शहर तथा गाउँमा किराना पसलभन्दा बढि खोलिएका सुनचाँदी पसलहरु चाडपर्वको समयमा पनि सुनसान भए ।

सुन पसलका नियमित ग्राहकहरु पनि सुन पसल देखि झस्कन थालेका छन् । इटहरी आसपासका सुन पसलहरु अहिले कंगाल भएका छन् ।

केहि समय अघि सम्म सेक्युरेटी गार्ड र ओकेटोके बोकेर बजारमा तडकभडक गर्नेहरु अहिले कोहि भागि सके कोहि भाग्ने तयारीमा छन् ।

सर्वसाधरणले दुखले कमाएको रकम चुरलुम्म ढुबेको छ । केहिको घरबारै बिग्रिसक्यो । तडकभडक गर्ने सुनचाँदी व्यापारीहरु अहिले अताल्लीएका छन् ।

बजारमा चिया गफमा मान्छेहरु भन्थे हैन सुन पसलमा कसरी रातारात धनी हुन्छन् सनारेहरु ? यो प्रश्न सामान्य भने थिएन ।

अधिकांस सुन पसलेहरु सुनचाँदी व्यापार खोलेर उहि तडकभडकमा उत्रिए पछि सर्वसाधरणले सोच्नु स्वभावीक हो । तर अहिले उनीहरुको हालत ठिक उल्टो भएको छ ।

अहिले उनीहरुलाई बचतकर्ताहरुले पत्याउँन छोडेका छन् । तर यस अघि नै सर्वसाधरणको करोडौ ढुबेको छ । कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो इटहरी आसपासमा किराना पसल, कपडा पसल भन्दा सुन पसल बढी छ ।

राम्रा कोठामा सुन पसल गर्नेहरुको हालत अहिले कसरी पत्ला भयो । किन एकाएक सुन पसललेहरु करोडपतिबाट रोडपति भएको नाटक गदैछन् ? कतै सर्वसाधरणको रकम पचाउने रणनिति त हैन व्यापारीहरुको ?

यस विषयमा भने बचतकर्ताहरुले ध्यान दिनै पर्छ । घरै पिच्छे सुन पसल , मानौं, मान्छेले सुनमात्र किन्छन् सुन पसल खोल्ने बित्तिकै व्यापारीहरू यहाँ रातारात घर र गाडीको मालिक भएका छन् ।

यहाँ सबै अवैध कारोबार हुन्छ भन्ने कुरा पहिले नै नआएको भने हैन तर कसले कसरी गर्छ, त्यो मान्छेलाई थाहा थिएन ।

सर्वसाधरणको श्रण लिएर सर्वसाधरणलाई हप्काउँदै हिड्ने सुनचाँदी व्यापारीहरु अहिले पैसा फिर्ता माग्दा मुसा जस्तो भएको छ । दिन दिनै जस्तो सुनचाँदी व्यापारीहरु भाग्दै छन् ।

यसरी भाग्ने र सर्वसाधरणको पैसा तिर्न नसकेको भन्नेहरुको सम्पतीको हिसाब किताब सरकारी प्रशासनले गर्नुको विकल्प छैन ।

उनीहरुले कतै रकम लुकाएर ढुबेको नाटक गरिरहेका छैनन् ? पैसा तिर्न सक्दैनौँ भन्दै यन्यत्र ठाउँमा जग्गा जमिन जोडेका त छैनन् ? यस विषयमा आम बचतकर्ताहरुले ध्यान दिनै पर्छ ।

सुन पसलेहरुले सुनका गहना बेच्ने बेलामा जर्तिको रकम पनि जोडेर बेच्ने गर्दछन्। तर सोही गहना उपभोक्ताले विक्री गर्ने बेलामा भने जर्तिको मूल्य पाउँदैनन्।

विभिन्न सुन पसलेहरुको जर्तिको फरक फरक रकम काट्ने तरिकाबाट उपभोक्ताहरु भने मारमा पदै आएका छन । सरकारले उचित मापदण्ड नबनाएका कारण मनपरी गदै आएका छन् ।

साथै सुनको गहना निर्माण गर्दाको ज्यालाको भाउ समेत भिन्न-भिन्न देखिन्छ। उपभोक्ताहरु सुन पसल पिच्छे ठगिदै आएका छन् ।

ज्याला र जर्ति कुन गहनामा कति काट्न पाउने भनेर एकरुपता नहुदा सुनचाँदी व्यवसायीहरुले एकै खालको गहनामा फरक फरक मूल्य कायम गरेर सर्र्वसाधरण ठगिरहेका छन् ।

सुनचाँदी कारोबार व्यवस्थित बनाउन सरकारी समिति गठन भएको पाँच वर्ष बितिसकेको छ । तर, अझै पनि यससम्बन्धी निर्देशिका जारी हुन सकेको छैन ।

निर्देशिका आउन नसक्दा कारोबार पुरानै अवस्थामा छ । उपभोक्ता ठगिएका ठगियै छन् । सुनसरीमा मात्र करीब १ हजार सुन पसल छन् । सुन पसलहरुमा सरकारी अनुगमन टोली पुग्नसम्म सक्दैनन् किन ?

