इटहरी । लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा पुग्न सकेको छैन । सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्रीमा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाण्डौ छिर्नेको जमात पनि ठुलै छ । त्यही युवाहरुलाई लक्षित गर्दै संगितमै पोख्त बनाउँन जनस्तरबाटै संगित पढाउँने उदेश्यले अत्याधुनिक सुबिधा सम्पन्न भवन निमार्ण भईरहेको छ ।
संगीत क्षेत्रप्रति इच्छुकहरुलाई संगीत ज्ञान प्रदान गर्ने उदेश्यले निमार्ण हुदै गरेको संगित साधाना एकेडमीको निमार्ण कार्यले तिब्रता पाएको छ । संगितको अध्ययन केन्द्रको रुपमा रहने गरि संगित एकेडेमी निर्माण हुने छ । संगितको अध्ययन गर्ने र त्यसको विषयगत अध्यानका लागी निर्माण हुने अत्याधुनिक एकेडेमीको संगितकर्मीहरुमा आस पलाएको छ । साडे १० कठ्ठा जमिनमा निमार्ण भईरहेको भवनलाई धरानका समाजसेवि चन्द्रशेखर श्रेष्ठले १९ धुर जग्गा दिएका थिए । त्यस्तै इटहरीका कृष्ण कार्की र टंक नेपालले पनि जग्गा दिएका छन तर पास भने भएको छैन । बाँकी साडे ६ कठ्ठा ऐलानी जग्गा हो ।
इटहरी २ स्थित आपँगाछीमा रहेको एकेडेमीको भवनमा देशमा संगितको अध्ययन गर्ने चाहने विद्यार्थी तथा विदेशबाट आएका व्यक्तिहरुले आवासिय रुपमा नेपाली संगितको अध्ययन गर्न सकिने महत्वकांक्षी योजनका साथ सुरु भएको एकेडमीमा भवन निमार्णको काम तिब्र भएको भवन निमार्ण समितिका संयोजक तथा संगित साधना प्रतिष्ठानका महासचिब राजु केसी बताउँछन । उनी भन्छन् संगितका लागी पूर्वमै यो पहिलो र अत्याधुनिक भवन हो ।
प्रतिष्ठानमा विभिन्न वाद्यवादनको छुट्टै संग्राहालय समेत रहनेछ भने करिव ५ सय मानिस अट्ने सुविधा सम्पन्न कार्यक्रम हल निमार्ण भईसकेको छ । भवनको निर्माणका लागि सरकारी निकायबाट ५२ लाख बराबरको निर्माण हुने बताइएको छ । संगित साधना प्रतिष्ठानले भवन निर्माणका लागि विभिन्न जनस्तरबाट रकम संकलन गर्न संगित साधना प्रतिष्ठान एक इटा अभियान नामको अभियाना पनि सञ्चालन गदै भवनमा निमार्णमा जुटिरहेको प्रतिष्ठानका महासचित तथा भवन निमार्ण संयोजक केसीले भने ।
रहरै रहरको बजार बनिरहेको यस नेपाली संगित क्षेत्रले पुराना पुस्ताका भार थाम्न नसकेको पक्का छ । संगितको एक बिधा हिपपप, आरएनवीमा युवा जमातको मोह ह्वातै बढेको छ । संगित क्षेत्रलाई अझै अब्बल बनाउँन प्रतिष्ठानको भवन निमार्ण भईरहेको केसी बताउँछन । पछिल्लो अवस्थामा विदेशी संस्कृतिले हाम्रो सांस्कृतिक सम्पदालाई प्रत्यक्ष असर पार्न थालेको छ ।
बरिष्ठ संगितकार गुरुङको सपना पुरा हुदै
