इटहरी/ दैनिक बिहानै साडे ५ बजे इटहरीको हङकङ मार्केट अगाडी ठेला ठेल्दै दैनिक एक व्यक्ति आउँछन । ठेलामा केहि गिलास छन् । ठूलो बाल्टिनमा पानी छ, अर्को बाल्टिनमा चनाको सातु। केही कागती, प्याजका दाना पनि ठेलामा छ । नुन, मसलाको स-साना बट्टा छन ।  हेर्दा सामान्य देखिए पनि उनको व्यापार भने ठूलो । ग्राहकको माग अनुसार चनाको सातु बनाउँन उनलाई हम्मे हम्मे पर्छ । सातु पारखीहरुले उनका ठेलालाई घेरिरहेका हुन्छन । थोरै लगानीमा पनि मेहनत गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण हुन इटहरीका ९ का २७ बर्षिय रमेश शाह । इटहरी चौकमा उनलाई सातु बेच्दा बोल्ने फुर्सद सम्म हुदैन ।  सातु नै बेचेर पक्की घर समेत बनाई सकेका शाह आफ्नो पेशामा गौरभ गर्छन । तर उनको ब्यापार सातु बेच्ने मात्र भने हैन साडे १० बजे सम्म सातु बेचेर दिनभरी सफारी कुदाउनुउनको दैनिकि हो । विहानै ठेला भिडभाड हुने गरेको कारण आफु खुसी भएको बताउँछन उनी । भन्छन् २५ रुपैया गिलास सातु बेचेर दैनिक २ हजार र दिउँसो अटो चलाएर १ हजार गरी एक दिनमा ३ हजार हराउँदैन उनले भने ।  सातु बेच्न सुरु गर्नुअघि ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने सोच उनले नबनाएका हैनन् । तर सीप नभएको मान्छे विदेश गएर के गर्नु आफ्नै देशमा सानै भए पनि काम गर्ने सोच बनाएका रमेशलाई बुबा विरेन्द्रकोे पनि ठुलो साथ छ । विदेशमा गएर पैसा कमाउने सपना त्यत्तिकै हराएर गयो अहिले आफ्नो पेशा प्रति ज्यादै खुसी भएको उनी बताउँछन । बुबाले पहिल्यै देखि चटपटे ब्यापार गर्नुहुन्थ्यो,मैले पाि थोरै समय गरे तर त्यो ब्यापार अहिले छोडे उनले भने । इटहरीका रैथानेहरु बिहानै उनको सातु पसलमा पुग्छन । महंगो गाडीमा समेत उनको ठेलामा सातुको स्वाद दिन जानेहरु कम छैनन् । ग्राहकहरु स्वाद अनुसारको सातु घोल्न लगाउँछन् र मुख मिठ्याउँदै बाटो लाग्छन । ठेला वरिपरी चनाको सातु खानेहरूको भीड नै देखिन्छ । हरेक दिन बिहान उनलाई सातु घोलेर ग्राहकलाई दिन भ्याइनभ्याइ हुन्छ। सातु खान आउनेहरू आफ्ना स्वादअनुसार काँचो प्याज, कोही कागतीको रस, कोही मसला, कोही नुन मात्रै राख्न लगाउँछन । चनाको सातु खानका लागि नेतादेखि कर्मचारी, व्यापारी तथा पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने यात्रुहरू उनकै ठेलासम्म पुग्ने गर्छन्। एक दिन चोकमा ठेला नआएको भोलिपल्ट धेरैजना ग्राहक आउँने गरेका छन । बुधबार विहान ठेलामा सातु खानु आएका इटहरी ९ का रेवत चौधरीले दैनिक सातु खानु आउँने गरेको सुनाए । खै मलाई त असाध्यै मिठो लाग्छ सातु त्यही भएर दैनिक आउँछु । भोग पनि मर्ने ग्यास्टीक पनि नहुने उनको तर्क थियो । फजुल खर्च गर्नुभन्दा दैनिक बचत गर्न सके त्यहीँ पैसाले आपतविपतमा काम लाग्ने हुँदा थोरै पैसा लगाएर व्यापार गर्नेलाई बचत गर्न शाहको सुझाव छ। दैनिक उनले १० किलोसम्म चनाको सातु बेच्दै आएका छन । एक छोरा र एक छोरी छन । उनी भन्छन् छोरीलाई मण्टेश्वरी हालेको छु राम्रै ठाउँमा पढाउँछु । फुलबारी टोलमा ६ कोठाको पक्की घर छ भने ६ इटहरीमै ६ धुर जग्गा जोडेको उनी बताउँछन ।

सानो पुँजी लगाएर मेहनत गर्नेलाई सम्मान र माया गर्नेको संख्या थोरै छ। तर ठेलाको व्यापारले भएको प्रगति सुनाउँदा भने मानिसहरू अचम्ममा पर्ने गरेको उनको अनुभव छ । लाखौं खर्च गरेर सीप नभएका मान्छे विदेश जान्छन । उनको मेहेनतलाई हेर्ने हो भने आफ्नै देशमा गरे मालामाल कमाउँन सकिन्छ भन्न सकिन्छ । यहाँ केहि काम छैन,नेपालमा केहि गर्ने सकिएन भन्दै दैनिक विदेशीने युवाहरुले यसरी लाज नमानी ब्यापार गर्ने हो भने राम्रो आम्दानी गर्ने सक्ने उदाहरण उनी रमेश हुन ।