प्रदेश १ को अन्तरिम राजधानी हो विराटनगर । अहिले १ नं. प्रदेश स्थायी राजधानी बारे बहस चलीरहेको छ । विराटनगरले आफ्नो दावी पेश गरीरहको छ । ऐतिहासिक प्रदेश सभाले प्रदेशको मुकाम तोक्ने तर्फ गृहकार्य अगाडी बढाएको छ । त्यसो त प्रदशेको राजधानी कहा राख्ने भन्न्ो ताना तान भईरहेकै छ । अस्थायी राजधानी विराटनगरले स्थायी राजधानी को लागी भरमग्दुर प्रयास जारी राखेको छ भने धरान ईटहरी धनकुटा लागायत क्षेत्रले विराटनगरको विकल्प खोज्नु पर्नेमा जोड दिएका छन् । यहा १ नं. प्रदेशको स्थायी राजधानी विराटनगर के कति कारणले उपयुक्त छैन भन्न चर्चा गरिएको छ । प्रदेश सरकार र प्रदेश सभाले स्थायी राजधानी तोक्दा वर्तमान अवस्था र भविश्यलाई समेत आधार मानेर निर्ण लिनु सही हुन्छ । यसको लागी सम्भव भए सम्म प्रदेशका सवै नागरिकलाई पायक पर्ने स्थान हुन जरुरी छ । साथै मुकाममा प्रदेश सभा र प्रदेश सरकारको कायार्यलयहरु स्थापना गर्नु पर्ने हुदा यसका लागी भोली बनाउने आवश्यक भौतिक पुर्वाधारहरको र नया शहरको लागी पर्याप्त जग्गा उपलब्ध हुन आवश्यक छ । १ नं. प्रदेशमा ४५,०१,४४९ जनसंख्या रहेकोछ भने उत्तर चिनको सिमा किमाथाङका देखी दक्षिण भारतको सिमा जोगमुनी सम्म करिब १७३ किमी र पुर्व भारतको सिमा पशुपति नगर देखी पश्चिम लिखु नदी सम्म १९३ किमी भित्र फैलिएको छ । यसको कुल क्षेत्रफल २५,९०५ वर्ग किमी रहेको छ । यसरी हेर्दा निम्न आधारमा प्रदेशको राजधानीको विराटनगर बैज्ञानिक हुदैन ।
१. भौगालिक रुपमा प्रदेशको दक्षिण छेउ विराटनगर भौगोलिक रुपमा प्रदेशको दक्षिण छेउमा पर्दछ । अझै भारतिय सिमा संग करिब ९ किमी जोडीएको छ । अब विराटनगर विस्तार हुने क्षेत्र कम हुदै गएको छ । विराटनगरको पुर्व तर्फ सिंगीया खोलाले शहरीकरण रोकेको छ । पश्चिम तर्फ सुसरीको सिमामा बुढीखोलाले शहरीकरण विस्तार रोकेको छ । यस्तै वर्खा याममा डुवानको समस्या छदैछ । दक्षिण जोगमुनी देखी विराटगनर गेट सम्म ६० फिटको मात्र उचाइ रहेको छ । विराटनगर १५ किमी उत्तर दक्षीण र करिव ६ किमी पुर्व पश्चिम फैलिएको छ । विराटनगरको जम्मा क्षेत्रफल ७७ वर्ग किमी रहेको छ । तर धरान १९२.३२ वर्ग किमी,इटहरी ९३.७८ वर्ग किमी र धनकुटा १११ वर्ग किमी क्षेत्रफल रहेको छ । यसकारण १७३ किमी उत्तर दक्षिण फैलिएका प्रदेशको लागी दक्षिण सिमा वाट १५ किमी भित्र राजधानी समित गर्नु कुनै मनसायले पनि सही देखिन्न । भौगोलीक हिसावले धनकुटा केन्द्र विन्दु हो । वर्तमान यातायात सुविधाको हिसावले ईटहरी केन्द्र देखिन्छ । अव बन्ने यातायत पुर्वाधारको हिसाबले धरान भविश्यको केन्द्र बिन्दु हो ।