नेपाल संगित तथा नाट्यप्राज्ञा प्रतिष्ठानका कुलपति तथा बरिष्ठ संगितकार अमर गुरुङले इटहरीमा आएर भनेका थिए ,जनस्तरबाट संगित प्रतिष्ठान बनाउँनु पर्छ । यो मेरो सपना इटहरीको संगित साधनाले गर्छ भन्ने विश्वस्त छु भनेका थिए अहिले उहाँको सपना पुरा गर्ने सोचमा छौमहासचिव राजु केसीले भने ।
कक्षा ९ देखि स्नातकोत्तर सम्मको पढाई हुने लक्ष्य राखेको उनको भनाई थियो । त्यो सँगै विभिन्न जातिहरुको संस्कृतिलाई समेत राखिने उनको भनाई थियो । सास्कृतिक सम्पदा सग्राहलय तथा अनुसन्धान केन्द्र पनि निमार्ण हुन्छ केसीले भने । ३ वटा भवन बनाउँन करीब १५ करोड लागत राख्ने छ । जनस्तरबाट मात्र अहिले सम्म ९० लाख रुपैयाँ उठेको प्रतिष्ठानले जनाएको छ । अहिले सम्म १२ लाख ऋण लागे पनि निमार्णको काम नरोकिएको उनको भनाई थियो ।
स्थानीय हर्षित
इटहरीमा पछिल्लो समयमा जनसंख्या दिनप्रतिदिन बढ्दै रहेको छ । गित संगितमा लाग्ने जमात पनि इटहरीमा बढ्दो छ । स्थानीय जनस्तरबाटै भवन निमार्ण हुन थाले पछि अहिले संगित साधना भवन निमार्ण क्षेत्रका स्थानीयहरु पनि दंग छन । आँपगाछीमा ४ तले सुविधासम्पन्न भवन निमार्ण भए पछि अहिले स्थानीय बासीन्दाहरु दंग भएका हुन ।
संगित साधना बन्दा आफु हर्षित भएको संगित साधनाकै निमार्णधिन भवन सँगै घर भएका चन्द्रबहादुर कार्कीले भने । लामो समय देखि आफु बस्दै आएको ऐलानी जग्गामा संगित साधना बन्दा आफु खुसी भएको जनाए । हामी स्थानीय हर्षित भएका छौ,हाम्रो ठाउँमा सुविधा सम्पन्न संगित विद्यालय बन्दै छ उनले थपे । इटहरीमा संगित प्रेमी कार्यकारी अधिकृत गणेश दाहालको पहलमा जग्गा तथा भवन निमार्णमा योगदान पुराएको महासचिव राजु केसी सम्झन्छन ।
कसरी स्थापना भयो संगित साधना ?
२०५० सालमा संगित साधना महाविद्यालयको नाममा स्थापना भएको यो संस्थाले देशभर नाम कमाईरहेको छ । संगित क्षेत्रलाई अगाडी बढाउँने उदेश्यले संस्थापक अध्यक्ष कोहि नरहने गरी राजु केसी, राम धामी, मणि गुरुङ, शुशील आचार्य र रोशण राणामगर संस्थापक सदस्य रहने गरी स्थापना भएको संगित साधनाले धेरैको मन जितिसकेको छ ।
संगितका लागी पुस्तक तथा अध्या गर्ने केन्द्रहरु अभाब हुदा संगित क्षेत्रमा अध्यान गर्ने समस्या भएको तत्कालिन संस्थापक सदस्य तथा हालका महासचिव राजु केसी बताउँछन । अहिले पनि संगित पढाउँने पुस्तक प्रयाप्त नहुदा समस्या हुदै आएको छ उनी भन्छन् । नेपालका विद्यालयमध्ये जम्मा ६ वटा विद्यालयमा मात्र संगितको पढाइ हुने गर्छ। जसका कारण पनि यस्ता मौलिक बाजा नयाँ पुस्तासम्म पुग्न नसकेको संगीतकर्मीले जिकिर छ ।नेपाली संगितमा मादल भएन भने संगितको कल्पना पनि गर्न सकिन्नमहासचिव केसीले भने ।