दाल तथा गेडागुडीहाम्रो खानाको एक अभिन्नअंग नै हो भन्दाअतिशयोक्तिनहोला ।
यिनबाट हाम्रो शरीरको वृद्धि विकासकालागिआवश्यक पर्ने प्रोटिनका साथै अन्य महत्वपूर्ण पोषकतत्वहरु प्राप्तहुने गर्दछ । तर हामीले सोचेका छौं,कि हामीले बजारबाट किनेर ल्याएको दाल कत्तिको स्वस्थकर एवम् पोषिलो छ ?हिजोआजबजारमा टलक्क टल्कने, चम्किला, हेर्दैमाकिनौं किनौं लाग्ने विभिन्नप्रकारका दालहरु देख्न सकिन्छ ।
तर ‘सबै टल्कने सुन हुदैनन्’ भन्ने भनाइझैँ यस्ता चम्कने दालहरुको नियमित सेवनले हाम्रो स्वास्थ्यको चमकभने घट्ने गर्दछ ।
गेडागुडीमाकतिप्रोटिन? गेडागुडीहरुमा यिनीहरुको सुख्खातौलको करीवपच्चीस प्रतिशत सम्मप्रोटिन पाइने गर्दछ । खानासँगप्रयोग गरिने दालमा,भातको तुलनामाकरिव ३.५ प्रतिशत बढी र गहुँकोरोटीभन्दा २.५ गुणा बढी मात्रामाप्रोटिन पाइने गर्दछ ।
जसले शाकाहारी व्यक्तिहरुको प्रोटिनको आवश्यकतालाई पुरा गर्न बढी मद्दत गर्दछ ।
खानको लागिपकाएर तयार गरिएको दालमाकरिब १ प्रतिशतचिल्लो पदार्थ, ९ प्रतिशतप्रोटिन, २० प्रतिशत कार्बोहाइडेट -८ प्रतिशतफाइबर सहित तथा ७० प्रतिशत सम्मपानी हुने गर्दछ ।
पकाएको दालमा कुखुराको मासुको तुलनामा एक तिहाई जति प्रोटिन पाइने गर्दछ । गेडागुडीहरुमध्ये सबैभन्दा प्रचुर मात्रामा प्रोटिन (३६ प्रतिशत) भटमास (सोयाबिन)मापाइने गर्दछ ।
कसरी ल्याउँछन् कृतिम चमक? दाल तथा गेडागुडीहरुलाई आकर्षक देखाउनका निम्ति विभिन्न तरिकाहरु अपनाई पालिस गरी टल्काउने गरिन्छ । सबैभन्दा बढी प्रयोगमाआउने पालिस प्रक्रियाहरूमा रङ्ग पालिस, तेल-पानीको पालिस, नाइलनपालिस, चुनढुङ्गा (मार्बल पाउडर) पालिस पर्दछन् ।
यसकालागि गेडागुडीहरुलाई विशेष प्रकारको चम्काउने यन्त्र (दाल मिल)मा हालिन्छ ।जसमा रहेको ढुङ्ग्रोआकारको यन्त्र (रोलर मेसिन) मा बेरिएको निरन्तर घुमिरहने ठुल्ठुला खस्रा छाला वा कडा किसिमका रबरबाट बनेका फित्ता(पेटी)हरुले निश्चितदवावका साथगेडागुडीकोबाहिरी सतहमाबारम्बार घर्षण गर्ने गर्दछन् ।
जसका कारण गेडागुडीको बाहिरी सतह खुइलिएर जान्छ र तिनमा एक प्रकारको कृतिम चमक आउने गर्दछ। यसका अतिरिक्त दाल तथा गेडागुडीहरुलाई चिल्लोपारी टल्काउनका निम्तिअखाद्यतथा गुणस्तरहीन तेल, रङ्ग तथा ‘सोपस्टोन पाउडर’ भनिने एक प्रकारको चुनढुंगाको धुलोको समेत प्रयोग गर्ने गरेको पाइएको छ ।
यसरीचम्काइएको गोटा (सिङ्गो) गेडागुडीलाई दाल बनाउने मिलमाहालेर पिसानी गरे पश्चात्फग्लेटा भएको दाल तयार हुन्छ ।
किन चम्काउँछन् ? रहर, मुसुर, कालो मास, हरियो मास, मुंग, राजमा, मटर, भटमास जस्ता गेडागुडीहरु तथा तिनबाट तयार गरिएकादाललाई आकर्षक देखाई खरिदकालागिग्राहकलाई लोभ्याउनकानिम्तिचम्काउने गरिन्छ ।
यस बाहेक पुरानो, गुणस्तरहीन, नबिकेको दाल तथा गेडागुडीहरुलाई पुनः बेच्नकानिम्तिबजारमाल्याउनकालागि समेत दाल तथा गेडागुडीहरुलाई कृतिम चमकदिने गरिन्छ ।
असर ? दाल तथा गेडागुडीहरुको बाहिरी सतहमाहाम्रो शरीरका लागिआवश्यक पर्ने प्राकृतिक रेशाहरु (फाइबर) पाइने गर्दछ ।
