भनिन्छ, प्रहरीले चोर पत्ता लगाउन चोरकै सहारा लिन्छ, तस्कर पत्ता लगाउन तस्करकै। प्रश्न उठ्छ, त्यसो भए प्रहरीले अपराधीको पनि संरक्षण गरिरहेको हुन्छ ? के सूचना दिने वा सहयोग गर्ने ती अपराधीहरुलाई कहिल्यै कारबाही हुँदैन ?

माघमा त्रिभुवन विमानस्थल हुँदै भित्रिएको भनिएको ३३ केजी सुन बेपत्ता भएपछि हत्या गरिएको भनिएका सनम शाक्य घटनाको छानबिन गर्न मन्त्रिपरिषदले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले गरेको छानबिनमा पूर्व डीआईजी गोविन्द निरौलासहित बहालवाला आधा दर्जन प्रहरी अधिकृत तानिए ।

केहि ठुलाले अदालतबाट सफाई पाए तर त्यही मुद्धामा अभियुक्तको ट्याग लागेका केहि प्रहरी अधिकारी सहित अन्य रुवावासी अझै कायमै छ । कारागार चलान भएका प्रहरी अधिकारी धमाधम छुटेका छन् ।

तर एउटै मुद्धामा कारागार चलान भएका केहि प्रहरी अधिकारी किन छुटेनन् श्रीमान् ? एउटै घट्नामा संलग्न भएका कोहि छुट्ने कोहि नछुट्ने हुन्छ ? नेपाली उखान ठुलालाई चैन सानालाई ऐन सुनतस्करमा संलग्नहरुमा ठ्याक्क मिल्छ ।

प्रहरीप्रतिको पछिल्लो आरोपले प्रहरी संगठनको छवि बिग्रिएको छ । अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी संगठनभित्रै अपराधको अनुसन्धान हुनु र प्रहरी नै अपराधमा संलग्न भएको आरोप लाग्नु दुखद कुरा हो ।

तर प्रहरी भित्र पनि घिनलाग्दो खेल हुन्छ ठुलालाई बचाउँने र सानालाई फसाउँने ।

हराएको साडे ३३ केजी सुन समेत नभेटी हचुवाको भरमा अधिकांस पक्राउ परेर थुनामा छन । यदी बलियो प्रमाणको भरमा प्रहरीलाई समातिएको र मुद्धा चलाईएको हो भने ल ठिक छ। दोषीले सजाय पाउनै पर्छ।

तर हचुवाका भरमरा समातेर पछि निर्दोष ठहर भए ? अहिले गिरेको प्रहरीको छवीको क्षतिपुर्ती कस्ले दिन्छ ? अपराधीलाई पक्राउ गर्न प्रहरीले अपनाउने तरिकाहरुको गलत ब्याख्या भए त्यसको उपयोग अन्य सबै अपराधीले गर्न पाउँछन्।

कम्तीमा यसमा गल्ती नहोस्। फिल्डमा खटिने प्रहरीलाई बलिको बोका बनाइनु हुन्न ।

साडे ३३ केजी सुन कहाँ गयो त ? कसले गायब र्गयो ? छानबिन समितीको औचित्य यी प्रश्नको जवाफमा अड्किएको छ। यी प्रश्नका उत्तरले धेरै अन्य प्रश्नको सहि उत्तर दिनेछन ।

सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूको संलग्नता सार्वजनिक हुँदा नेपाल प्रहरीले संभवतः इतिहासमै सबैभन्दा बढी बदनाम कमाउँदैछ ।

तर जति जति अनुसन्धानरछानविन अगाडि बढ्दै गयो, त्यति त्यति त्यसबाट गरिएका जनअपेक्षा कुण्ठित हुँदै गए। नेपालमा सुन तस्करी लामो समयदेखि हुँदै आएको हो। त्यसलाई हालै मात्र म्याद सकिएको सुन तस्करी छानविन समितिको अनुसन्धानले प्रष्ट पारेको छ।

जहाँसम्म सुन तस्करीको मूल भत्काउने, संलग्न सम्पूर्णलाई कानुनी कठघरामा ल्याउने र भविश्यमा नेपालमा वा नेपालबाट हुने सुन तस्करीलाई असम्भव बनाउने काम भने अहिले पनि भएको छैन ।

विगतमा सुन तस्करीका भरिया मात्रै समातिदै आएकोमा अहिले आएर तस्करीमा सहयोगी रहेको भन्दै केही पूर्व र वहालवाला प्रहरी समातिनुबाहेक छानविनले पनि कुनै नयाँ काम गर्न सकेन ।

केहि प्रहरी बाहेक धमाधम सादा तारिकमा छुट्दैछन । तर एउटै मुद्धामा पक्राउ परेर सँगै बसेका प्रहरी कोहि छुट्ने कोहि थुन्ने कसरी भयो होला ? अहिले यो विषय प्रहरी प्रधान कार्यलयमा चर्चा नहोला तर अधिकांस चिया पसलमा बहष भईरहेको छ ।

कसैलाई चित्त दुखे पनि भन्नै पर्छ-सुन तस्करीको यो चर्चित छानविनले अलिक समय सञ्चार माध्यमलाई मसला उपलव्ध गराउनेवाहेक कुनै ठोस परिणाम दिन सकेन ।

