वि.सं.२०१० साल वैशाख १ गते सोमबार पा“चथरको सुभाङ् गाविस–६ माझगाउमा प्राध्यापक दाहालको जन्म भएको थियो। हाल झापा भद्रपुर नगरपालिका–८ मा बस्दै आएका उनी बुवा स्वर्गीय पण्डित लक्ष्मीप्रसाद दाहाल र माता इन्द्रमायाका माइलो सन्तानका रूपमा जन्मिएका थिए। उनले जीवनमा प्राध्यापनमात्र गरेनन्। उनी एक कुशल सञ्चारकर्मीका रुपमा पनि देखिए। उनले आफ्ना जीवनका केही पाटालाई उतम नेपालले यसरी खोतलेका छन् ।
हाडे उन्यूँको डाँठलाइ निप र काली अँगेरी र कुपी बालेको गाजलको मसी बनाएर लेखेको याद अहिले पनि ताजै छ । कलममा मसी राखेर स्कुल जादाँ चुहिएर कपडा टाटैटाटा हुन्थ्यो । कक्षा ५ मा पुगेपछि बल्ल कमल छुने सौभाग्य मिल्यो । प्राध्यापक दाहालले भुइँमा बसेर धुलौटोमा क ख रा एकै दिनमा सिकेका थिए । भोलिपल्टदेखि बाह्रखरी शुरु भयो । उनी भन्छन्,– ‘बुबाबाटै अक्षरारम्भ भयो ।’ खेलहरूमा डण्डी बियो, बल ढुङ्गा, भलिबल क्यारमबोर्ड मन पथ्र्यो । उनी आफ्नो बाल्यकाल सम्झन्छन्– ‘एक दिनको कुरा हो खोप्पी खेल्दा लगाएको कोट हारेर घर गएको थिएँ । हाइस्कुलमा एउटा पुस्तक रट्दा नजानेर इलामबाट गएका तेजप्रसाद अधिकारी सरको डस्टरले माथिबाट कुटाइ खाएको थिए । त्यो भन्दा बाहेक कहिल्यै शिक्षकबाट कुटाइ खाएको याद छैन । किनकि म पढाइमा अगाडि थिएँ । प्रथम दोस्रो र तेस्रो भन्दा अरु भइनँ ।’
चार भाइ र तीन दिदी बहिनीले जन्म पाएका थिए प्राध्यापक दाहालको परिवारमा । पाँचथरको मुक्तुरा प्राविबाट सावाँ अक्षरदेखि कक्षा ५ सम्म पढे । ७ सम्म ओराङ् निमावि र १० सम्म मुक्तुरा प्रावि परिवर्तन भई निलगिरी हाइस्कुलमा अध्ययन गरे । वि. सं.२०२५ सालमा प्रवेशिका परीक्षा दिए । त्यतिबेला एसएलसी दिन फिदिम आउनुपथ्र्यो । विजुली बत्ती थाहा थिएन । कुपी, ब्याटूीवाला टर्च लाइट, कसै कसैको घरमा पेट्रोलमेक्स, लालटिनजस्ता वस्तु उज्यालोका लागि प्रयागे गरिन्थ्यो ।
प्राध्यापक दाहाल आफ्नो विगत सम्झन्छन्– ‘त्यसताका पाँच कक्षा, एसएलसी फेल भएका सरहरुले पठाउनु हुन्थ्यो । बिहान वेलुका गरी चार घण्टा पढाइमा ध्यान दिन्थेँ । छुट्टिको समयमा घरको कामसँगै बुवा आमालाई खेतबारीमा सघाउथेँ । बुबाको अंशमा दुइ पाटो बारी परेको थियो । धान फल्दैनथ्यो । कोदो मात्र । आफै कमाएर खानु पर्छ भन्नु हुन्थ्यो बुवाले । बुबा पण्डित भएर आसाम समेत जानु हुन्थो तर म कहिल्यै बुबाको पछि लागिनँ । किनकि मलाई त्यतातर्फ इच्छा नै लाग्दैनथ्यो । दाजु चाहिँ कहिलेकाहीँ हिडेको देख्थेँ । केही संस्कृत पनि उहाँले पढ्नु भएको थियो । मेरा अति नै मिल्ने साथीमा गङ्गा सेढाईं, प्रेम सङ्ग्रौला, नारायण सङ्ग्रौला, मुक्तिराज रेग्मी थिए । कोहीले एसएलसी गरे र पढाइ छाडे । कसैले शिक्षण पेशा तथा उद्योगी भए ।’
