नेपाली कांग्रेस अव सच्चिनेकी सिद्धिने भन्ने कांग्रेसका प्रमुख नेताहरु र यूवा नेताहरुको अवको कार्य शैली र सोचमा निर्भर रहेकोछ । अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले कांग्रेस कमजोर भएका कारणहरुलाई विष्लेषण गरेर बि पीको जस्तो विचार,सुवर्ण शमसेरको जस्तो मन,गणेशमानको जस्तो त्याग ,कृष्ण प्रसाद भट्टराईको जस्तो सादगी र गिरिजा प्रसाद कोईराजाको जस्तो कान्तिकारीतालाई व्यवहारमा उत्तार्न सवै भन्दा पहिला म बदलिन्छु अनी हामी बदलिन्छौ र हामी कांग्रेसलाई बदल्छौ भन्ने नया सोच र विचारका साथ काम गर्नु पर्छ नत्र पुरानै गुट उपगुट र नेताहरु एक्लै हिड्ने पद्ती र शैली अनि परपम्राबाट अघि बढे ईतिहासमा प्रजापरिषद र गोर्खा परिषद जस्तै कांग्रेस सिद्धिएर इतिहासमा मात्र बाकी रहन्छ । संघिय संरचना अनुरुप कांग्रेसको विधान र संगठन अहिले सम्म नभएकाले मुलुकको संघिय संचरना अनुरुप कांग्रेसको संगन निर्माण गर्न संघिय विधान बनाई अव नया ढंगबाट क्रियाशिल हुनु पर्छ । नेपाली जनताका लागी नेपाली आमाका छोरा जननायक वी.पी काईरालाको सक्रियतामा वि.स. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भई वि.स. २००६ सामाल नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस वीच एकीकरण गरी नेपाली कांग्रेस नामाकरण गरी सशस्त्र आन्न्दोलन गरी २००७ सालमा प्रजातन्त्रको स्थापना गर्न सफल भएको कांग्रेसको गौरवपूर्ण इतिहास रहेको छ । नेपाली जनताको माया एवं विश्वासले वि.स. २०१५ सालमा भएको प्रथम आमनिर्वाचनमा दुई भन्दा बढी संख्या मा विजय प्राप्त गरेको नेपाली कांग्रेस जनहितका लागी काम गर्दा गर्दै वि.स. २०१७ मा प्रजातन्त्रलाई तत्कालिन राजा महेन्द्रले अपहति गरी पछि २०४६ साल सम्म प्रतिवन्धित रुपमानै पञ्चायती व्यवस्था विरुद निरिन्तर संर्घष ग¥यो । नेपाली कांग्रेसकै नेतृत्वमा वि.सं २०४६ सालमा पार्टीको नेतृत्वमा आह्वान भएको जनआन्दोलनले प्रजातन्त्रको पुन स्थापना गर्न सफल भएपश्चात् नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारले वि.स. २०४७ को संविधान घोषणा गरी २०४८ सालमा आमनिर्वाचन गरी कांग्रेसले बहुमत ल्यायएको स्वर्णीम ईतिहास छ । २०४७ सालको संविधान अनुरुपनै तीनवटा संसदीय आ निर्वाचन दुई वटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्रको सुदृढ हुदै गईरहेकोमा २०५९ सालमा तत्कालिन राजाको प्रतिगामी कदमबाट प्रजातन्त्रलाई पुन अपहरीत भएपछि नेपाली कांग्रेसको आव्हनमा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा २०६२÷२०६३को शान्तिपूर्ण संयूक्त जनआन्दोलनद्धारा संसद पुर्नसथपना भएको र शान्ति प्रक्रिया र नेपालको अन्तरिम संविधान २०६३ पनि कान्तिकारी नेता गिरिजा प्रसाद कोईरालाकै नेतृत्वमा जारी गरी सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रुपले जनतमा स्थापित पनि भएको कान्तिकारी इतिहास पनि हाम्रो पार्टीले बनाएको थियो । पहिलो संविधान सभाको निर्वाचन मार्फत ठूला भएका राजनैतिक दल तत्कालिन माओवादी पहिलो र तेस्रो दल तत्कलिन नेकपा एमालेको नेतृत्वमा पटक पटक सरकार गठन भए तर संविधान निर्माण गर्न असफल भएकाले अन्तत्व संविधान सभानै विघन हुन पु¥यो र २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भयो र नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोईरालाको नेतृत्वमा सरकार गठन भयो उहाकै नेतृत्वमा २०७२ साल अशोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारीभएपछि पराम्परागत रुपमा चल्दै आएको राजतन्त्रामत्क व्यवस्थाप पनि संविधानिक रुपमानै समाप्त भयो । संविधानकै कार्यन्वयन स्वरुप नेपाली कांग्रेसकै नेतृत्वमा संघिय,प्रदेश र स्थानीय तहको पनि निर्वाचन सम्पन्न भै तिनै तहको सरकार पनि गठन भैसकेको छ । तर कांग्रेसको विधान र संगठन मुलुकको संविधानले व्यवस्था गरेअनुरुप संघिय संचरना अनुरुपको नभएकाले अव कांग्रेस सच्चिएर विधान संशोधन गर्ने प्रक्रिया अगाडी बढ्नका लागी निम्न विषय र बुदामा समय अनुरुप यस प्रकाशले विधान संशोधन गरी कांग्रस सच्चिनु पर्ने आवाश्यक्ता भएको छ । १) पार्टी विधानमा गरिनु पर्ने संशोधन र परिमाजन क) पार्टी सदस्यता सम्वन्धमा — ► साधारण सदस्यता — साधारण सदस्यता वडा तथ बुध समितिले पार्टीमा एक बर्ष बर्ष काम गरेको व्यक्तिलाइई बितरण गर्ने । ► क्रियाशिल सदस्यता — क्रियाशिल सदस्यता वितरण र खारेजी जिल्ला वा प्रदेश समितिले गर्ने । र साधारण सदस्यता लिएर ३ बर्ष पार्टीमा काम गरेको वा भातृ तथा शुभेच्छुक संस्थामा एक कार्यकाल काम गरेको व्यक्तिलाई क्रियाशिल सदस्यता दिने । अन्य पार्टी तथा सामाजि क्षेत्रबाट (प्रदेश)आएका व्यक्तिहरुलाई भने जिल्ला समितिले निर्णय गरेर दिने अधिकार विधानमा दिनु पर्ने । ► पूर्णकालिन सदस्यता — क्रियाशिल सदस्यता दिईएको चार बर्ष भएपछि मात्र पूर्णकालिन सदस्यता दिने र पूर्ण कालिन सदस्यहरुले मात्र नेपाली कांग्रेसले हरेक तहको समितिमा उम्मेदवारी हुनु पाउने व्यवस्था गर्नु पर्छ । ख)पार्टीका गाउ/नगर/क्षेत्रीय/जिल्ला/प्रदेश/केन्द्रीय समिति/कार्य सम्पादन समितिको संरचना गठन र जिम्मेवारीको बाडफाड — ►प्रत्येक संघिय निर्वाचन क्षेत्र(१६५) बाट एक ÷एक जना केन्द्रिय सदस्य अनिवार्य पर्ने गरी व्यवस्था गर्नु पर्ने यदी निर्वाचित नभएमा मनोनय गरेर भए पनि केन्द्रिय समितिमा राख्ने र जिम्मेवारी दिनु पर्ने । ►गाउ देखी केन्द्र सम्मको पार्टीकोे संचरनालाई क्रियाशिल बनाउन पादाधिकारी तथा सदस्यहरुको संख्या दोब्बर बृद्धी गर्ने र संसदीय समिति,केन्द्रिय समिति,सचिवालय समिति,कार्यसम्पादन समिति,विभाग बनाएर सवैलाई जिम्मेवारी बाडफाड गर्ने । र प्रत्येक केन्द्रिय सदस्यहरुलाई जिल्ला,तह हर्ने र जिल्ला सदस्यलाई गाउपालिका हर्ने र क्षेत्रीय सदस्यलाई वडा तह हर्ने र काम गर्ने जिम्मा दिनु पर्ने । ग)महाधिवेशन र महासमितिको गठन सम्वन्धि व्यवस्था — ► स्थानीय तहबाटै महाधिवेशनको व्यवस्था गर्नु पर्ने त्यसो गर्न नसके प्रदेश निर्वाचन क्षेत्रबाट महाधिवेशन र महासमितिको व्यवस्था गर्नु पर्ने र महाधिवेशन र महासमितिको संख्या तहबाट गर्ने हो भने १० महाधिवेशन र ४ जना महासमितिको तथा प्रदेश निर्वाचन क्षेत्रबाट गर्ने हो भने १५ जनाको महाधिवेशनको र ७ जना महासमितिको व्यवस्था गर्नु पर्ने । क्षेत्रीय तहबाट हुने भए २४ जना महाधिवेशन र ११ जना महासमितिको व्यवस्था गर्नु पर्ने । प्रदेश महाधिवेशन प्रतिनिधिहरुको पनि छुट्टै हरेक तहबाट प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्ने । ► केन्द्रय समितिका पदाधिकारी तथा सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुने र प्रतिनिधि सभाका सदस्य तथा उम्मेदवार क्षेत्रिय प्रतिनिधि स्वत हुने व्यवस्था खारेज गर्नु पर्ने खारेज नगरे जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु प्रदेश सभाका सदस्य र गाउपालिकाका प्रमुख उपप्रमुख तथा वडाध्यक्षका उम्मेदवारहरु पनि स्वत क्षेत्रिय प्रतिनिधि हुने अनिवार्य व्यवस्था विधानमा राख्नु पर्ने । ► बिधानमानै मिति सहित निर्धारण गरेर महाधिवेशन प्रतिनिधिहरुको बैठक दुई बर्षमा एक पटक, र महासमिति सदस्यहरुको बैठक १ बर्षमा र प्रदेश अधिवेशन प्रतिनिधिको पनि १ बर्षमा अनिवार्य बैठक वस्ने व्यवस्था गर्नु पर्ने । र जिल्ला , क्षेत्रिय र गाउपालिका तथा वडाको सम्मेलन बर्षमा १ पटक अनिवार्य वस्ने व्यवस्था गर्ने । ► महाधिवेशन प्रतिनिधि हुन १० बर्ष र जिल्ला सभापति हुन १५ बर्ष निरन्तर क्रियाशिल भएको हुनु पर्ने । घ) पार्टीका गाउ/नगर/क्षेत्रीय/जिल्ला/प्रदेश/केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुको काम,कर्तब्य र जिम्मेवारी सम्वन्धमा — ►पार्टीले कार्य योजना बनाई जिल्ला तहलाईनै मुल्याकन गर्ने र कारवाहीको गर्ने अधिकार दिई संगठन विस्तारका लागी हरेक तह तथा निकायमा परिचालन गर्ने । ►वडालाई वडा सदस्यको,स्थानीय तहलाई वडाध्यक्षको र पालिाका प्रमुख र उपप्रमुखको क्षेत्रको सिफारिसमा जिल्ला समितिले ,जिल्ला समन्वय समितिको प्रदेश समितिलाई र प्रदेश सभा सदस्य र संघिय सभा सदस्यको टिकट केन्द्रिय समितिले मातहतको सिफारिसको आधारमा दिने अधिकार दिनु पर्छ । ►सवै तहका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उचित स्थान,उचित जिम्मेवारी र उचिन मान तथा सम्मान र अवसर दिनु पर्ने । ►केन्द्रीय कार्यालयमा कम्तीमा एक जना पदाधिकारी र पाचजना सदस्य तथा विभागमा आधिकारिक व्यक्ति कार्यालय समयमा अनिवार्यत रहने व्यवस्था हुनु पर्ने । प्रदेश,जिल्ला समितिमा पनि सोही अनुरुप हुने व्यवस्था गर्नु पर्ने । ► नगरपालिकाको वडाबाट जस्तै गाउपालिकाका प्रत्येक वडाहरुबाट पनि क्षेत्रिय प्रतिनिधिको व्यवस्था समावेशी आधारमा गर्नु पर्ने । ► सवै जिल्ला कार्य समितिको आफ्नै भवन २०७८ साल सम्म हुने व्यवस्था गर्नु पर्ने । ङ) भातृ एवं शुभेच्छुक संघ संस्थाको संगठन सुदृढीकरण सम्वन्धमा— ► भातृ एवं शुभेच्छुक संघ संस्थाहरु सवै तहहरुमा गठन गर्ने र नियमित अधिवेशन गर्ने म्याद सकिएर पनि अधिवेशन नगरेमा पार्टीले हस्तक्षेप गरी अधिवेशन गराउने । र उदेश्यअनुरुप परिचालन गर्ने । ►केन्द्रीय महाधिवेशनमा जसरी महाधिवेशन प्रतिनिधिको रुपमा भातृ तथा सभेच्छुक संस्थालाई प्रतिनिधित्व गराईन्छ त्यसरीनै जिल्ला तथा क्षेत्रिय र प्रदेश अधिवेशनमा पनि प्रतिनिधित्वको व्यवस्था गर्नु पर्ने । च)विधान संशोधन सम्वन्धमा अन्य थप राम/सुझाव — ► हरेक तहको कार्य समितिको संख्या दोब्बर बृद्धी गरी समावेसी र खुल्ला सदस्यताको संख्या कार्य समितिमा बृद्धी गर्ने । समावेसी प्रतिनिधित्व हुने गरी पदाधीकारीमा पनि व्यवस्था गर्नु पर्ने । ► प्रदेश निर्वाचन क्षेत्र समिति गठन गरी महाधिवेशन र महासमिति पनि प्रदेश क्षेत्र समितिबाट प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्ने । ► संघिय निर्वाचित क्षेत्रबाट नभई हरेक प्रदेश निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशनका लागी छुट्टै महाधिवेशन प्रतिनिधिको व्यवस्था गर्नु पर्ने । २)पार्टी संगठनलाई थप सुदृढ र गतिशिल बनाउनका लागी गर्नु पर्ने तत्कालिन, अल्पकालिन र दिर्घकालिन रणनीति र कार्ययोजना सम्वन्धमा — ► तत्कालिन—सवै तहमा तत्काल नेताहरु पुगी समसामयिक र पार्टी संगठनको वारेमा जागरण अभियान संचालन गर्ने । ► संघीय तह,प्रादेशिक तह र स्थानीय तहमा तत्काल छाया सरकार गठन गरी जिम्मेवार प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने । ►निर्वाचनमा पराजित रहेक तहका उम्मेदवारहरुलाई क्रियाशिल बनाउन जिम्मेवारी दिनु पर्ने र उनीहरुलाई छाया सरकार तथा प्रमुख प्रतिपक्षको भूमीका निर्वाह गर्नका लागी पार्टीले छ्ट्टै नियम बनाएर बिधानमानै व्यवस्था गर्नु पर्ने । ►अल्पकालिन —प्रशिक्षण कार्यक्रम देश व्यापी संचालन गर्ने । छाया सरकारको केन्द्र,प्रदेश र तह तथा वडामा गठन गर्ने र उनीहरुलाई प्रशिक्षण दिनु पर्ने । ►दिर्घकालिन — पार्टीको निति तथा कार्यक्रम र रणनीति युग सुहाउदो जनमुखी र प्रभावकारी बनाउनु पर्ने । ►समान विचारधारका व्यक्ति समुह र पार्टीलाई समायोजन गर्ने नीति ल्याई त्यस अनुरुप कार्य गर्नु पर्ने । ► भूतपूर्व कर्मचारी(शिक्षक,प्रध्यापक,सेना,प्रहरी,निजामती अन्य) हरुलाई पार्टीमा प्रवेश गराने अभियान संचालन गर्ने । ► सवै तहका नेता तथा कार्यकर्ताहरुलाई योग्यता र क्षमता अनी रुचीका आधारमा उचित जिम्मेवारीका साथ काम दिने र अवसर पनि दिने । ३)स्थानीय तह,प्रदेश सभा र संघिय संसदमा पार्टीको भूमिका सम्वन्धमा — ► पार्टीको भूमिका सवै तहमा निराजनक हुदै गएकाले प्रभावकारी बनाउन सवै तहमा दक्षताको आधारमा समितिका सदस्यहरुलाई विषयगत जिम्मेवारी दिई प्रभावकारी रुपमा जनसरोकारवाका विषय र पार्टीको धारणा प्रष्टसंगले राख्ने । ४)प्रतिपक्षी दलको