२.प्रदेशवासीलाई विराटनगर पायक पर्दैन प्रदेश राजधानीको लागी प्रदेश भित्रका सवै नागरिकलाई पायक पर्नु आवश्यक छ । एक नं. प्रदेशको राजधानीको लागी अहिले चर्चामा रहेको अथवा दावी प्रस्तुत गरिरहेको शहरहरु विराटनगर, ईटहरी, धरान र धनकुटा मध्ये विराटनगर सवै नागरिकलाई सवै भन्दा धेरै पायक नपर्र्नेे स्थान हो । यसरी हेर्दा विराटनगर अन्य नगरको तुलनामा केवल मोरङको विराटनगर, रंगेली, सुनवर्सी, बुढीगंगा, धनपालथान, जदाहा, कटहरी, ग्रामथान र रतुवामाई र सुनसरीको गढी, बुर्जु, भोक्राहा, हरीनगरा, देवानगञ्ज र दुहवी साथै झपाको गौरीगञ्ज, गौरादह, झापा, कचनकवल, बाह्दशी, र हल्दीवारी लगायत भुगोलर यहाका वासीन्दालाई मात्र पायक पर्ने देखिन्छ । अहिले प्रयोग भई रहेको सडक मार्गको पहुचलाई हेर्ने हो भने राके रवि भेडेटार सडक र दोभान गुफापोखरी बसन्त पुर सडक कालो पत्रे सम्पन्न हुने वितिकै ताप्लेजुङ, पाचथर र इलाामका पश्चिम क्षेत्रको वासिन्दाहरुलाई धरान पायक पर्छ । तमोर कोरिडोर बनेपछि त यो दुरी अझै घट्ने छ । यस्तै ईलामको दक्षिण क्षेत्र र झापा मोरंङको नागरिकलाई धनकुटा भन्दा धरान नै पायक पर्छ । मधुमल्ला लेटाङ केरावारी धरान सडक पिच भए पछि ईलाम झापा र मोरङको उत्तरी क्षेत्रको वासिन्दालाई अझै धरान नजीक पर्दछ । यस्तै भोजपुर संखुवासभाको वासिन्दालई धनकुटा वाहेक धरान नै पायक पर्दछ । धनकुटा कै चौविसे,सागुरीगढी गाउपालिकाको वासिन्दालाई धरानै पायक परिरहेको छ । कटारी गाईघाट धरान र सगरमाथा लोकमार्ग पिच सम्पन्न भए पछि उदयपुर , खोटांङ, ओखलढुंगा,सोलुखुम्बु जिल्लाको सवै क्षेत्रको वासिन्दालाई धनकुटा र ईटहरी भन्दा धरानै पायक पर्दछ । सुनसरी र मोरङको दक्षिणी क्षेत्रको वासिन्दालाई धनकुटा भन्दा धरानै पायक पर्दछ । यस कारण हाल पिच भएका र पिच नभए पनि चालु अवस्थामा रहेका तर करिव २ वर्ष भित्र पिच भई सक्ने सडकहरुको अध्यायन गर्दा समेत सडक यातायात पुर्वाधारको हिसावले १ नं. प्रदेशको सवै नागरिकलाई धरान पायक पर्दछ । यसरी विराटनगर भन्दा धरान ईटहरी धनकुटा नै अत्यधिक नागरीकलाई पायक पर्छ ।
