नमस्कार, शिक्षक मित्रहरू, यहाँहरू सबैलाई बधाई तथा शुभकामना !! केको शुभकामना अनि बधाई भन्ने प्रश्न पनि केही शिक्षक मित्रहरूको मनमा उब्जेको होला । कतिपय शिक्षकहरूमा आज अक्टोबर ५ अर्थात् विश्व शिक्षक दिवस हो भन्ने जानकारी होला, तर यो कहिले र केको सम्झनामा मनाउन थालियो भन्ने जानकारी नभएको भन्ने बुझेपछि यसका वारेमा केही कुरा लेख्ने जमर्को गरेकी छु । अक्टोवर ५ अर्थात् आजको दिन विश्व शिक्षक दिवस मनाउन थालिएको वर्ष हिसाब गर्ने हो भने यो २५ औं विश्व शिक्षक दिवस हो । यो वर्षको शिक्षक दिवसको नारा THE RIGHT TO EDUCATIOn\ MEAn\S THE RIGHT TO A QUILIFIED TEACHER रहेको छ । यो वर्ष २५औं विश्व शिक्षक दिवस हो भन्ने वित्तिकै यो दिवस आजभन्दा चौबीस वर्ष अगाडिबाट मनाउन थालिएको कुरा प्रष्ट हुन्छ । संयुक्त राष्ट्र संघ र राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ ग्ल्भ्क्ऋइ को आह्वानमा हरेक वर्ष अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाइदै आएको छ र हरेक वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाउदै आइएता पनि अधिकांश शिक्षकहरू यो दिवसका बारेमा अनभिज्ञता प्रकट गर्दछन् । शिक्षक तथा कर्मचारीहरू बिदाको दिनबारे बढी जानकार रहने तर आफ्नै दिवसका बारे ख्याल नगर्ने भन्ने आरोपसमेत शिक्षकहरूले व्यहोर्नु परेको छ ।

benu-kafle संयुक्त राष्टसंघद्वारा राष्टसंघीय र्शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ र अन्तराष्ट्रिय श्रम संगठन ILO बीच भएको सन् १९६६ को संयुक्त वैठकको सम्झना स्वरूप यो दिवस मनाउने गरिन्छ । अक्टोवर ५, सन् १९६६ को उक्त संयुक्त वैठकमा शिक्षकको अवस्थाका वारेमा चर्चा गरिएको र शैक्षिक सामाजिक लगायतका अवस्थामा गरिनु पर्ने कामहरूका बारेमा सुझाव प्रस्तुत गरिएको थियो । विश्व शिक्षक दिवसको यस पटकको नारालाई नेपालीकरण गर्ने हो भने ‘शिक्षाको अधिकारको तात्पर्य योग्य शिक्षकको अधिकार’ भन्ने हुन्छ । शिक्षकलाई वर्तमान अवस्थामा हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म शिक्षकलाई योग्य बनाउन कसरी सम्भव होला ?श्रम ऐन २०७४ मा श्रमिकहरूको सेवा, शर्त र सुविधा सम्बन्धी प्रबन्ध भएता पनि पर्याप्तता अझै छैन । बढ्दो महंगी र आधारभूत आवश्यकताका वस्तु र सेवाहरू, स्वास्थ्य, आवास, खाद्यान्नलगायत सार्वजनिक क्षेत्रका वस्तुमा भइरहेको अधिकतम नाफामुखी प्रवृत्तिका कारण शिक्षकहरूको जीवननिर्वाह निकै जटिल बन्दै गइरहेको छ । हामी लोकतन्त्रप्राप्तिको तेह्रौं वर्षमा आइपुग्दा हाम्रो देशमा तीनै तहको निर्वाचनपश्चात् संघ, प्रदेश तथा स्थानीय स्थायी सरकार बनिसकेका छन् । तर पनि शिक्षकहरूका समस्या ज्यूँका त्यूँ छन् । बालविकासमा कार्यरत शिक्षकहरूआज पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु १३४५० भन्दा ७४५० कम अर्थात् रु ६००० मा काम गर्न बाध्य छन् । लामो समयदेखि सेवामा निरन्तर संलग्न अस्थायी शिक्षकहरू सरकारी बेवास्ताकै कारण उपेक्षित भएको अनुभव गर्दै अस्थायी सेवाबाटै बिदा भइरहेका छन् । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सिर्जना नगरेर विपत् कालमा गरिने सहयोगजस्तो राहत कोटा निर्धारण गरी शिक्षक नियुक्त गर्ने परिपाटी बसाइयो । ती शिक्षकहरूको न्यायोचित व्यवस्थापनमा समयमै ध्यान नदिइँदा आज विश्वभर शिक्षक दिवस मनाइरहँदा नेपालमा भने राहत र अस्थायी शिक्षक साथीहरू आफ्नो राष्ट्रसेवा र श्रमको सम्मानकै लागि आन्दोलित छन् । मुलुक संघीय संरचनामा गइसकेको वर्तमान अवस्थामा तीनै तहका सरकारको साझा दायित्व र अधिकारका रूपमा रहेको छ । स्थानीय सरकार माध्यमिक शिक्षाको व्यवस्थापनलाई आफुनो अधिकार मानेर शिक्षकहरू तथा विद्यालयहरूमाथि हक जताइरहेको छ भने संघीय सरकार शिक्षाक्षेत्रबाट पूर्णतः पन्छिएको आभास भर्खरै निर्मित निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले दिन्छ । त्यसैगरी शिक्षकहरूको अधिकारका लागि क्रियाशील ट्रेड युनियनहरूलाई नियमन गर्नेगरी विभिनन ऐनहरू बनिरहेका छन् । यसरी स्थानीय तहमा देखिएको स्वेच्छाचारिता र संघीय सरकारको बेवास्तालाई हेर्ने हो भने अबका दिनमा गुणस्तरीय शिक्षाका लागि क्रियाशील शिक्षकहरूमा नवीन उत्साहको इन्धन भर्न जरुर छ, जसका लागि आत्मसम्मानका साथ काम गनेृ वातावरण सृजना गरिनुपद्र्रछ । यसका लागि समयमै सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षणसमेत हुनु अपरिहार्य छ । २५ औं विश्व शिक्षक दिवसको सुखद अवसरमा आफ्ना वैयक्तिक सपनाहरू थाती राखेरै पनि खरी र मार्करमा मुलुकका भोलिका कर्णधारहरूको उज्यालो जीवन र नेपालको समृद्धिको सुन्दर सपनाका खाका बनाइरहनुहुने तमाम कर्मशील शिक्षक मित्रहरूमा हार्दिक शुभाशंसा व्यक्त गर्दछु । आजको दिनले राज्यलाई यो चेतना देओस् कि आजको शिक्षक समुदायको उपेक्षा भोलिको नेपालको समृद्धि तथा हाम्रो सभ्यतामाथिकै उपेक्षा ठहरिने छ । समय बदलियो । व्यवस्था बदलियो । राज्यसत्ता पनि बदलियो, तर, हामी खरी र मार्करमा काला र सेता पाटी घोटिरहेकै छौं । यो मुलुकका शिक्षकहरूले पेसागत स्वाभिमान र राष्ट्रसेवाप्रतिको गौरव महसुस गर्न आफू मात्र होइन नेपालकै भावी सन्ततिले समेत गौरवबोध गर्नसक्ने गरी मेहनत गर्नु परेको छ, गरिरहेकै छौं हामी । आस्था हरेक नागरिकको अधिकार हो, तर हामी त काला पाटी र सेता पाटीमा लागिरहेका यो मुलुकका सचेत नागरिक पो त ! त्यसैले, सावधान ! अँध्यारोबाट उज्यालोतिर लैजाने गुरुवर्गहरूका आँसुमा सत्ताको क्षणिक सुख नसाटियोस् । (लेखिका नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समिति सदस्य हुनुहुन्छ ।)