वराहँक्षेत्र । गाउँमा बाटो ल्याउँने वर्षौ अघिको सपना पुरा भएपछि वराहक्षेत्र नगरपालिकाको वालचन खोरियाको गाउँलेको जिवन स्तर फेरिदैं गएर आर्थिक समृद्धि तर्फ लागेको छ । धेरै समय देखि बाटोको माग गर्दै आएका स्थानियको घरको दैलो सम्म बाटो आएर स्थानियको दैनिकी सरल तथा सहज बन्दै गएपछि उनीहरु आर्थिक उपार्जन तर्फ लागेको स्थानिय रिऋीराज निरौला बताउँछन् । २०६७ सालदेखि बाटोको माग गर्दै आएका थियौं, गएको आर्थिक वर्षमा २०७४/०७५ मा, वराहक्षेत्र नपाको वडा नम्बर २ ले बाटो बनाउँन २ लाख रुपैंया दिएको थियो । जनश्रमदान दिएर २० फुट चौडा भएको करिब नौं सय मीटर ग्राभेल बाटो बनाईएको निरौलाले भने । गाउँमा बाटो आएपछि गाडी घर सम्म सजिलै आउँने भयो, विरामीहरु बोकेर जान सजिलो भएको छ , आफुहरुले उत्पादन गरेको सामाग्री बजार लान सजिलो भएको निरौलाले बताए । गाउँले पाएको सबै भन्दा ठूलो फाईदा भनेको स्थानिय उत्पादनले बजार पाउँन थालेको छ । धरान,चक्रघट्टी र प्रकाशपुरका व्यापारी केरा,कागती जस्ता फुलफुल किन्न गाडी लिएर खेतबारी सम्म आईपुग्छन् ,उनले बताए । पहिला सिंचाईको सुविधा थियो तर बाटोको सहजताले गर्दा व्यापारीहरु घरमै आएपछि स्थानिय किसानहरु उत्साहित भएका छन् । २५ विघा जग्गामा उनीहरुले केरा, कागती, जस्ता फलफुल धान मकै गहु“, रहर, मास र मसुर जस्ता दलहन खेती तर्फ लागेको छन् उनी भन्छन् । स्थानिय नरेश मगर र ईश्वर गौतमले कोशी नदी किनार नजिकै रहेको १ विघा जग्गामा केरा तथा करिब दश कठ्ठामा कागती खेती लगाएका छन् शंकर वर्णको जाहाजी केरा लगाएका उनले । यो सिजनमा, बारीमै आएका व्यापारीलाई अस्सी हजार बराबरको केरा बेचेको नरेश मगरले बताए । ९ कठ्ठामा रिऋीराजले मज्जाले धान फलाएका छन् भने बेलाबेलामा बेमौसमी तरकारी समेत फलाउँने गरेको उनले धान र गहुँको लागि बजार जानु नपरेको एम्बुलेन्स चालक समेत रहेका रिऋी भन्छन् । छिमेकी दलबहादुर मगरले पनि १२ कठ्ठामा धान लगाए अनि घर चाहिने जति बाली भित्राएर बाकी रहेको बेची दिए दलबहाुदरले भने ,पहिला मकै र कोदोको भरमा थियौं तर अहिले धान समेत बेच्ने थालेको छु खुशी हुँदै उनले भने, यो सबै बाटोले गर्दा भएको हो । उनले स्थानिय माछा पालन समेत गरिएको भन्दै कृषकले ४ देखि ५ वटा माछा पोखरी निर्माण गरिन लागेको बताए । हाम्रो लक्ष्य भनेको बेमौसमी तरकारी फलाउँने थियो तर कोशी चल्ने हावा र तापक्रमले गर्दा कृषि विज्ञको सल्लाह अनुसार फलफुल खेती तर्फ समेत कृषक आर्कषित भएको गाउँलेले बतँए । वालचन खोरिया कृषि सहकारी संस्थाकी संकलक व्यवस्थापक चन्द्रकला दाहालले, बाटो आएपछि हामीलाई धेरै सहज बताईन् । पहिला याहाँ वाटो नहुँदा घण्टा अगाडी नै विद्यँलय जानु पर्थो तर अहिले टेम्पो र स्कुल बस घरमा जाने गरेकोले समयको बचत हुने विद्यार्थी सुरक्षित समेत भएको बताईन् । पहिला विद्युतको लाईन लिन तार दुईसय देखि अढाई मिटर लिनु पर्थो तर अब ५० मिटरले पुग्ने भन्दै बाटोले गर्दा घर नजिकै पोलहरु आएकोले गाउँले लाई सजिलो भएको उनी बताउँछिन् । उनले ६५ घरधुरिमा करिव ३ सय जनसंख्यामा ५ वर्ष मुनिका बालबालिका रहेको तथा स्कुल समेत टाढा भएकोले वालचनमा बालशिक्षा केन्द्र र मन्दिर निर्माण गरिनुपर्ने बताईन् । स्थानियहरु निकै जाँगरिला भएकोले यस आर्थिक वर्षमा वालचनका खोरियाको लागि तारजाली र विजुलीको योजना ल्याईएको बताउँदै वराहक्षेत्र नपा वडा २ अध्यक्ष हरिकृष्ण भट्टराईले वालचनमा बाख्रापालन सँगै ५० केभीको ट्रान्सफरमरको राखिने कुरा भईरहेको बताए । http://www.blastkhabar.com/news/2018/09/02/92818.html