तर जब दाल तथा गेडागुडीहरुलाई चम्काउने नाममा मेसिनमाहालेर घर्षण (पालिस) गरिन्छ तवदालको बाहिरी सतहबाट तिप्राकृतिक रेशाहरु हटेर जाने गर्दछन् ।
जसको फलस्वरूप दाल बाहिरबाट हेर्दा चम्किलो त देखिन्छ । तर यिनमापोषकतत्वहरुको भने कमीहुने गर्दछ । यस प्रकारका दाल तथा गेडागुडीको सेवनले शरीरमापोषकतत्व को कमी हुने मात्र नभई यिनमाप्रयोग गरिएको ढुङ्गाको धुलो, अखाद्द रङ्ग र तेलको कारण हाम्रो स्वास्थ्यमा (पाचनक्रियामा) नकारात्मक असर पर्ने गर्दछ ।
यसकाअतिरिक्त यस्ता पालिस गरिएका दाल तथा गेडागुडीहरु पाक्नतुलनात्मक रुपमालामो समय लाग्ने भएकाले इन्धनको पनिज्यादाखपतहुने गर्दछ ।
‘कृतिमचमकहोइन स्वास्थ्य रोजौं’ पालिस नलगाएका दाल तथा गेडागुडीहरु पालिस लगाएकाहरुको तुलनामा हेर्दा अलिक फुस्रा किसिमका देखिएतापनियिनीहरुको सेवनले हाम्रो स्वास्थ्यचम्कने गर्दछ।
पालिस नलगाएका दाल तथा गेडागुडी, पालिस लगाएकादालको तुलनामा छिटो पाक्ने, स्वादिष्ट हुनका साथै प्राकृतिक स्वाद, सुगन्ध, रेशातथापोषक तत्वहरुले भरपुर हुने गर्दछन् ।
पालिस नलगाएका दाल तथा गेडागुडीहरुको मात्र सेवनगर्नाले पालिस लगाएका दाल तथा गेडागुडीमा पाईने अखाद्य रङ्ग, तेल तथाहानिकारक रसायनबाट पर्न सक्ने असर बाट बच्न सकिन्छ ।
किन हुन्छ बिनापालिसको दाल महँगो ? पालिस नलगाएको दाल तयार गर्नेप्रक्रियानिकै लामो र झन्झटिलो हुने गर्दछ । यस प्रक्रियामा गेडागुडीहरुलाई पारम्पारिक तरिकाले विभिन्न चरणमा छोडाउने,पखाल्ने, भिजाउने, सुकाउने, निफन्ने जस्ता घरायसीप्रक्रियाद्वारा लामो समय र धेरै शारीरिक परिश्रम खर्चेर सीमितमात्रामातयार गरिएको हुनाले पालिस नगरिएको दाल पालिस गरिएको दाल तथा गेडागुडीको तुलनामा केहीमहँगो हुने गर्दछ ।
जोगिने कसरी ? बजारमापाइने चम्किला, चिल्ला, टलक्क टल्कने, हेर्दै सल्सल परेका गेडागुडी तथादालहरु नकिनौं बरु केहीमहँगो भएतापनिबिनापालिसको दाल किन्ने गरौँ ।
सकेसम्मकिसानसँग सोझै सम्पर्क गरी उनीहरुले आफ्नो खेतबारीमाफलाएका गेडागुडीहरु खरिद गरी आफै वाआफ्नै निगरानीमा घरमै दाल वा गेडागुडी तयार गर्ने गरौँ ।
पालिस नगरिएका दाल तथा गेडागुडीहरु तुलनात्मक रुपमा केहि महँगो भएतापनि सकेसम्म स्थानीय रुपमातयार गरिएको वानामचलेको विश्वाशिलो ब्रान्डको वा भरपर्दो पसलवाविक्रेता बाट मात्रखरिद गरि सेवनगर्ने गरौँ ।
प्रायजसो चाडबाड नजिकिदैँ गर्दा खाद्यान्नमा बढी मिसावट हुने गरेकोले सम्बन्धितनिकायद्वारा यस्तो समयमा सक्रियता बढाई नियमित रुपमाबजार अनुगमनगर्ने र दोषी ठहर भएकाहरुलाई कानुनबमोजिम कारबाहीगरिनु पर्दछ ।
खाद्यप्राविधिकहरुको सहयोगमाखाद्यवस्तुको गुणस्तर परीक्षणको व्यवस्था मिलाउने र अखाद्य वस्तुहरुको प्रयोगगरी ल्याईएको कृतिम चमक, हानिकारक रङ्ग तथा रसायनयुक्त खाद्यवस्तुहरु जफत गरी उक्तप्रकारका गुणस्तरहीन खाद्यवस्तुहरु बेचबिखन गर्ने कार्यलाई निरुत्साहित गरौँ ।
मिलन खरेल अध्यापक केन्द्रियप्रविधिक्याम्पस, धरान