३. सवैलाई अनुकुल उपयुक्त हावापानी छैन १ नं प्रदेशको भौगोलीक वनाट संसार कै अग्गो हिमाल सगरमाथा चोमोलुङमा देखी नेपाल कै होचो स्थान केचना सम्म फैलिएको छ । हिमालमा माईनस डिग्री देखी तराई ४५ डिग्री सम्मको तापक्रम हुने गर्दछ । के माईनस डिग्रीमा बसोवास गर्नेले ४५ डिग्रीको तापमानलाई थेग्ला अथवा ४५ डिग्रीमा काम गर्नेले माईनस डिग्रको चिसो थेग्ला ? तसर्थ स्थायी राजधानी राजधानी विराटनगर तोक्दा हिमाली र तराई भेगका वासीन्दाको लागी अनुकुल हुन सक्दैन । अनुककुल हुने हावापानी भएको क्षेत्र नै सवै भन्दा उपुक्त हुन्छ । यस कारण सोलुखुम्बुको चिसो र विराटनगरको तातोमा वसोवास गर्ने नागरिकसमेत अनुकल हुने, १२ महिना मौसम खुल्ला रहने हावापानी भएको धरान इटहरी नै राजधानीको लागी सवै भन्दा उपयुक्त हो । यती मात्र हैन स्वच्छ हावा वातावरणको हिसावले धरानको चारै तिर हरियाली जंगल रहेको छ । उत्तर तर्फ विसाल जलधार क्षेत्र छ भने दक्षिण तर्फ विसाल चारकोेसे जंगल छ । यसैमा मानोरन्जनको लागी दर्जानौ पार्कहरु वनाईएका छन् । ४.सुरक्षा व्यावस्थामा चुनौती स्थायी राजधानीको लागी सुरक्षा व्यास्था अत्यन्तै आवश्यक हुन्छ । अहिले बहस अन्तराष्ट्रिय सिमा जोडीएका ठाउमा राजधानी राख्ने की नराख्न्ने भन्ने पनि हो । विराटनगरको केन्द्र महेन्द्र चोक भारतिय सिमा जोगमुनी वाट जम्मा ५ किमी मात्र छ । अभm हाल मुख्य मन्त्री को कायालय रहेको स्थान ५ किमी मात्र छ । जम्मा विराटनगर नै जोगमुनी सिमा वाट १२ किमी भित्र रहेको छ । के हामी संग उपयुक्त स्थान हुदा हुदै यसरी सिमा नजी कै राजधानी किन राख्ने । अर्को तर्फ अधिकांश प्रदेश वासीको चाहना पनि सिमा नजीकै राजधानी नहोस् भन्ने छ । हामी जति सुकै सुरक्षा व्यास्था गरे पनि वर्तमान अवस्थामा यो अवैज्ञानिक नै हुन्छ ।
५.समावेशी ,भाषीक ,साँस्कृतिक तथा साझा मनोविज्ञान सम्बोधन हुदैन राजधानी बनाउदा समावेशी संविधान र यसको मर्मलाई समेत मध्यनजर गर्नु आवाश्यक हुन्छ । यस अन्तर्गत हिमाली भेगको शेर्पा,भोटे समुदायले बक्खु लगाउने गर्दछन् । उनीहरुको सास्कृतिक जातिय भेषभुषा होयो । अर्को तर्फ तराईको राजबंशी थारु, कोचे मेचे माझी, मधेसी समुदायको भेषभुषा समेत फरक रहेको छ । यस्तै रिती रिवाज चाठपर्व आदीसमेत फरक छ । यसकारण धनकुटा राजधानी भएमा तराईमा बसोवास गर्ने समुदायको संस्कृती,भाषीक समिप्यता, तथा चाडपर्व आदी मनाउन अप्ठयारो हुन्छ , भने विराटनगर ,स्थायी राजधानी बनाउदा हिमाली भेगमा वासोवास गर्ने समुदायको सांस्कृतिक भेषभुषामा , र धार्मिक पराम्परालाई समेटेने पुर्वाधार न्युन छ । तराईमा वासोवास गर्ने उक्त समुदायलेको भाषा सस्कृतिहरु संग धरान नजीक छ ।
