पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ५ का लिलाराज थापाले गतबर्ष कागती बेचेर बार्षिक २ लाख ५० हजारसम्म आम्दानी गरे । कागतीका बोटहरुमा लटरम्म दाना लागेका थिए । ३२ वटा बोटबाट ७५ हजार दाना कागती फलाएका थापा यो बर्ष चिन्तामा छन । कागतीको बोटमा किन फल लागेन उनलाई पनि थाहा छैन । ‘गतसाल लटरम्म फलेका कागतीका बोट यो बर्ष रित्ता छन् । २० देखि ३० हजार पनि आम्दानी नहोला जस्तो छ । चिन्तित हुदै उनले भने, । उनको जस्तै समस्या छ । सोही वडाकै अर्का कृषक टेकबहादुर चेम्जोङको पनि, फलफुल खेती प्रति चासो राख्ने चेम्जोङले पनि गएको बर्ष १ लाख ३० हजारसम्म आम्दामी गरे, । त्यही पैसा बाट घरायसी ब्यवहार चलाएका उनि अहिले चाडपर्वमा खर्च कसरी जुटाउँने भन्ने चिन्तामा छन । कागतीको बोटमा मलजल र किट्नाशक औषधीको प्रयोग गरे पनि थापा जस्तै, फल नलाग्नुको कारण बारे उनि पनि अनविज्ञ छन । यता कृषि कार्यालय यासोकले कागतीको फुलफुल्ने र फललग्ने समयमा कृषकले किट्नाशक औषधीको प्रयोग गर्नुपर्ने बताउँछ । कार्यालयका कृषि प्राबिधिक बिष्णु शङकरले कागतीको फललाग्ने समयमा किराले फल र फुल नष्ट् गर्ने भएकाले यस्तो समयमा ध्यान दिनुपर्ने शङकरले बताए । दुर्गमका क्षेत्रलाई सडक सञ्जालले जोडेरपछि रामै्र आम्दामी गर्दै आएका कागती कृषक यो बर्ष भने फल नलाग्दा निराश छन । दशै, तिहार जस्ता प्रमुख चाडपर्व कागती बेचेर मनाउँने कृषको सपना अधुरै भएको छ । सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको कुम्मायक गाउँपालिका कागतीको पकेट क्षेत्र हो । गाउँमा उत्पादन भएको कागती पुर्वको झापा, सुनसरी बिराठनगर लगायत ब्यपारीक केन्द्र र छिमेकी राष्ट्र भारतमा पनि निर्यात हुदै आएको छ । खानेपानीको चरम अभावमा पनि कृषकले बर्षादको पानी संकलन गरि कागती खेति गर्दै आएका छन । जिल्लाको फिदिम नगरपालिकाको चोक्मागु, सिवा, मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा, लिम्बा लगायत दर्जनबढि स्थानमा कागती उत्पादन हुदै आएको छ ।