर रिभर साइड रिसोर्ट एण्ड रिभरपार्क ५ वर्ष अघि सञ्चालनमा ल्याएका हुन् । विशेष गरेर धनकुटाको नमस्ते झर्ना, घण्टे, मुलघाट, विश्रान्ती मन्दिर, तमोरको पुल, धनकुटा बजार, हिले बजार र आसपासको क्षेत्रको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गरी रिसोर्ट सञ्चालन गरिएको बान्तवा बताउँछन् । सञ्चालक बान्तावाले रिसोर्ट स्थापना गर्न एकलौटी रूपमा झण्डै २ करोडको हाराहारीमा लगानी गरेका छन् । रिसोर्ट सञ्चालनको लागि राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाबाट ७५लाख रुपैयाँभन्दा बढी ऋण लिएर लगानी गरेको बान्तवाले बताउँछन् । रिसोर्ट सञ्चालन गर्न आवश्यक पर्ने बाँकी रकम आफ्नै आम्दानीबाट लगानी गरेका छन् । बान्तवा पेशाले सामुदायिक विद्यालयका शिक्षक पनि हुन् । धनकुटाको मूलघाट क्षेत्र विराटनगर देखि किमाथाङ्कासम्म जोड्ने कोशी लोकमार्ग समेत जोडिएको हुँदा धार्मिक तथा जल पर्यटनको प्रचुर सम्भावना रहेको र रिसोर्टमा पर्यटक बढ्न थालेको उनले बताएका छन् । केही वर्ष यता भेडेटार, नमस्ते झरना, मूलघाटक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेकाले पनि रिसोर्ट सञ्चालनमा ल्याउनु परेको सञ्चालक बान्तवा बताउँछन् । रिसोर्टमा दुई दर्जनको हाराहारीमा सुविधा सम्पन्न कोठा र तालिम हलको व्यवस्था छ । मूलघाट क्षेत्रमा पर्याप्त होटल नहुँदा अधिकांश पर्यटक पहिले–पहिले यहाँ नबसी घुमेरमात्र जाने गरेको बान्तवा बताउँछन् । तर अहिले दर्जनौँ पर्यटकले मूलघाटस्थित तमोर रिभर साइड रिसोर्ट एण्ड रिभर पार्कमा आएर आफू खुसी रमाउने र रात बिताउने गरेको उनको भनाइ छ । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई दिइने सेवा सुविधालाई नयाँ तरिकाले पस्कने उद्देश्यका साथ आफूले रिसोर्ट सञ्चालनमा ल्याएको बताए । रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय मौलिक नेपाली खाना (लोकल सिस्नुसँग), अग्र्यानिक कोदो र आँपको निखरा तीनपाने कटुवा, तमोर नदीको ताजा माछा, फिसिङको व्यवस्था गरिएको छ । तमोर रिभर एडभेञ्चर प्रालिसँगको सहकार्यमा मूलघाटदेखि चतरासम्म ६ घण्टाको ¥याफ्टिङको व्यवस्था छ । साँझमा क्याम्पफायरको मज्जा छुट्टै छ । ¥याफ्टिङमा जानेलाई चाहनाअनुसार एक रात क्याम्पफाइरिङमा राखेर भोलिपल्ट मात्र अन्तिम गन्तव्य चतरासम्म पु¥याउने समेत व्यवस्था छ । पछिल्लो समय जाडोको मौसममा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको सङ्ख्या सन्तोषजनक रहेकाले टेण्ट टाँगेर बस्नेका लागिसमेत आफ्नै रिसोर्ट छेउको खुल्ला चौरमा व्यवस्था गरिएको बान्तवाले बताए । त्यसका साथै मालदह आँपको छाहारीमा गेट टुगेदर, पारिवारिक जमघट गरेर रमाइलो वातवारणमा खाने बस्ने, नेपाली मौलिक तथा अग्र्यानिक खाना रिसोर्टले प्रदान गर्दै आएको बान्तवाले बताए । उनले अझ पर्यटकलाई थप आकर्षण बढाउन सुन्दर बगैंचा निर्माण भइसकेको र गर्मी सिजनमा स्विमिङ पुल निर्माण गरेर पर्यटकको लागि थप सेवा बढाउने तयारी भइरहेको बताए । तमोर रिभर साइड रिसोर्ट तथा रिभर पार्कको मुख्य विशेषता भनेकै हरेक स्तरका पाहुनालाई सरल र सहज ढङ्गले सेवा गर्नु हो । रिसोर्टमा निम्न आयस्रोत भएका ग्राहक देखि भीआईपीले समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ । यिनै विशेषताले गर्दा तमोर रिभर साइड रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेको छ । ‘रिसोर्ट स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै आन्तरिक पर्यटन प्रवद्र्धन र विकास भएकाले आगामी दिनमा पनि हाम्रा सेवाहरू आन्तरिक पर्यटक लक्षित हुनेछन् ।’ सञ्चालक बान्तवाले भने । तमोर नदीमा विशेष गरेर कात्तिक महिनादेखि चैत शैशाखसम्म हिउँदको समयमा ¥याफ्टिङ सेवा सञ्चालन हुने भएकाले पनि तमोर रिसोर्टमा पर्यटक बढेको बान्तवाको भनाइ छ । अघिल्लो वर्षमा झैँ यो वर्ष पनि तमोर रिभर एडभेञ्चर प्रा.लि. धरानसँग आवश्यक समन्वय गरी सकिएकाले नियमित ¥याफ्टिङ्ग सेवा सञ्चालनमा आउने बान्तवाले बताउँछन् । उनले नेपालको पोखरा, चितवन, हेटौँडा, विराटनगर, झापा, सुनसरी, जनकपुर, विरगञ्जलगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेको र बाह्य रूपमा सिक्किम, दार्जीलिङ, भुटान, कलकत्ता, बिहार, पश्चिमबङ्गाललगायतका स्थानबाट पनि उत्तिकै मात्रामा पर्यटक आउने गरेको बताए । कामले व्यस्त भएका मानिस रमाइलोका लागि लामो समयसम्म शान्त वातावरणमा रमाउन र आनन्द लिन रिसोर्ट आउने गरेको पाइएको सञ्चालक बान्तवाको अनुभव छ । ‘चितवनको राप्ती नदीको आसपासको किनारमा रहेका रिसोर्टहरूमा जसरी विदेशी पर्यटकहरु आउँछन् र जुन किसिमको होस्पिटालिटी चितवन आउने पर्यटकले पाएका छन्, त्यो सेवा मूलघाटस्थित तमोर नदीको किनारमा दिने हो भने यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा कुनै कमी आउँदैन ।’ बान्तवा भन्छन् । स्थानीय सरकारले रिसोर्ट व्यवसाय सञ्चालन गर्न युवाहरूलाई प्रोत्साहन गर्नु पर्ने बान्तवाको भनाइ छ । यो व्यवसायमा सरकारीस्तरबाट प्रोत्साहन र प्रवद्र्धनका कार्यक्रम भए । आन्तरिक ताथ बाह्य पर्यटक मनग्गे आउनेमा दुई मत छैन । आगन्तुकको सेवासुविधालाई ध्यानमा राख्दै उचित स्वागत सत्कारमा युवा व्यवसायीको प्रतिस्पर्धाले पर्यटन व्यवसाय फस्टाउने बान्तवाको मत छ । भू–बनोटको हिसाबले होटल तथा रिसोर्टहरू सञ्चालनमा भनेजस्तो सेवा सुविधा प्रदान गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने प्रसस्त आधारहरू छन् ।