यहा छठ मनाउने गरिएको छ । यस्तै हिमाली भेगमा वसोवास गर्ने समुदायको लोहसार समेत यहा मनाउने गरिन्छ । पहाडी भेगमा मनाईने किराती राई,लिम्बु,सुनुवार, याख्खा,लेप्चा मगर, कुलुङ,गुरुङ आदी समुदायको साकेला, चासोक, चसाुवा, लगायत पर्वहरु यहा धुमधामको साथ मनाईन्छ , भने कृष्मस, ईद आदी धार्मीक पर्वहरु समेत मनाईन्छ । भाषीक हिसावले धरान अंग्रेजी,नेपाली लिम्बु, वान्तवा, नेवारी , चाम्लीङ, तामांङ,हिन्दी, मैथिली, कुलुङ, शेर्पा लगायल भाषा वोलिन्छ ।
भाषीक हिसावले धरान राजधानी नै हो । यस्तै धार्मिक रुपमा समेत सवै धर्मको र परम्परा मान्ने गरिएको छ । बुढा सुव्वा दन्तकाली, पिण्डेश्वरी,विष्णुपादुका, बराहक्षेत्र, पाचकन्या, आदी मठमन्दीर छन् भने वौद धर्म मान्नेहरुको लागी तामांङ वोद्ध विहार , शेर्पा गुम्वा , बैद्धा दाह संस्कार ,लगायत दजौनौ गुम्त्रार विहार रहरु रहेको छ । मुस्लिमहरुको मस्जदी समेत रहेको छ भने दजौनौ चर्चहरु रसमेत रहेको छ न् । प्रकृतिक पुजक किरातीहरुको त विभिन्न ठाउमा माङहिम देवी थान साकेला थान र पुजा गर्ने स्थानहरु छदैछन् । सास्कृतिकरुपमा त धरान राजधानी नै हो । पहाड तराईको संगम पनि हो । यसको ज्वलन्त उदाहरण फागुपुर्णीमा होली धरानमा मात्रै दुई दिन मनाईने गरिन्छ । एतिहासिकरुपमा धरान राजधानी शहर हो । यो पुर्वी नेपालको सेनकालिन ईतिहासमा विजयपुर राजधानी शहरको रुप रहेको प्रमाणित नै छ । यस कारण धरान १ नं. प्रदेशमा मा वसोवास गर्ने सवै जाति भाषा , धर्म सास्कृति मान्नेहरुको साझा भावना र सहिस्शुणताले भरिपुर्ण रहेको शहर हो । यसकारण राजधानीको लागी विराटनगर भन्दा धरान, इटहरी धनकुटा उपयुक्त हुन आउछ ।
६.राजनैतिक मुद्धाको सम्वोधन हुदैन पुर्वी नेपालमा उठीरहेको अवा चलिरहको राजनैतिक मुद्धाहरु लिम्बुवान प्रदेश,कोचिला प्रदेश, किरात खम्बुवान प्रदेश , पुर्वी थारुवान प्रदेश , कोसी पर्व आदी माग र आन्दोलनको सम्बोधन भएको त छैेन तर ति सवै क्षेत्रहरु अहिलनेको १ नं. प्रदेशमा रहेको हुदा यी सवैको केन्द्र विराटनगर नरहेकाले बरु धरानले यी मुद्धाहरुको मर्मलाई केही हद सम्म समेटने हुदा राजनैतिक मुद्धाको हिसावले विराटनगरउपयुक्त देखिन्दैन ।
