धरान / पूर्वी पहाडी जिल्लामा शुक्रबार भारी हिमपात भएको छ । तेह्रथुम, संङ्खुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङका उच्च क्षेत्रमा हिमपात भएको स्थानीय सहकर्मीहरुले जानकारी गराएका छन् ।
तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे

snow तेह्रथुम र संखुवासभामा भारीमात्रामा हिमपात भएको छ । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भए पछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । अहिले पनि हिमपात जारी रहेको छ ।

him pat

दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको ब्लाष्ट खवरकर्मी कृष्ण विदुखी गौतमले जानकारी दिएका छन् । उनका अनुसार तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको बताइएको छ ।

हिउँ खेल्लेको भीड

हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखिसमेत सयौँको संख्यामा पुगेका छन् । ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनामलगायत बस्तीहरुमा समेत बाक्लो हिउँ परेको छ ।

एकसाथ वर्षा र हिमपात भएका कारण चिसो पनि बढेको स्थानीयले बताए । हिमपातले जन जीवन कष्टकर भएको छ ।
पाथीभरामा दुईफिट हिउँ

aaaa
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा पनि हिमपात सुरु भएको छ । शुक्रवार दिउँसो परेको हिउँ जिल्ला सदरमुकाम फुङलिङको सुकेटार क्षेत्र सम्म आई पुगेको छ । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा दुई फिट सम्म हिम्पात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा दुई फिट सम्म हिमपात भएको छ भने हिउँ माथिल्लो फेदि सम्म बाक्लो हिउँ झरेको स्थानियको भनाई छ ।
सुकेटार बजार क्षेत्रसहित त्यहाँभन्दा तलको गाउँ बुङकुलुङ, गढीडाँडासम्म हिउँ परेको छ। बुङकुलुङ र गढीडाँडामा भने २५ वर्षपछि हिउँ परेको स्थानीय दावा शेर्पाले बताए। ’२०५० सालतिर मात्रै हिउँ परेको थियो, दावाले भने, ’लामो समयपछि हिउँ गाउँमा आउँदा खुसी लागेको छ।’ उक्त क्षेत्रमा हिउँमा रमाउनेको भीड लागेको छ । सदरमुकाम फुङलिङबाट हिउँ खेल्न युवा युवती र व्यावसायी सुकेटार पुगेका छन्। प्रसिद्ध तिर्थस्थल पाथीभरा, काफ्लेपाटि र ठूलोफेदिमा समेत २ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भए सँगै चिसो पनि ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ । यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाङ्खे, हाङ्देवा लगायतका उच्च भेगमा समेत चिसो बढेको मामाङ्खेका स्थानीयले बताए । डाँडातिर हिउँ बर्सिरहँदा तल्लो भेगमा चिसो अधिक बढेको छ । ताप्लेजुङमा यो वर्ष सुकेटार म्म हिमपात भएको पहिलो पटक हो ।

हिउँले सेताम्मे पौवाभञ्ज्याङ

Hiu Ph 1
जिल्लाको पर्यटकीयस्थल पौवाभञ्ज्याङ हिउँले ढाकेर सेताम्मे भएको छ । पौवाभज्याङ र आसपासका क्षेत्रमा आठ बर्ष पछि शुक्रबार मज्जाले हिउँ प-यो ।
फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको सिमावर्ती पौवाभञ्ज्याङ, राँके लगायतका स्थानमा शुक्रबार बिहानदेखि अपरान्हसम्म हिउँ परेको हो । दुई फिट जम्ने गरी हिउँ परेको स्थानीयले बताएका छन् । बिगतका वर्षहरुमा सामान्य हिउँ परे पनि यतिको मज्जाले भने आठ बर्षपछि परेको फिदिम नगरपालिका–३, का वडाअध्यक्ष नरेन्द्र गुरुङले बताए ।
हिउँ परेपछि शुक्रबारदेखि नै सो क्षेत्रमा हिउँ खेल्नेको भीड लागेको छ । आफ्नै जिल्लामा पहिलोपल्ट धित मरुञ्जेल हिउँ खेलेको हिउँ खेलेर फर्केपछि फिदिममा भेटिएका प्रभु कुरुम्बाङले बताए । हिउँ परेपछि चिसो बढेको छ । जनजीवन कष्टकर बनेको छ । तर कृषकहरु भने हर्षित भएका छन् । हिउँ परेपछि आलु राम्ररी फल्ने भएकाले हिउँले कृषकमा खुसी छाएको वडाअध्यक्ष गुरुङले बताए ।
सडकमा हिउँ जमेपछि शुक्रबार दिउँसो पौवाभञ्ज्याङदेखि राँकेसम्म मेची राजमार्ग अवरुद्ध भएको पाँचथरका ट्राफिक प्रहरी इन्चार्ज जनक तिम्सिनाले बताए । हिउँका कारण दुर्घटना हुन सक्ने भएपछि शुक्रबार तीन बजेसम्म पौवा–राँके सवारी साधन चल्न नदिएको तिम्सिनाले बताए ।
सन्देश सुब्बा/पाँचथर, कृष्ण विदुखी/तेह्रथुम, बसन्त लिम्बु/ताप्लेजुङ