सुन तस्करीको छानविनले कुनै ठोस परिणाम दिएन भन्ने निष्कर्ष प्रस्तुत गर्दै गर्दा कतिपयलाई त्यति धेरै मान्छे पक्राउ परेर जेलमा छन भन्ने पनि लाग्ला तर मान्छेहरु पक्राउ पर्नु मात्रै समास्याको समाधान होइन ।

नभएर ओसार पसारमा सहयोग गर्ने भरियाको नाइके वा सो सरह मात्रै रहेको त प्रमाणित भैसकेको छ। अनि उनलाई सहयोग गर्ने भनेर जो प्रहरी समातिएका छन । उनीहरू मध्ये धेरैको त्यस कार्यमा संलग्नता मै आशंका गरिएको छ।

केहीको चम्किलो विगतले गर्दा निजले तत्काल सम्हालेको जिम्मेवारीले निर्दिष्ट गरेको भूमिका निर्वाह गर्दा फसेको मान्नेको संख्या ठूलै छ। त्यही सुन नभेटिएकै हुनाले मुद्दाको अन्तिम टुङ्गो हुँदासम्म अहिले थुनिएका थुप्रै व्यक्तीहरु प्रमाण अभावको कारण रिहा हुदै छन ।

हुन त कुनै आरोप लागेको व्यक्ति अदालतबाट छुट्ने वित्तिकै अदालत र न्यायाधीशको नियतमा प्रश्न उठाउन तम्सिने हाम्रो संस्कार नै भैसकेको छ।

तर, सत्य के हो भने अदालतले भावना होइन तथ्य र प्रमाणमा टेकेर मात्रै फैसला गर्न सक्छ । कतिपयलाई यो आरोपनै लाग्न सक्ला। तर, सुन तस्करीको छानविनले ठोस परिणाम ल्याउन सकेन भन्ने कुनै आरोप होइन यो वास्तविकता हो। सुन तस्करी केवल तस्करले चाहेर मात्रै हुनसक्ने कुरो होइन।

यसको निम्ति ठूलो सञ्जाल चाहिन्छ, र नेपालमा हुने सुन तस्करीको पनि ठूलो जालो छ। त्यो जालो सुन तस्कर , तिनका भरिया अनि तिनीहरूलाई संरक्षण दिने भनिएका प्रहरीकै भरमा मात्र सम्भव छैन।

यदी अहिले थुनिएकालाई नै सुन तस्करीका ठूला माछा मान्ने हो भने त जनताले बुझेको ‘ठूला माछा’ छ र ? खैर जे होस् सुन तस्करीको छानबिन हुनुले नेपालमा के कसरि तस्करी हुँदै आएको छ, नेपालका नाकाहरुको सुरक्षा अवस्था कस्तो छ अनि देशलाई डुबाएर पनि आफू उकासिने सोच कस्तो छ भन्ने संकेत गरेको छ।

प्रहरी संगठनमा शुद्धीकरण अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सुन प्रकरणले आन्तरिक सुरक्षा फितलो छ भन्ने उजागर भएको छ ।

सुरक्षा कायम गर्ने महत्वपूर्र्ण जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरू नै तस्करीमा संलग्न रहेको घटना सार्वजनिक हुनुले प्रहरीले मुलुकमा दिँदै आएको सुरक्षा व्यवस्था र आचरणमाथि गम्भीर प्रश्न उठेको छ । देशको सुरक्षा जिम्मा लिएको प्रहरी प्रशासनलाई कडा आचरणमा बाध्नुको विकल्प छैन ।]

संगठनभित्रका गलत व्यवहार र आचरणका कारण सिंगो प्रहरी संगठनले अन्य थुप्रै आरोपसमेत खेप्नु परिरहेको यथार्थ छ । आन्तरिक सुरक्षा व्यवस्था गर्नु भनेको देशभरि हुने सबै प्रकारका अपराधिक घटना रोक्ने र नागरिकलाई सुरक्षाको पूर्णअनुभूति दिलाउनु हो ।

प्रहरी नै तस्करीमा संलग्न भएको घटनाले आन्तरिक सुरक्षा कमजोर तथा अविश्वसनीय देखाएको मात्र होइन, प्रहरी संगठनभित्र तस्कर र भ्रष्टाचारी सञ्जालको बोलवाला बढ्दै गएको देखाउँछ । प्रहरीको कर्तव्य नागरिकलाई सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु हो ।

तर, प्रहरी वृत्तका जिम्मेवारहरू नै भ्रष्टाचार र तस्करीमा संलग्न भएको पुष्टि हुँदा सिंगो संगठनमाथि गम्भीर प्रश्न उब्जिएको छ । प्रहरीमा संस्थागत, नीतिगत, पेशागत, व्यवहारगत, संरचनागत र आचरणगत सबै पक्षमा आमूल सुधारको जरुरी छ । सुडान घोटाला काण्डका पुलिसका केही प्रमुख जेलमै छन् ।

६३ जनाविरुद्ध चलाइएको मुद्दा, सुनचाँदीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा डिआइजी, एसएसपी, एसपी, डिएसपी, सई, जवान, मुख्य नाइकेलगायतका पदीय हैसियतका प्रहरी छन् ।

यो सुन तस्करी प्रकरणमा तीन जनाको हत्या भएको छ ।