७. जनसंख्या ७८ प्रशित जनसंख्या र ९३.१२ भुगोलको बासीन्दालाइ असुविधा २०६८ को जनगण अनुसार १ नं. प्रदेशको जनसंख्या ४५,४४,८३३ रहेको छ । विराटनगर राजधानी भएमा १ नं प्रदेशको १७३ स्थानितह मध्ये बढीमा २१ वटालाई मात्र पायक पर्दछ भने बाकी १५२ भन्दा बढी नगरपालिका र गाउपालिका लाई अपायक पर्छ । यसरी नै करिव १० लाख जनसंख्यालाई पायक पर्दछ भने बाकी करवि ३५ लाख जनसंख्यालाई पायक पर्दैन । असुवीधा हुन्छ । यस्तै १ नं प्रदेशको २५०९ वर्ग किमी क्षेत्रफल मध्ये बढी १७८३.३९ वर्ग किमि क्षेत्रलाई मात्र पायक भने वाकी २४१२१.६१ वर्ग क्षेत्रफल लाई पायक पर्दैन । अर्को तर्फ सुनसरी भापा मोरङ र झापाको करिव करिव पैतालिस लाख जनसंख्यालाई आधार मानेर हेर्दा धनकुटा राजधानी भएमा उदयपुर सुनसरी मोरङ झापा र ईलाम मात्रको करिव ३१ लाख जनसंख्यालाई धरान हुदै धनकुटा जानु पर्ने हुन्छ । विराटनगर , ईटहरी भएमा माथी उल्लेखित पहुचमार्गको आधारमा पहाडी जिल्लाका करिव १४ लाख जनसंख्याले धरान हुदै जानु पर्र्ने हुन्छ । उदयपुर ओखलढुङगा,खोटाङ, सोलुखुम्बु भोजपुरका पश्चिम दक्षिण क्षेत्रको बासीन्दा ८ लाख जनसंख्यालाई चतरा पुल हुदै धरान नै इटहरी विराटनगर र धनकुटा भन्दा नजीक पर्दछ । यस्तै पश्चिम ईलाम,पाचथरका करिव ३ लाख जसंख्यालाई रवि भेडेटार हुदै धनकुटा भन्दा धरान नै नजीक पर्दछ । साथै धरान केरावरी मधुमल्ला सडक हुदै मोरङ उत्तरी क्षेत्र र धनकुटाको दक्षिण क्षेत्रको करिव ३ लाख जनसंख्यालाई अहिले नै धरान पायक परिरहेको छ । तसर्थ जनसंख्यालाई आधार मानेर लाभको अनुपातमा हेर्दा १ नं. प्रदेशकोे पैतिस लाख जनसंख्यालाई नै विराटनगर लाभदायक हुदैन । के यसरी प्रदेश भित्र उपयुक्त ठाँउ हुदा हुदै एउटा कुनामा राजधानी बनाउनु सही हुन्छ ? के सिमा टासेर १५ किमी भित्र राजधानी सिमीत गर्नु बैज्ञानिक हुन्छ ? १ नं. प्रदेशवासी सवैलाई अनुकुल हुने हावपानी नभएको र भाषीक सास्कृतिक र भावनात्मक सन्तुलन हुन नसक्ने ठाउमा राजधानी बनाउदा के होला? के १ न. प्रदेशका ७८ प्रतिशत जनता लाई पायक नपर्ने र २२ प्रतिश जनतालाई मात्र पायक पर्ने विराटनगर राजधानी बनाउन उपुक्त होला ? के ९३.१२ प्रतिशत भुगोललाई पायक नपर्ने र ६.८८ प्रतिशत मात्र भुगोललाई पायक पर्ने ठाउ स्थायी राजधानीको बनाउन सही होला ? कि कुनै विषेशता छन विराटनगर संग १ नं. प्रदेशको सवै जनताको भावनाको सम्बोधन गर्ने ? कि कुनै यस्तो पुर्वाधार बनाउन सकिन्छ प्रदेशवासी सवैलाई समानरुपमा पायक बनाउन सक्ने ? यदी छन् भने छलफल गर्न सकिन्छ अन्यथा विराटनगरलाई राजधानी बनाइए १ नं. प्रदेश सरकार र प्रदेशसभाको दुरदृष्टी ठहरीने छैन र त्यो भविश्यले पनि प्रमाणित गर्न सक्ने छैन । माननीय ज्युहरु १ नं. प्रदेश भविश्य तपाईहरुको हातमा छ ।
प्रदेश सरकार र प्रदेशसभाको चतना भया !