दमक/कमल गाउँपालिका वडा नं ५ निवासी सुजीता चौहान राहुत दमक बजारमा भेटिन् । उनको दुबै हातमा झोला छन् ।
नजिकिदै गरेको दँशैका लागि सौदा गर्न बजार आएको उनले बताईन् । उनीसँगै परिवारका अन्य सदस्य पनि बजार आएका छन् ।
दँशैमा अन्य काममा पनि व्यस्त हुने भएकोले अहिलेनै किनमेल गर्न बजार आएको उनले बताईन् । तर केहि दिन आएर खरिद गरेको मुल्य र अहिलेको बजार मुल्यमा भने उनले फरक रहको प्रतिक्रिया दिईन ।
‘खै दँशैको बेलाले हो कि बजार मुल्य बढेको केहि बुझ्नै सकेको छैन् ।’ सुजिताले भनिन् हामी निम्न वर्ग नागरिकका यसरी चाडवाडकै बेलामा हुने मुल्य बृद्धिले मारमा पर्ने गरेका छौँ ।
सुजिता मात्र हैन । घरको सौदा गरेर फर्कन लाग्नु भएका दमकका मोहन धिमाल पनि बजार मुल्य देख्दा सुरुमा आत्तिएको बताउछन् ।
उनले दाल, चामल , तेल जस्ता खाद्यन्न वस्तुमा मुल्य बृद्धि भएको बताए । सिटि सफारी चलाएर दैनिक गुजारा चलाउन मोहनलाई हरेक वर्षको दँशै कसरी टार्ने भन्ने पिरलो त थपीन्छ नै यहि बेला बजारमा उपभोग्य सामाग्रीको मुल्य वृद्धिले थप सास्ती दिने गरेको छ ।
उनको परिवारमा ४ छोरी र २ जना छोरा छन् । सबै छोराछोरी स्कुले उमेरका भएकाले उनीहरुको पढाई र बिहान बेलुकाको छाक टार्न नै धौ धौ पर्ने उनलाई यसरी वर्षै पिच्छे बढ्ने बजार मुल्यले दँशै मानौ कि नमानौ भन्न पिर थप्ने गरेको छ ।
चाडवाड लागेसँगै बजारमा खाद्य सामाग्रीको मूल्य बृद्धि भएको छ । हरेक वर्ष चाडवाड लागेसँगै दैनीक उपभोग्य वस्तुको मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन ।
यो समय बजारमा चहल पहल बढ्ने बेला हो । नजिकिदै गरेको दँशैलाई लक्षित गरेर उपभोक्ता विभिन्न खाद्य सामाग्रीको किनमेलमा जुटेका छन् । तर यहि मौकामा व्यापारीले भने दैनिक उपभोग्य सामाग्रीकै मूल्य बढाईदिँदा उपभोक्ता मारमा परेका हुन् ।
चाडवाडमा उपभोक्तालाई सहज होस भन्नका लागि नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षलाई थोक मूल्य सूचकाङ्क निर्माणको लागि आधार वर्ष कायम गरेको थियो ।
जस अनुरुप देशभरका २४ बजार केन्द्रलाई थोक मूल्य संकलनका लागि छनौट गरिएको पनि थियो ।
तर त्यसको पनि उचित प्रभावकारी नभएका कारण उपभोक्ता मारमै परेको उपभोक्ता मञ्चको भनाई छ ।
उपभोक्ता मञ्च दमकका सदस्य भावकृष्ण खतिवडा भन्छन् ‘राज्यको संयन्त्रनै गतिलो नभएका कारण व्यापारीले मनलाग्दी मुल्य बृद्धि गरेका हुन् ।
’ राज्य बजारलाई व्यवस्थीत गर्न भन्दै ठाउँ ठाउँमा सुपथ थोक बजार राख्ने भन्छ तर त्यो थोक तथा सुपथ बजार र अन्य बजारमा कुनै फरक नभएको खतिवडाको भनाई छ । व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरि बजार मुल्य बढाईरँदा पनि राज्य भने नदेखे झै गरेर बस्ने गरेको उनले बताए ।
नेपाल राष्ट्र बैकले गत शुक्रबार देशको आर्थिक विवरण प्रकाशित गरेर खाद्यान्नको मूल्य बढाएको जनाएको छ । जसअनुरुप २.३ प्रतिशत रहेको मुल्यमा बृद्धि भएर ४.२ पुगेको छ ।
राष्ट्र बैँकको उक्त आर्थिक विवरणमा पहाडी क्षेत्रमा भने सबै भन्दा बढि दरले मुल्य बृद्धि गराएको छ । तराईमा ४.१ प्रतिशत रहेको बजार मुल्य पहाडमा भने ५.३ प्रतिशत रहेको बैङको विवरणमा उल्लेख छ ।
यहि अनुरुप बजारको मुल्य निर्धारण गरिएको दमक उद्योग वाणिज्य सघंको भनाई छ । यदि यो भन्दा बाहिर रहेर बजार मुल्य कायम भएको भए वाणिज्य सघंले त्यस्ता व्यापारीलाई कारवाही गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
अक केहि दिनमै बजार अनुगनममा निस्कने भइएकोले उपाक्ताको हकलाई संरक्षण गरेर मात्र बजारको मुल्य हुनुपर्ने उनको भनाई छ ।
‘हामी एउटा उत्पादन बेच्छौ भने अन्य कयौँ वस्तुको हामी स्वयम् उपभोक्ता पनि हौ त्यसैले अन्य उपभोक्ता ठगिनु भनेको हामी पनि ठगिनु हो । हामी त्यसो हुन दिँदैनौ ।' ’खतिवडाले ब्लाष्ट टाईम्ससँगको कुराकानीमा बताएका हुन् ।