अंग्रेजीमा ‘फेनुग्रिक’तथा वैज्ञानिक भाषामा ‘टिँगोनेला फेनम-ग्रेसम’का नामले चिनिने मेथी एक अपरिहार्य मसलाको रुपमा प्रायजसो सबैका भान्सामा प्रयोग गरिन्छ ।

यसको मूल उत्पति मूलतःएसिया तथा दक्षिणी युरोपमा भएको मानिन्छ ।

वैज्ञानिक वर्गीकरणका आधारमा मेथी ‘फवासी’परिवार अन्तर्गत पर्ने, सेतो फूलफुल्ने एक प्रकारको एकवर्षे वनस्पतिहो । यसको कलिलो बिरुवा सागको रुपमा तथा पाकेको बीज (दाना)लाई मसलाको रुपमाप्रयोग गर्ने गरिन्छ ।

यसको दाना हलुका पहेंलो रङ्गको हुने गर्दछ । खानाको स्वाद बढाउने मात्र नभएर यसका अनेकौं औषधीय गुणहरु रहेका छन् ।

मेथीमा विभिन्न प्रकारका भिटामिनहरु जस्तो भिटामिन ए, बि, सी, के, फोलिक एसिड, थायमिन, नियासिन, रिबोफ्लाबिनतथाफलाम, तामा, पोटासियम, क्याल्सियम, जिङ्क, म्याग्नेसियम आदि जस्ता खनिजतत्वहरु प्रचुर मात्रामा पाइन्छन् ।

दैनिक रुपमा बिहानखाली पेटमा पानीका साथमा करीवपाँच देखि दस ग्राम (एक चियाचम्चाजति) भिजाएको वाधुलो मेथीको सेवनबाट हामीलाई निम्नानुसारका स्वास्थ्यफाइदाहरु हुने गर्दछन् :

मधुमेह (चिनीरोग) नियन्त्रण मेथीमामात्रपाइने ‘ग्यालेक्टोमेनन्’ भनिने एक विशेष प्रकारको प्राकृतिक रेशा (फाइबर) ले रगतमाचिनी (ग्लूकोज) शोषण हुने दरलाई कम गरी सुगरको मात्रा नियन्त्रण गर्ने गर्दछ ।

मेथीमा पाइने ‘हाइडूोडूोक्सीआइसोलयूसिन’ नामकतत्व (एमिनो एसिड) ले इन्सुलिनको उत्पादनमा वृद्धि गराई शरीरमाचिनीको मात्रा नियन्त्रण गर्नुकासाथै मधुमेहकानलागेका व्यक्तिहरुलाइपनिउक्त रोग लाग्नबाट बचाउने गर्दछ ।

क्यान्सर नियन्त्रण : अध्ययनबाट के पुष्टि भएको छ भने मेथीमापाइने एक विशेष प्रकारको फाइबरले क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्दछ मेथीमापाइने ‘डायोस्जेनिन्’, ‘स्यापोनिन्’ र ‘म्यूसिलेज’ जस्ता तत्वहरुले हामीले खाएको खानामा रहेका विषाक्तपदार्थहरुलाई शरीरबाट निष्काशन गराई आमाशयतथाआन्द्रामाहुने क्यान्सर नियन्त्रणमा मद्दत गर्दछ ।

उच्च् रक्तचाप तथा हृदयघातको जोखिम न्यूनीकरण मेथीमापाईने ‘ग्यालेक्टोमेनन्’ तथा ‘सेपोनिन्’नामकतत्वले हृदयघातको प्रमुख कारण मानिने हाम्रो शरीरमा रहेको ‘एलडीएल’ भनिने खराब ‘कोलेस्टेरोल’ (रक्तनलीमाजमेर बस्ने एक प्रकारको बोसो) लाई पगालेर उच्च् रक्तचाप (हाई ब्लडप्रेसर) लाई नियन्त्रणगरी हृदयघातको जोखिमन्यूनीकरण गर्न मद्दत गर्दछ ।

ग्यास्टिूक न्यूनीकरण मेथीमापाइने फाइवर र चिप्लो पदार्थले हाम्रो पेटमा हुने जलन, मुखमाअमिलोपानीआउने, छाती पोल्ने, झुसिलो डकार आउने जस्ता ग्यास्टिूक सम्बन्धि समस्याहरुबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।

मोटोपनबाट छुटकारा नियमित रुपमा मेथीको सेवनगर्नाले यसले खानामा भएको कार्बोहाइडूेटलाई उर्जामा परिवर्तन गर्ने दरमा वृद्धि गराई भोक जगाउने र शरीरको वजनकम गरी मोटोपनबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।

नियमित महिनावारी मेथीमापाइने ‘आइसोफ्लावोंस’ नामकतत्वले महिलामा ‘इस्टूोजन’हर्मोनमा वृद्धि गराई महिनावारी नियमित गराउदछ ।

यसकाअतिरिक्त मेथीको नियमित सेवनले महिनावारी रोकिने समय अर्थात् ‘मेनोपसको’ अवस्थामा महिलामा आईपर्ने विभिन्न शारीरिक तथामानसिक समस्याहरु लाई पनिन्यूनीकरण गर्न मद्दत गर्दछ ।

दुधको मात्रामा वृद्धि मेथीमापाइने ‘ग्यालक्टागोग’नामकतत्वले दुग्धग्रन्थिहरुलाई सक्रियबनाइ सुत्केरी तथाबच्चालाई स्तनपान गराउने आमाहरुमादुधको मात्रामा वृद्धि गर्दछ ।

यौन क्षमतामा वृद्धि अस्टूेलियामा गरिएको एक अनुसन्धानबाट पत्तालागेअनुसार मेथीमा पाइने ‘टेस्टोफेन’नामक रसायनले पुरुषहरुमाहुने ‘टेस्टोस्टेरोन’नामको हर्मोनको उत्पादनमावृद्धि गराई उनीहरुको यौनक्षमता वृद्धि गर्न मद्दत गर्दछ ।

चायाँ र छाला चिलाउने समस्या बाट राहत मेथीको लेप बनाएर केश तथा छालामा लगाउनाले कपालमा पर्ने चायाँतथा छालामा देखिने चिलाउने किसिमका फोका, पिलो आदिबाट राहत मिल्दछ ।

प्रसुतिमा सहजता प्रसव व्यथाको सुरुवातीअवस्थामा मेथीको सेवनगर्नालेगर्भवतीमहिलाको पाठेघरमाहुने संकुचनमा वृद्धि भई सहजै बच्चाजन्मिन मद्दत पुग्दछ ।

यसकअतिरिक्त मेथीको सेवन रक्तअल्पता, ज्वरो, घाँटी दुखेको, अनिद्रा, मुखमा घाउ खटिरा, कब्जियत, झाडापखाला तथा मृगौला (किड्नी) सम्बन्धि समस्याहरुकालागिपनिलाभदायकहुने गर्दछ ।

मिलन खरेल अध्यापक जीव विज्ञान विभाग केन्द्रियप्रविधिक्याम्पस, धरान