रुपमा पार्टीको प्रभावकारी भूमिका सम्वन्धमा — ►सवै तहको सदन तथा सडकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी हुन नसकेकोले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्नका लागी सदनमा भएकाले सदन र अरुले सडकमा आन्दोलन मार्फत सशक्त प्रतिपक्षको भूमिका तत्काल निर्वाह गर्नु पर्ने त्यसका लागी अभिलम्ब कार्ययोजनाका साथ कार्यक्रम ल्याउनु पर्ने । ५)समसामयिक राजनैतिक र समाजिक मुद्धाहरुमाथि पार्टीले निर्माण गर्नु पर्ने दृष्टिकोणको सम्वन्धमा— ► समसामयिक विषयहरुमा र सामिाजक मुद्धाहरुमा विज्ञहरुको टोली बनाई पार्टीले आफ्नो धारणा प्रष्ट र प्रभावकारी ढंगले तत्काल राख्नु पर्ने । ►जस्तै बजेट,विकास निर्माण,सामाजिक मुद्धा, मुल्यबृद्धी, सर्वसत्तावादी र भारतीय हस्तक्षेपको विरुद्ध तत्काल सडक र सदन मार्फत धारणा प्रष्ट पार्नु पर्ने । ६) स्थानीय तहमा निर्वाचित साथीहरु र स्थानीय पार्टी संरचनाका बीचमा आवाश्यक समन्वय र प्रभावकारी भूमिकाका सम्वन्धमा— स्थानीय तहमा विजयी तथा पराजित उम्मेदवारहरुलाई अहिलेको निति नियम र संविधानको विषयमा प्रशिक्षण तथा अनुसिक्षण कार्यक्रम संचालन गर्ने र जनता तथा पार्टी संग समन्वय गर्नका लागी समेत वातावरण बनाउनु पर्छ ।जनमुखी कार्यक्रमहरु ल्याउन र संचालन गर्न लगाउने जनतासंग निरन्तर सम्पर्क र सम्वन्ध कायम गराउने । ७)थप राय सुझाव — ► गुट उपगुटलाई अधिवेशन तथा नेतृत्व चयन प्रश्च्यात अन्त्य गर्ने र दक्षता र विषयगत क्षमताका आधारमा जिम्मेवारी बाडफाड गर्ने । ► सिद्धान्तको वारेमा पुर्नव्याख्या गर्ने । ►पदाधिकारीहरुले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवार नहुने । ►पूर्णकालिन कार्यकर्ता तथा नेताहरुले मात्र कार्यसमितिमा रहने व्यवस्था गर्नु पर्ने । ► हरेक तहको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणाली(क्रियाशिल सदस्यहरुबाटै) चयन गर्ने व्यवस्था गर्नु पर्ने । ► सवै पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रणालीबाटै चयन हुने व्यवस्था गर्नु पर्ने । ►बुध समितिलाई पनि अधिकार र जिम्मेवारी दिई क्रियाशिल बनाउन बुध समितिबाट पनि प्रदेश क्षेत्र अधिवेशनमा र क्षेत्रिय अधिवेशनमा प्रतिनिधि गराउने व्यवस्था गर्नु पर्ने । पार्टी संचालन सम्वन्धमा— ► समान उदेश्य,विचार ,कार्यक्रम र नीति भएका लाखौ व्यक्तिहरुको साझा मञ्च तथा नेपाली जनताले विश्वास र भरोसा गरेको हाम्रो पार्टी नेपाली कांग्रेस भित्र हाल आएर गटबन्दीले पार्टीको गतिमा धेरै अवरोध आईरहेको छ । अत पार्टी सञ्चालनमा सवै तहमा प्रथमत सहमतीय प्रणालीलाई नै प्राथमिकता दिनु पर्ने । सहमतीय पद्धतिमा समस्या आएमा मात्र बहुमतीय प्रणालीमा गएर भए पनि पार्टीका सवै तह सवै बिभागहरु ,भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशिल बनाउन पार्टीका नेतृत्वले गभिर भएर आफ्नो जिम्मेवारीद्धरा गर्नु पर्ने । आर्थिक नितिको सम्वन्धमा ► क्रियाशिल सदस्यहरुलाई र पार्टीका हरेक तहका समितिमा रहेका व्यक्तिहरुलाई र प्रतिनिधि सभा ,राष्टिय सभा र प्रदेश सभाका सदस्यहरुलाई समेत अनिवार्य लेभि उठाउने विधानमानै व्यवस्था गर्नु पर्ने र त्यसको २५ प्रतिशत जिल्ला कार्यसमितिलाई पठाउनु पर्ने नियम राख्नु पर्ने र त्यसको पालना गर्नु पर्ने । ► पार्टी सञ्चालनका लागी आर्थिक स्रोतहरुको खोजी गर्दै विश्वसनीय एवं पारदर्शी आर्थिक क्रिया कलापबाट आर्थिक व्यवस्थापन गर्न केन्द्रीय तहले विशेष ध्यान दिनु पर्ने । परराष्ट नीतिको सम्वन्धमा — ► छिमेकी मित्र राष्ट्रहरु र अन्य मित्र राष्ट्रहरुसंगको नेपाली कांग्रेसको नीतिमा पुनरावलोकन गर्नु पर्ने । विशेषत भारत र चीनसंगको सम्वन्धमा थप बिष्लेषण हुनु पर्ने । स्थानीय तह सम्म प्रमुख प्रतिपक्षको व्यवस्था सम्वन्धमा— ► संघिय सदन र प्रदेश सभामा जस्तै स्थानीय तहको पालिका स्तर र वडा स्तरमा पनि प्रमुख पतिपक्षको व्यवस्था संविधान वा निति तथा नियमानै व्यवस्था गर्ने कांग्रेसले पहल गरी निर्णय गराउनु पर्ने । नया परिवेशमा पार्टीको संघिय विधान पारित गर्दै राष्ट,राष्टियता,लोकतन्त्र,समाजवादका सन्र्दभमा समेत २१ शताब्दी अनुसारको नया युगका लागी पुर्नव्याख्याका साथ पुर्नलेखन गर्नु पर्छ । आर्थिक समाजिक र छिमेकी मित्र देशहरुको सम्वन्धको वारेमा लगायत पार्टीको सवै विषयमा सैद्धान्तिक तथा बैचारिक दस्तावेज पारित गरी नया ढंगबाट पार्टीलाई पुर्नसंगठित आगामी निर्वाचनमा देशकै पहिलो र ठूलो पार्टी बनाउन सकिन्छ । नेपाली कांग्रेसलाई अगाडी बढाउन र सशक्त बनाउन अव तन्नेरीहरुको मेहनेत र पसिना,पाका तथा अभिभावकको अनुभव तथा सल्लाह र आर्सिवादबाट मात्र संभव हुन्छ । युवा,मध्य र पाका अभिभावकहरु गरी तिनै पुस्तालाई अनी आदिवासी जनजाती,महिला,दलित,अपांगहरुलाई पनि पार्टीको नेतृत्वमा समायोजन गरी पार्टीका पदाधिकारी तहमा सम्म निर्णायक ढंगबाट सहभागी गराई पार्टीलाई पुरै रुपान्तरण गर्नु पर्छ । अहिले राजाबादी देखी कम्युष्टिहरु सम्म कांग्रेसले हिडेको विपीले तय गर्नु भएको लोकतन्त्रको बाटो ठिक छ भनी निर्विकल्प रुपमा स्वीकार गरिसको अहिलको अवस्थामा नेपालमा पुरानो युगको अत्य भै संविधानको कार्यन्वयनका साथ नया राजनैतिक युगको आरम्भ भएको छ । त्यसैले युग परिर्वतनसंगै अव नेपाली कांग्रेसका नेताहरुले सवैभन्दा पहिलो आफु सच्चिएर कांग्रेसलाई सच्याउन नया निति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनव्याख्या गर्दै संगठनको पुनर्निमार्ण गर्न अति आवाश्यक भएको छ । यदी कांग्रेसले अव हुने महासमितिको मार्फत पनि आफु सच्चिएर नबदलिने हो र कांग्रेसलाई नबदल्ने हो भने प्रजापरिषद र गोखा परिषद जस्तै ईतिहासमा मात्र सिमित हुन सक्छ त्यसैले नेतृत्वमा रहनुभएकाहरुले बेलैमा त्यस तर्फ ध्यान पु-याउनु पर्छ
(लेखक धनकुटा कांग्रेस सचिव एवं नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष हुन।)