वि.सं.२०२५ सालमा एसएलसी दिएपछि नतिजा नआएसम्म प्राध्यापक दाहालले निलगिरी स्कुलमा ६० रुपैयाँ प्रति महिनामा अध्यापन गरे । अरुले चाहिँ प्रति महिना ८० रुपैयाँ पाउँथे । सो समयमा तीनसय जति विभिन्नखाले पुस्तक पढे । पुस्तकको कोर्षभन्दा पनि बाहिरी किताव पढ्ने उनको बानी थियो । राजनीतिक पुस्तक, नेपाली साहित्यको अध्ययन बढी हुन्थ्यो । उनी तेस्रो तहमा एसएलसीमा उत्तीर्ण भए । अलिअलि पैसा जम्मा गरेर वि.सं.२०२७ सालबाट इलामको आठराई चुहान डाँडामा आइएमा नाम लेखाए । उनी सम्झन्छन्( ‘सायद २५(२६ सालमा होला गोबर र खरानी नाम राखेर चुनाव भएको थियो । तर कुन पार्टी हो थाहा थिएन । मलाई मन नपर्ने एउटा साथी थियो । नाम याद छैन । उ गोबर बनेपछि म खरानी बनेर जित हासिल गरेँ । तरपछि थाहा भयो काङ्ग्रेस र कम्युनिष्ट रहेछ । वि.सं.२०१६ सालको कुरा हो म त्यतिबेला ६ वर्षको थिएँ । सो बेला काङ्ग्रेसको सरकार रहेछ । मुक्तार प्रावि उद्घाटन कार्यक्रममा मन्त्री प्रेमराज आङदेम्बे आएका रहेछन् । बुवा पण्डित हुनु भएकाले गुरुको घरमा जाने भने । बुवाले मलाई मन्त्री हो नमस्ते गर भन्नुभयो । मैले गरिनँ । मन्त्रीले बोलाए अरु गए तर म चाहिँ गइनँ मलाइ डरै लागेन । मन्त्रीले आइज भन्नु भो तर म गइनँ । यो केटोले पछि राजनीति गर्छ भने ती मन्त्रीले । बाबु रुखको राजनीति गर्नु है मन्त्रीले भनेको सम्झना छ । रूखको झण्डा बोकेर नारा लगाउँदै धेरै हिँडियो ।’
वि.सं. २०२७–२८ सालमा नेपाल विद्यार्थी सङ्घमा उनी विजयी भए । सानैदेखि प्रजातान्त्रिक भए । उनी भन्छन्, ‘कम्युनिष्ट कहिल्यै भइनँ ।’ कक्षा ७ देखि जुत्ता र आइएदेखि नै पाइन्ट लगाउन पाए पनि वि.सं.२०३२ सालमा बिए पास गरेपछि झापाको धुलाबारीबाट कपडा किनेर सिलाएर लगाएको सम्झन्छन् । उनी वि.सं. २०३२ देखि ०३४ सालसम्म शिक्षण पेशामा लागे । एमए पढ्न काठमाडौंको कीर्तिपुर गए । इतिहासमा ‘डिग्री’ गरेपछि वि.सं. २०३७ सालबाट मेची बहुमुखी क्याम्पस भद्रपुरमा सहायक प्राध्यापक भएर अध्यापन शुरु गरे । थेसिसपछि बुझाए । उनी भन्छन्,– ‘म कुनै दिन खाली बसिनँ । मेचीबाट नै शिक्षण पेशामा ०७२ सालबाट सहप्राध्यापकबाट अवकाश पाएँ ।’
प्राध्यापक दाहाल भन्छन्– ‘सानो छँदा घरमा आवश्यक पर्ने डोका नाम्ला, ढाकी, गुन्द्री, पिरा, नाङ्लो, दाम्लो, महला, जुवा, हलो, हरिस सबैमा मेरो सीप थियो । पढ्न सकिनँ भने यही गरेर खान्छु भन्ने सोचाइले बनाउन सिकेँ । अहिले पनि बनाउनु परो भने जान्दछु । मलाई मामाले सिकाउनु भएको थियो । मैले कहिल्यै झगडा गरिनँ । सायद मेरो स्वभाव सालिन भएर होला अनि स्कुलमा त म सधैँ तेजी विद्यार्थीको रूपमा परेको थिएँ । स्कुल जान कहिल्यै छुटाइनँ ।’
