यासोक । पाँचथरको फाल्गुन्द गाउँपालिका ६ का लोचन भण्डारीलाई गाउँमै प्राविधिक शिक्षा पढ्न पाइन्छ जस्तो लागेको थिएन् । प्राविधिक शिक्षा अध्ययन गरेर आत्मनिर्भर बन्ने उनको सपना आज पुरा भएको छ । प्राविधिक शिक्षा नै उनको रोजगारीको गतिलो माध्यम बनेको हो । जिल्लाको फाल्गुनन्द–६ को जयनारायण आदर्श माध्यमिक बिद्यालय बिद्यार्थीको आर्कषणको केन्द्र बनेको छ । २०६८ सालदेखि नेपाल सरकारको सिटीइभिटी अन्तरगर्त सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा लागु भएको थियो । सोही बिद्यालयबाट उनले, १८ महिने शिबिलसब ओभरसियर तालिम २० हजारमा लिएका थिए । प्राविधिक बिषय अध्ययनपछि अहिले मासिक १० देखि १५ हजारसम्म कमाई गर्न सफल भएका छन । उनिभन्छन् ‘मेरो लागि प्राविधिक शिक्षा थिएन भने आज अवस्थामा हुने थिईन होला जस्तो लाग्छ । नेपालमा परम्परागत शिक्षा प्रणाली भन्दा पनि प्राविधिक शिक्षा नै महत्वपुर्ण हुदोरहेछ । पाँचथरकै पुरानो २००५ सालमा स्थापना भएको बिद्यालयमा २०६८ सालबाट सिटीइभिटीको प्राविधिक शिक्षा सञ्चालन भयो । सुरुवाती समयदेखि बिद्यार्थी र अभिभावको रुचि बढेर गएको सो बिद्यालयमा अहिले ४० जना बिद्यार्थी अध्यायनरत छन । बिद्यालयमा प्राविधिक शिक्षा अन्तरगर्त हाउस वाइरिङ, कार्पेटिङ र वाटर सप्लाई सम्बन्धी तालिम सञ्चालन हुदै आएको छ । घरमै बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा बिद्यार्थी मात्रै होइनन् अभिभावकहरु पनि खुसि भएको बिद्यालयका प्रधानाध्यापक विनोद अधिकारीले बताए । ‘कुनै पनि प्राविधिक शिक्षा अध्ययनको लागि बिद्यार्थीले न्युनतम कम भन्दा कम रकमबाट अध्ययन गर्न सक्छन् । जसमा १२ महिने कोर्ष र ६ महिने फिल्ड प्राक्टिकल गरि १८ महिना पछि कोर्ष पुरा हुने अधिकारी बताउँछन् । अध्ययन पुरा गरेका बिद्यार्थीहरुले देश तथा बिदेशमा पनि रोजगारीका लागि जाने गरेको बिद्यालयले बताएको छ । त्यस्तै मध्येको अर्को बिद्यालय हो पृथ्वी माध्यमिक बिद्यालय, जिल्लाको एक मात्र बाली बिज्ञान बिषय पढाई हुने कुम्मायक गाउँपालिकाको पृथ्वी माध्यमिक बिद्यालयलाई पनि ज्वलन्त उदाहरण हो । ‘प्राविधिक शिक्षाको रुपमा नेपाल सरकारबाट सञ्चालित प्राविधिक तथा ब्यावसाहीक शिक्षा अन्तरगर्त ‘बाली बिज्ञान’ (कृषि) बिषयमा पठन–पाठन हुदै आएको छ । २०७० सालमा कक्षा ९ बाट सुरु गरिएको बाली बिज्ञान बिषय बिधार्थीको रुचि र आवश्यकत्तालाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा पनि सुरु गरिएको बिद्यालयका प्रधानाध्यापक रिऋिराम गजुरेलले बताए । परम्परागत शिक्षालाई भन्दा पनि आधुनिक शिक्षालाई नै बिधार्थी र अभिभावले रुचि देखिएका छन । उनले भने, बर्षेनी बिद्यार्थीको संख्या बढ्दै गएको छ । यो बर्ष मात्रै कक्षा ९ देखि १२ सम्म कृषि बिषय अध्ययन गर्ने १ सय ७ जना बिद्यार्थी छन । उनिहरुको लागि अध्ययनको साथ–साथै प्राक्टिकल र ल्याव,फिल्ड दुबै प्रविधिको शिक्षण हुन्छ । गजुरेलभन्छन् गाउँमै गरिवका छोराछोरीले प्राविधिक शिक्षा पाउँनु ठुलो उपलब्धी हो । तर सरकारले ‘यसईई’ परिक्षामा उकृष्ट अंक ल्याउँने बिद्यार्थीलाई पनि कक्षा ११ र मा पढ्न पाउँने ब्यवस्था मिलाए धेरै बिद्याथीहरु यो बिषय अध्ययन गर्नबाट बञ्चित हुनु नपर्ने उनको तर्क छ ।