उदयपुर । प्रथम मैनामैनी महोत्सवमा दुई धार्मीक तथा प्राकृतिक पर्यटकिय दुई स्थलको विशेष खोजी भएको छ ।
उदयपुरको बेलकामा संचालित महोत्सवमा मौनामैनी महोत्सवमा दुई धार्मीक तथा प्राकृतिक पर्यटकिय स्थलको विशेष खोजी भएको हो ।
“पर्यटनको सम्भावना, पर्यटनमा सहभागिता र पर्यटनले समृद्धि” भन्ने मुल नाराका साथ बेलका नगरपालिका वडा नं ७ र नगरपालिकाको आयोजनामा भएको ७ दिने प्रथम मैनामैनी महोत्सव चलिरिहेको छ ।
प्रकृतिक सौदर्यताको साथमा रहेको पौरानीक ईतिहास बोकेको मौना राजा मैना रानीको मन्दिरको दर्शन तथा अवलोकन गरि कोलोहोङ झरना र स्थानिय स्तरमा उत्पादीत अर्गानिक महको विशेष खोजी भएको महोत्सवका आयोजक सुरेन्द्र राईले बताए ।
महोत्सवको अवलोकन गरि मन्दिरको दर्शन गर्न भक्तजनहरुको घुईचो लाग्ने गरेको राईले बताए । महोत्सवमा आएको अधिकांशले कोलोहोङ झरनाको खोजी गर्ने गरेको छ भने स्थानिय स्तरमा उत्पादीत अर्गानिक महको विशेष खोजी गरेको राईले बताए ।
बेलकाको विभिन्न ठाउँमा प्राकृतिक सौदर्यताले भरिपूर्ण थुपै्र धार्मीक तथा पर्यटकिय स्थलहरु भएपनि महोत्सवमा आएका मानिसहरुको आँखामा त्यति पर्न नसकेको राईले बताए । अधिकांश मानिसहरुले झरनाको खोजी गर्ने गरेको र नदिहरुको संगम स्थल त्रिवेणी रमनिय स्थलको मात्रै अवलोकन गर्ने गरेको राईले बताए ।
स्थानिय उत्पादन र धार्मीक तथा पर्यटकिय स्थलको प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको थियो । महोत्सवलाई अझ सौदर्य पूर्ण बनाउन विच विचमा सास्कृतिक कार्यक्रम समेत गर्दै आएको राईले बताए । धार्मीक तथा प्राकृतिक पर्यटकीय स्थल र स्थानिय उत्पादन वस्तुको अवलोकन गरि बेलुका महोत्सवमा बसेका मानिसहरुलाई मनोरञ्जन दिनको लागि विभिन्न राष्टिूय कलाकारहरुको वेजोड प्रस्तुति समेत दिदै आएको राईले बताए ।
महोत्सवमा स्थानिय स्तरको अर्गानिक मह, सिस्नु, कोदोको पिठो, दाल लगायतका खाद्य वस्तु राखिएको थियो । भने धार्मीक तथा पर्यटकिय स्थलहरु मैना राजा मैना रानीको मन्दिर,माहाङ्काली देविको मुर्ती, कोलोहोङ झरना, टङ्केला गुफा, सिता भिर, त्रिवेणी, जेटबोट लगायतको आकर्षण मध्ये दुई धार्मी र एक खाद्य वस्तु मात्रै पर्यटकको आँखामा पर्न सफल भएको राईले बताए ।
पहिलो पटक र दुर्गम ठाउँमा महोत्सव स्थल रहेकोले केहि आर्थी अभाव भएप्नि महोत्सव उत्साह जन नै रहेको राईले बताए । स्थानिय स्तरको परिवर्तन हुनुका साथै महोत्सवमा सवैको साथ सहयोग मिलेको राईले बताए ।
जोखिम पूर्ण ढङ्गले यात्रा गर्नु पर्ने बाध्यतालाई मेलाले सडक विस्तार गर्दा स्थानिय जनतालाई विकासको पाटोमो ठुलो राहत मिलेको बेलका नगरपालिकाको प्रेस सल्लाहकार भरत घिमिरेले बताए । स्थानिय स्तरमा उत्पादन भएका वस्तुको प्रवद्र्धन सँगै सडकको पनि विकास भएको घिमिरेले बताए ।
दुर्गम तथा गाउँको डाँडामा महोत्सव स्थलको आयोजना गरीएकोले सडक विस्तार गर्नु पर्ने बाध्यता आएको थियो । जिप बोलेरो पनि दुख दायी तरिकारले जाने ठाउँमा अहिले ठुलै टूक समेत पुग्ने गरेको घिमिरेले बताए ।
महोत्सवले स्थानियबासीलाई ठुलै आर्थिक तथा भौतिक रुपमा टेवा पु¥याएको छ । समृद्ध नगरपालिकाको लागि स्थानिय स्तरमै आर्थीक तथा भौतिक रुपमा समृद्ध नभई नहुने घिमिरेले बताए ।
महोत्सवको अवलोकन गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा, सुनसरी, मोरङ र सप्तरीबाट समेत मानिसहरु आएको आयोजकले जनाएको छ ।