सरकारी अनुगमन नदेखिँदा व्यवसायीमाथि प्रतिस्पर्धात्मक बजार मनपरी गदै आएका छन्।  तर कुनै नियकाले हेर्ने आट सम्म गरेको छैन । सरकार र व्यवसायीको अन्याेलकाे मारमा भने उपभोक्ता पर्दै आएका छन् ।

सरकारी उदासिनता र व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोत्ताहरु कहिलेसम्म ठगिने सरकार ? ज्याला, जर्ति, मिसावट आदिका नाममा सुनचाँदीमा उपभोक्ता ठगि रहदा उपभोक्ता अधिकारकर्मीहरु बोल्दैनन् ।

यस्ता मनपरी गरीरहेको व्यापारीहरुलाई कडा भन्दा कर्डा कारवाही गर्नुको विकल्प छैन ।

यसरी ढुबे सुन पसले सुन पसल खोलेको मिति देखि विलासी जिवन बिताउँन खोज्ने पसलेहरुको अहिले निद हराम भएको छ । विशेष गरी तरहरा क्षेत्रमा देखावटी जिवनशैली चलाउँन खोज्नेहरुको उठिबास भएको छ अहिले ।

खासमा सुन पसलेहरुले सर्वसाधरण बचतकर्ताहरुबाट २ रुपैया अर्थात २४ प्रतिशत सम्म ब्याजमा ऋण लिए । उनीहरुले उक्त रकम अन्यत्रै ठाउँमा लगानी गरे ।

गाडी ,त्यही अनुसारको आफुलाई माथिल्लो दर्जाको देखाउँन खर्च,समाजसेवा इत्यादी । करोडौँ रुपैया ब्याजमा लिएको रकम केहिले यसरी पनि ढुबाए ।

केहि महिना अघि तरहरामा सुन पसलहरुले अबैध वितिय कारोबार गरेको भन्दै केन्द्रिय प्रहरी ब्युरो (सिआईवी)ले छापा हान्यो । त्यो छापा नै सुनपसलहरुको लागी विष भयो ।

अधिकांस सर्वसाधरणलाई पास बुक नै दिएर अबैध कारोबार गदै आएका सुन पसलहरु धमाधम बन्द हुन थालेका छन्। केहि भाग्न थालेका छन् । केहि प्रहरीले पक्राउ गरेर कारागार चलान पनि भए ।

प्रशासन किन मौन ? अहिले इटहरी आसपासको क्षेत्रमा सुनचाँदी पसलेहरु भागभाग मच्चिएको छ ।

सर्वसाधरणले ब्याजको लोभमा सुन पसलमा राखेको रकम अधिकांसको ढुबेको छ, तर प्रहरी प्रशासन भने कानुन बाधक भन्दै मौन बसीरहेको छ ।

प्रहरी र  कानुन बाधक हुदा करोडौँ रुपैयाँ रकम लिएर फरार भएका छन् सुन पसलेहरु । यसरी सर्वसाधरणहरुको रकम दिनानु दिन ढुब्दै गर्दा किन अनुगमन गदैन स्थानीय सरकार र प्रशासन ?

चाडबाडको मुखमा भईरहेको सर्वसाधरणको कन्त बिजोक किन हेर्दैन प्रशासन ? यस विषयमा सर्वसाधरणले आवाज उठाउँनै पर्छ ।

अधिकांस सर्वसाधरणहरु प्रहरीसँग जान सकिरहेका छैनन् । जसको फाईदा सुन पसलेले लिएर लाखाैँ मुल्य पर्ने जग्गालाई करोडमा भिडाईरहेका छन् ।

अधिकांस परिवारको घर झगडा भईरहेको छ । त्यस कारण अहिले अधिकांस सुन पसलहरुको अनुगमन गदै सर्वसाधरणको बचत फिर्ता गराउँने काममा स्थानीय सरकार र प्रहरी प्रशासन लाग्नु पर्छ ।

कानुनलाई बाधक देखाउँदा अपराधीहरुले भाग्ने समय पाईरहेको छ ।

तसर्थ  सर्वसाधरणलाई ढुबाउँन खोलिएका सुनचाँदी पसलहरुमा अनुगमन गरियोस् सरकार ।