ताप्लेजुङ । उमेरले ५६ औँ वसन्त पार गरेका ताप्लेजुङको उत्तरी गाउँ लेलेपका वुद्धिवहादुर लिम्बूको दिन चर्या भारी वोकेरै बित्छ । उनी विहानै उठ्छन् अनि लाग्छन् साहुको भारी बोक्न । उन्ले भारी बोक्न थालेको नै लगभग ४० औँ वसन्त पुरा भैसक्यो । पहिले पहिले त उनि ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङवाट चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सम्म पनि भारी वोकेरै पुग्थे । तर दिनानुदिन वढ्दै गएको उमेरले अहिले त त्यती साथ पनि दिन छोडेको छ । तरपनि उन्को हिम्मत र सपना भने अझै गुमेका छैन । उन्को एउटा मात्र सपना हो छाराछारीलाई राम्रो शिक्षा दिने । त्यहि सपना साकार गर्न उनि दिनरात नभनि लागी परेका छन् । “भारी बोकेर मासिक छ देखि ७ हजार सम्म हुन्छ ।” बुद्धिवहादुर भन्छन् “त्यतिले नै भएपनि छोरा छोरी पढाउँदै छु ।, छोरा छोरीलाई धेरै पढाउने र ठुलो मान्छे वनाउने सोँच छ ।” बुद्धिमानको परिवार ७ जनाको छ । दुई भाई छोरा र तिन वहिनी छोरी साथै श्रीमती र वुद्धिवहादुर गरि उनिहरु सात जना एकै घरमा बस्छन् । सवै छोरा छोरीलाई निरन्तर विद्यालय पठाउने गरेका छन् उन्ले । “सवै छाराछोरीलाई विद्यालय निरन्तर पठाउँछु । घरमा गुजारा चलाउन पनि समस्या छ । तैपनि छोराछोरीको भविष्यको कुरा हो, त्यसैले दैनिक उनिहरु विद्यालय जान्छन्, पढ्न पनि रामै्र पढ्दैछन् । घरमा चाहिँ हामी बुढावुढिले काम गछौँ ।” बुद्धिमानले भने । “मैले त पहिले पढ्न पाँईन, त्यहि भएर अहिले पनि भारी वोकेर हिँड्नु परेको छ ।” उनि भन्छन् “सुरुमा त मलाई कति धेरैले ज्याला दिनमा पनि ठगेका छन् । त्यसैले आफ्ना छोराछोरी चाहिँ नठगिउन भनेर दुःख गरेर भएपनि पढाउँदैछु ।” उन्ले विगत सम्झँदै दुःख सुनाए । जेठो छारो डिल्ली कुमार लिम्बू अहिले १९ वर्षको भए । उन्ले अहिले सिएमए पास गरेका छन् । लेलेपमा नै रहेको सरस्वती च्यारीवुक माध्यमिक विद्यालयबाट दोस्रो डिभिजनमा एस.एल.सी पास गरेपछि डिल्ली जिल्ला बाहिर पढ्न गएका हुन् ।
“छोराले जिल्ला वाहिर गएर अलि राम्रै विषय पढ्छु वुवा भन्न थाल्यो । तर हामीसँग आर्थिक श्रोत थिएन ।” वुद्धिमान भन्छन् “त्यहि वखत स्थानिय स्तरमा शैक्षिक क्षेत्रमा काम गर्ने संस्था रिड नेपालले सहयोग गर्यो । अनि मात्र छोराको सपना पुरा भयो ।” अहिले डिल्लीले लोक शेवा आयोगको तयारी गरिरहेका छन् । यसैविच छोरीले पनि यसपाली एस.ई.ई परिक्षा पास गरेकी छिन् । छोरी सिर्जनाले पनि लेलेप कै सरस्वती च्यारीवुक माध्यमिक विद्यालयवाट पास गरेकी हुन् । उनि पनि अहिले अहेव पढ्नको लागि इन्ट्रान्सको तयारी गरीरहेकी छिन् । “छोरी पनि इन्ट्रान्सको तयारी गर्दै छ ।” वुद्धिवहादुले भने “मेरो त त्यति ठुलो अपेक्षा पनि छैन् तर छोरा छोरीलाई कसैले ढाँट्न नसकुन्, उनिहरुले पनि पढेर समाजको सेवा गरुन् । यहि नै हो मेरो चाहाना ।” छोरी सिर्जनालाई पनि छात्रवृत्तिका लागि पहल भैरहेको वताईएको छ । हिमालयन ट्रस्ट युकेको सहयोगमा रिड नेपालले आफ्नो कार्यक्षेत्र भित्रका एस.ई.ई पास गरेका विद्यार्थी तथा जिल्ला भरिवाट सर्वोत्कृट विद्यार्थीलाई रहेक वर्ष उच्च शिक्षा हाँसिलका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोहि कार्यक्रम अन्र्तगत यस वर्षपनि विद्याथीहरुको आवेदन लिने काम चलिरहेको रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तले वताए । सो छात्रवृत्ति अन्र्तगत अहिले सम्म यस जिल्लाका ४९ जना विद्यार्थीले उच्च शिक्षा हाँसिलका लागि आर्थिक सहयोग पाएका छन् । यो संस्थाले ताप्लेजुङमा विगत १२ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गरिरहेको छ ।