पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ५ का दलबहादुर थापाले २०६४ सालमा २० मुरी मकै फलाउथे । त्यतिबेलाको अन्न खान र बेच्न पुग्थ्यो । उनको मुख्य बाली मकै र धान थियो । बर्षेनी बर्षाद कम हुदै जान थालेपछि धान उत्पादन हुन छोडेको छ । मकैको उत्पादन पनि घट्दै जानथालेपछि बिकल्पको रुपमा थापाले अदुवा, अम्लिसो कागती र सुन्तोलाको खेति गर्न थालेका छन् ।
अहिले उनले हिउदे र नगदे बालीबाट मात्रै बार्षिक २ देखि ३ लाखसम्म आम्दामी गर्दछ् । थापा भन्छन् । राम्रो मैसम हुदा बार्षिक १५ देखि २० मुरीसम्म मकै फल्छ । भाउ लाग्दा प्रति मुरी २ हजारसम्म बिक्री हुन्छ । मकैको मात्र उत्पादनले ४ देखि ५ महिनासम्म मात्र धान्ने गर्छ । त्यही भएर मैले मकै को बिकल्प खोजेको हुँ ।’ उनले भने, थापाले भनेजस्तै अहिले अन्य किसानले पनि परम्परागत खेतिलाई त्यागेर आधुनिक खेति प्रणालीलाई अंगाल्न थालेका छन् ।
बर्षेनी बर्षाद कमहुदै जान थालेपछि सुख्खाग्रस्त क्षेत्रका किसानले हावापानीले सुहाउँदो खेती गर्दै आएको पाईन्छ । ‘किसानको बारीभरी अदुवा अनि डिलमा कागती बोट लहरै रोपेको देखिन्छ, । बाझीएका वनपाखामा अम्लिसोले ढाकेको छ । यो सम्झिंदा तराईको मोह भन्दा पहाडको आम्दामी नै प्यारो लाग्ने गरेको अगुवा कृषक बिष्णु बोहोराको अनुभव छ । उनि पाँचथर जिल्लाकै उकृष्ठ कृषक मध्येकै एक हुन । बोहोरा ‘राष्ट्रपती उकृष्ट कृषक पुरस्कारबाट’ सम्मानित भएका थिए । उनिभन्छन् ‘‘आफ्ना बाउ बाजेले गर्दै आएको खेतीपातीले हातमुख जोड्नै मुस्कील पर्छ ।’ मेहेनत र परिश्रम गर्ने हो भने, सफल कृषक बन्न सकिन्छ ।
बर्षादको पानी सङकलन गरेर हिउदको समयमा सागसब्जी र बोटविरुवा हुर्काउन त्यती गाह्रो छैन उनले भने । गाउँपालिकाको बेसीदेखि माथिल्लो क्षेत्रमा हिउदे र बर्खेेबालीहरु प्रसस्तै लगाएको पाईन्छ । फलफल खेती अन्तरगर्त कागति र सुन्तोलाको पकेट क्षेत्र पनि यही क्षेत्रलाई लिने गरेकोे पाइन्छ । कुम्मायक ४ का पुर्व सम्माननीय बमबहादुर सम्बाहाम्फे गतिलो उदाहरण हुन । उनले लगाएको सुन्तोला खेतीबाट मात्रै गतसाल २ देखि ३ लाखसम्म आम्दामी भयो । ८६ बर्षको उमेरमा पनि राजनीति र कृषि पेसालाई एकै साथ अघिबढाई रहेका सम्बाहाम्फे आफ्नो परिश्रमबाट सन्तुष्ट छन । कुम्मायक गाउँपालिकामा कुल ३ हजार ४३ घरधुरी मध्ये २३ सय ७६ घरधुरीले मात्र आधुनिक खेती प्रणालीलाई अंगाल्दै आएका छन ।
कृषिमा आधुनिकिकरण गर्ने ।
स्थानीयतहमा निर्वाचित नजप्रतिनिधिहरुले पनि कृषि पेशालाई सम्मानित र मर्यादित बनाउँने बताउँदै आएका छन । ‘कुन ठाउँमा कस्तो खेति प्रणाली हुन्छ ।’ त्यस्को पहिचान गरि त्यहि किसिमको कृषि कार्यक्रम, तालिम र परामर्शको ब्यावस्था गर्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । समृद्धिको योजना पर्यटन र कृषि हो । यता तर्फ गम्भिर भएर लाग्ने छौं चेम्जोङले भने । जिल्लाको ‘ख’ क्षेत्र अर्थात यही गाउँपालिकाबाट निर्वाचित भएर प्रदेश सरकारका अर्थ मन्त्री बनेका इन्द्रबहादुर आङवोले पनि कृषि पेशालाई ब्यवस्थीत पार्दै लाने बिषयमा जोड दिन्छन् । उनले, बिषेस गरि सुख्खाक्षेत्रको अध्यायन र अनुसन्धान गरी सम्भावित क्षेत्रमा जुन खेती हुन्छ त्यही खेति तर्फ किसानलाई प्रेरित गर्ने बताउँछन । आङवोले, बदम उत्पादन हुने क्षेत्रलाई बदुम पकेट क्षेत्र, मकै, कोदो र फलफुल लगायत खेती हुने क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गरि सोही अनुसारको कृषि कार्यक्रम लागु गर्ने तर्फ प्रदेश सरकार कटिबद्ध भएर लाग्ने बताए ।