एस्कारियासिस रोग हो जुन परजीवी गोलो जुका एस्कारिस लुम्ब्रिकोइडेसको कारणले हुने गर्दछ । यदि जुकाहरूको संख्या कम मात्रामा छ भने ८५% भन्दा बढी घटनाहरूमा संक्रमणका लक्षणहरू देखिँदैनन्। यो रोगबाट प्राय: गरेर बालबालिकाहरू प्रभावित हुने गर्दछन् । यो उमेर समूहमा संक्रमणले गर्दा कम मात्रामा तौल बढ्ने । कुपोषण हुने र सिकाईमा समस्याहरू उत्पन्न हुने हुनसक्छ ।
यो संक्रमण दिसामा पाइने जुकाका अण्डाहरू मिसिएको दुषित खाना खानाले तथा पानी पिउनाले हुने गर्दछ। अण्डाहरू ठूलो आन्द्रामा गएर कोरलिन्छन्, तिनीहरूले आन्द्राको भित्तामा प्वाल बनाउँछन्, र रगतको माध्यमबाट फोक्सोसम्म फैलिने गर्दछन्।त्यहाँ तिनीहरू वायुकोष्ठिका मा छिर्छन र श्वासनलीसम्म पुग्दछन्, जहाँ तिनीहरू खकार वा थुकको माध्यमबाट बाहिर निस्कन्छन् तथा तिनीहरूलाई निल्न पुगिन्छ।त्यसपछि लार्भाहरू पेटहुँदै दोस्रो पटक ठूलो आन्द्रासम्म पुग्दछन् जहाँ तिनीहरू वयस्क जुका बन्न पुग्दछन्।
लक्षणहरू:
-सास फेर्न कठिनाई हुने
- ज्वरो आउने
-पेट सुन्निने,
-पेट दुख्ने
-झाडापाखाला लाग्ने
रोकथाम कसरी गर्ने ?
उचित सरसफाईको माध्यमबाट रोकथाम गर्न सकिन्छ, जसमा शौचालयमा पहुँच र दिसाको उचित व्यवस्थापनमा सुधार गर्नु पर्दछन्।
साबुन-पानीले हात धुने गर्नु पर्छ ।
उपचार के हो?
उपचारहरूमा एल्बेन्डाजोल, मेबेन्डाजोल, लेभामिसोल वा पिरान्टेल पोमाओट औषधिहरूको सेवन पर्दछ। समयमा चिकित्सकको सल्लाह लिनु बुधिमानी हुने छ ।
(बालरोग बिशेषज्ञ, उप-प्राध्यापक, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान)