वराहक्षेत्र । विभिन्न प्रजातिका रुखले ढाकिएको सुन्दर वन । त्यसैलाई वरिपरि घेरेको पक्की पर्खाल । बीचमा समथर खेल मैदान । मैदानको वरिपरि छेउछेउमा विद्यालयका भवन । विद्यालयबाट देखिने वरिपरिका सुन्दर पहाडी दृश्य । दायाँपट्टि फूलबारी । अलिक अगाडि कार्यक्रम गर्न बनाइएको मञ्च । सरस्वतीको प्रतिमा । विभिन्न किसिमका आयुर्वेदिक जडिबुटीको नर्सरी । गेटबाट विद्यालय प्रवेश गर्ने बित्तिकै जोकोहीलाई यहाँको वातावरण मनोरम लाग्छ ।
वराहक्षेत्र नगरपालिकाका सामुदायिक विद्यालयमध्ये पहिलो रोजाइ हो चतरास्थित आदर्श मावि । अभिभावकमाझ लोकप्रिय विद्यालय सफलताको खुडकिलो चढ्दै सुनसरी जिल्लाको उत्कृष्ट पहिलो नमूना विद्यालय भएको छ ।
सामुदायिक विद्यालयलाई अभिभावक तथा बालबालिकाको पहिलो रोजाइका रूपमा विकास गरी विद्यालयको गुणस्तरीय शिक्षा विकास गर्न यहाँका शिक्ष उत्तिकै लगनशील भएर लागेका छन् । नेपाल सरकारले ल्याएको नमूना विद्यालयको अवधरणाअनुसार आवश्यक आधार सूचकहरू पूरा गर्दै आदर्श मावि नमूना विद्यालयका रूपमा छनोट भएको हो ।
केही समयअघि धनकुटामा भएको नमूना विद्यालय गुरुयोजना कार्यशालामा विद्यालयले सय पूर्णाकमा ८३ नम्बर प्राप्त गरी सफलता प्राप्त गरेको प्राचार्य प्रह्लाद भट्टराईले बताउँछन् । ‘हामीले १ वर्ष अगाडि नै ६७ दशमलव ८ नम्बर प्राप्त गरेका थियौं । नमूनाका लागि केही पूर्वाधार बाूकी थिए । अहिले सबै पूरा भएका छन् ।’ उनले भने ।
नमूना विद्यालयका लागि सय वटा सूचक पूरा गर्नु पर्छ । त्यसमा पनि ‘क’ वर्गका लागि शर्तरहित हुनुपर्छ अथवा सम्बन्धित विद्यालयले सबै शर्त पूरा गर्नुपर्दछ । केही छुट भएका ‘ख’ वर्गमा पर्ने गर्दछन् । नमूना विद्यालयका लागि आवश्यक मुख्य सूचकमा, विद्यालयको सिकाइ उपलब्धी विशेष गरेर ५, ८, ११ र १२ कक्षाका विद्यार्थीको सिकाइ उपलब्धी, प्रशासनिक पारदर्शिता, व्यवस्थापन , अभिभावकलगायतका समिति, विद्यालय सुधार योजना (एसआईपी), विद्यालयमा मल्टिमिडिया, ल्याब, फुलबारीलगायत हुनुपर्छ । यी सबै सूचक आदर्श माविले पूरा गरेको छ । सुरक्षा व्यवस्थाका दृष्टिले पनि विद्यालयले सबै सूचक पूरा गरेको सहायक–प्राचार्य ज्ञानबहादुर पाण्डे बताउँछन् ।
‘स्वस्थ, हरियाली, शान्त वातावरणमा हामीले कक्षा सञ्चालन गर्ने गरेका छौं, नियमित रूपमा विद्यार्थीलाई सरसफाइलगायतका भौतिक सेवासुविधाको समेत व्यवस्थापन गरिएको छ ।’ सहायक प्राचार्य पाण्डेले भने । विद्यालयको आफ्नै ५ बिघाभन्दा बढी जमिन छ । खेलमैदान पर्याप्त छ । १ कक्षा देखि १० कक्षा सम्मको लागि प्रयोगशाला छ ।
विद्यालय, विद्यार्थी र अभिभावकबीच सम्बन्ध पारदर्शी, सुमधुर रचनात्मक बनाउन ३८ जना शिक्षक शिक्षिकासहितको, परीक्षा, खेलकुद, अतिरिक्त क्रियाकलाप, अनुशासन, लेखा, सरसफाइ, सङ्गीत गायन तथा नृत्य, शैक्षिक सामग्री निर्माण, विद्यालय समुदाय समन्वय, विद्यार्थी परामर्श सेवा सल्लाह र प्राथमिक उचार सेवालगायतका उपसमिति बनाइको छ ।
१० जोड २ मा इलेक्टिूकल सभओभरसियरका विद्यार्थीका लागि प्रयोगात्मक कक्षा कोठासूगै जोडिएको छ । अङ्गे्रजी भाषा र कम्प्युटर शिक्षाको महत्वलाई ध्यानमा राख्दै विद्यालयले १ देखि ८ कक्षासम्म अङ्गे्रजी माध्यमबाट अध्यापन शुरु गरेको छ ।
कक्षा ५ सम्म अङ्गे्रजी अनिवार्य बनाइएको छ । माथिल्ला कक्षामा ऐच्छिक राखिएको छ । आगामी वर्ष कक्षा १० सम्मको पढाइ अङ्गे्रजी माध्यमबाट गराइने सह–प्राचार्य पाण्डे बताउँछन् । नमूना विद्यालयको छनोट भएपछि शिक्षा मन्त्रालयले डेढ करोड निकासा गरेको छ ।
शारीरिक स्वाथ्यका लागि विद्यालयमा स्विमिङ पुल निर्माण गर्ने योजनामा विद्यालय छ । गरिब, जेहेन्दार तथा मिहिनेती विद्यार्थीको पढाइ बीचमा नछुटोस् भन्नका लागि पूर्व विद्यार्थीले खडा गरेको १ लाख ८० हजारको अक्षय कोष र स्वयम् शिक्षकहरू समेतको सहयोगबाट ‘कोही नछुटून्’ भन्ने नीति विद्यालयले लिएको छ ।
अङ्गे्रजी माध्यमबाट अध्यापन शुरु गरेपछि अहिले विद्यालयको गुणात्मक तथा सङ्ख्यात्मक विकास हुूदै गएको सह–प्राचार्य पाण्डे बताउँछन् । नमूना विद्यालय बनाउन स्थानीय अभिभावक र विद्यार्थीको सहयोग त्यति नै महत्वपूर्ण भएको उनको भनाइ छ । आगामी दिनमा विद्यालयले अझै गुणात्मक जोड दिने र प्रदेश १ कै नमूना विद्यालय बनाउन लागि पर्ने विद्यालयको योजना छ ।