‘वि.सं.२०२१ सालमा बुबाको अंश बेचेर सुनसरीको इटहरीस्थित खनारमा साथीसँग मिलेर बुबाले चार बिघा जमिन र साथीले अरू गरी दश बिघा किनेका थिए । वार्षिक दशमुरी अधियाँ धान आउँथ्यो । जग्गा पास गरेको थिएन । पछि साथीले एकलौटी पारेर पास गरेछ । त्यसपछि वि.सं. २०२५ देखि ०२९ सालसम्म घरमा आर्थिक सङ्कट प¥यो । बुबाले पुरोहित काम गरेर वि.सं. २०३० सालमा झापाको शान्तीनगरमा दुई बिघा जमिन जोड्नु भयो । अनि वि.सं. २०३६ सालबाट शान्तीनगर आएर बस्यौँ ।’
वि.सं.२०४० सालमा प्राध्यापक दाहालको कमला पोखरेलसँग विवाह भयो । उनले पनि मेची क्याम्पसमा वि.सं. २०३७ सालबाट अध्यापन शुरु गरेकी थिइन् । दाहाल भन्छन्,– ‘मैले साउन १३ गते र उनले २० मा । उनको पनि गएको फागुनमा अवकाश भयो ।’ एकछोरा र तीन छोरीको जन्म भयो । छोराछोरी सबैको विवाह भई झापा, मोरङ र क्यानाडामा बसेका छन् । आफ्ना चार दाजुभाइ नै शिक्षण पेशामा रहेको दाहाल बताउँछन् । ‘दाजु र म रिटायर्ड भयौं अरु अहिले पनि अध्यापन गराउँदै छन् ।’
यही सिलसिलामा वि.सं.२०४५ सालबाट हिजो(आज दैनिकबाट पत्रकारिताको क्षेत्रमा पनि काम गर्न थाले । साप्ताहिक विचार, कान्तिपुर दैनिक हुँदै हाल भद्रपुरबाट प्रसारण हुने नागरिक एफएमको प्रबन्ध निर्देशक छन् । वि.सं. २०५० सालबाट व्यवसायिक पत्रकारिता गरे । वि.सं. २०५४ देखि ०५६ सालसम्म नेपाल पत्रकार महासङ्घ झापा शाखाको सभापति र वि.सं. २०६२–०६३ सालमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिव भए । उतिबेला पत्रकारिता ज्यादै मुस्किल थियो । समाचार पठाउन हुलाक र बस चढेर फ्याक्स गर्न जानुपथ्र्यो । देखेको लेख्न पाइँदैनथ्यो । हाल पत्रकारिता गर्दै दर्जनभन्दा बढी सङ्घ संस्था साथै चिया प्रशोधन उद्योगमा शेयर होल्डर छन् । बिहान ४ बजे उठ्ने र राति १० बजे सुत्ने उनको बानी छ । उनी भन्छन्,– ‘हाल पनि १७ घण्टा केही न केहीमा व्यस्त हुन्छु । पुस्तक पढने बानी निरन्तर छ ।’
एउटै काममा लागिपरे सफल हुने उनको अनुभव छ । विद्यार्थी भाइबहिनीलाई उनको सुझाव छ ‘नोक्सान हुन्छ कि भनेर यता उति मन डुलाइयो भने जीवन सफल हुँदैन । अध्ययन नै सबैभन्दा ठूलो भोगाइ हो । बिना काममा मान्छे बस्यो भने जीवन अन्धकारमय हुन्छ । त्यसैले केही न केही काम गर्न जरुरी हुन्छ ।’
हाल उच्च रक्तचाप, प्रोस्टेजको बिरामी र एउटा मिर्गौलाको शल्यक्रिया गरेको उनी बताउँछन् । बिरामी भए पनि उनको शरीर हेर्दा त्यस्तो देखिँदैन । हँसिलो अनुहार र स्पष्ट वक्ताको रूपमा उनी समाजमा परिचित छन् ।