उदयपुर/ उदयपुरको रौता पोखरीसम्म पुग्ने सडकको स्तर उन्नती नहुदा रौतामाई होमस्टे ओझेलमा परेको छ । रौतामाई गाउँपालिका वडा नं ६ को रौता पोखरीको रौतामाई विकास सामुदायिक होमस्टे निकास सडकको समस्याले ओझेला परेको हो ।
धार्मिक तथा पर्यटकिय रौता पोखरीको प्रवेशद्धार निकासमा २०७२ सालमा ११ घरको होमस्टे स्थापना भएपनि सडकको समस्याले गर्दा आन्तरिक पर्यटकहरु पनि कम आउने गरेको रौतामाई विकास सामुदायीक होमस्टे निकासको अध्यक्ष जितशेर राईले बताए ।
सदरमुकाम गाईघाट देखी ४४ किलो मिटर उत्तरी पहाडमा रहेको धार्मिक तथा पर्यटकिय रौता पोखरी रहेको छ । उक्त पोखरीको दर्शन तथा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु सडकको अवस्था देखेर फेरी दोस्रो पटक आउने खासै चासो नदेखाउने गरेको राईले बताए ।
बाह्य पर्यटक कस्तो हुन्छ याहाका होमस्टेले देख्न समेत पाएको छैन । रौतारानीको दर्शन गर्न र घुमफिर गर्न आन्तरिक पर्यटक तथा भत्तजनहरु मात्रै आउने गरेको राईले बताए । केही छिमेकी जिल्लाबाट आउने भत्तजन तथा पर्यटकहरुले बाटो त सरै अफ्ठेरो रैछ भनेर गुनासो गर्ने गरेको राईले बताए ।
होमस्टेको स्थापना नभईन्जे पहिला पहिला भत्तजनहरु भोकै हिड्नु पर्ने, नत्र पकाउने, खाने सामाग्री सबै बोकेर ल्याउनु पर्ने बाध्यता हटेको र बाँस बस्नको लागि समेत सुविधा पाएकोले होमस्टेबाट चै खुसी नै भएको राईको दाबी छ ।
वर्षायाममा हिलाम्मे र हिउँदयाम सुरु भए सँगै धुलाम्मे साँगुरो सडक भएकोले छिमेकी जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, खोटाङ लगायतका जिल्लाबाट भत्तजन तथा पर्यटकहरु सडकको स्तर उन्नती किन नभएको ? सडक त निकै पुरानो जस्तो छ ? धार्मीक तथा पर्यटकीय स्थलमा आउने सडकको गति यस्तै हो ? जस्ता प्रश्न गर्ने र गुनासो गर्ने गरेको राईले बताए ।
होमस्टेको स्थापना भएपछि यहाँको होटल व्यावसायीहरुमा केहि परिवर्तन भएको छ । सरसफाई, सस्कार, सस्कृति र पहिचनमा सुधार आएको राईले बताए । अतिथिहरुलाई स्वागत सस्तकार देखि खानाको परिकार र भाषा सस्कारमा सुधार भएको राईले बताए ।
सुन्दर हरियाली ठाउँ रौता आई पुगेका पर्यटकहरुले आउदाको सडकका अवस्था र व्याथाहरुलाई भुलि कति सुन्दर ठाउँ यहाँ बाट त सगरमाथा, चोयु, महालङ्गुर लयातको हिमालको हिमशृङ्खला नै पो सहज रुपमा देख्न सकिने रैछ भन्ने गरेको राईले बताए ।
सडकको स्थीती नाजुक भएपनि धार्मिक तथा पर्यटकिय स्थल रौता आईपुगेको पर्यटकहरु प्र्रकृतिक सौदर्यतामा रमाउने गर्दछन् । याहा आएका कतिपय पर्यटकहरुले यसको प्रवद्र्धन गर्न सकेत नेपालको एक महत्व पूर्ण पर्यटकिय स्थल नै बन्ने रैछ नी भन्ने गरेको राईले बताए ।
होमस्टेमा स्थानिय उत्पादीत अर्गानिक खानाको परिकारलाई विशेष महत्वका साथ राखिएको र अन्य पर्यटकिय स्थहरुमा जस्तो पर्यटक नआउने भएकोले माग अनुसार मात्रै खानाको परिकारहरु बनाईने राईले बताए ।
प्रत्यक नयाँ वर्षमा २/३ दिन सम्म रौता पोखरीको दर्शन तथा मेला लाग्ने गर्दछ । सडको स्तर उन्नती नहुदा पर्यटकले होमस्टे र सडक कुरेको राईले बताए ।
स्थानिय उत्पादनमा पनि विशेष गरि अर्गानिक वस्तुलाई मात्रै होमस्टेमा महत्वका साथ राखिएको रौतारानी विकास सामुदायीक निकासको सदस्य प्रेमीका राईले बताईन् । स्थानिय उत्पादन अन्नबालीमा कोदो, मकै, धान र फापर र तरकारीमा सिस्नु, साग, स्थानिय जातको भाले कुखुरा, दाल, गुन्द्रुकको अचार प्रयोग गरिएको राईले बताए ।
कोदोको ढिडो, सेल रोटी सुख्खा रोटी, फापरको विशेष गरि रोटी, मकैको भात र तरकारीमा सिस्नु, साग, स्थानिय जातको भाले, दाल, गुन्द्रुकको अचार लगायतको परिकारहरु पर्यटकलाई खुवाउने गरेको राईले बताए ।
चिसो ठाउँ भएकोले पकाएर राख्न नमिल्ने भएकोले माग अनुसार तुरुन्त बनाई अर्गानिक खानाका परिकारको स्वाद लिने गरेको राईले बताए । खानाको रुपमा स्थानिय स्तरमा उत्पादीत कोदोको ढिडो, स्थानिय कुखुराको तरकारी, सिस्नुको दाल र गुन्द्रुकको अचार पर्यटकको विशेष महत्वमा परेको राईले बताए ।
भने खाजाको रुपमा पर्यटको आँखामा फापरको रोटी र गुन्द्रुकको अचार पर्ने गरेको राईले बताए । रौताको दर्शन र घुम फिर गर्न उपयुक्त ठाउँ भएपनि रौता पोखरीको प्रवद्र्धन हुन नसक्दा पर्यटनहरु नआउने राईले बताए ।
विशेष महत्व लिएको स्थानिय अर्गानिक उत्पानलाई नै आगन्तुक पाहुनाले रुचीमा पर्ने गरेको राईले बताए । सडकको विस्तार नहुदा रौता आसपासको बासिन्दालाई पनि सदरमुकाम आउन कठिन यात्रा गर्नु पर्ने स्थानिय बासीहरु बताउछन् ।
बाटो खाल्टा खुल्टी हुन्छ । त्यसमा पनि सागुरो बाटोले गर्दा दशैँ तिहार र चाड पर्वमा ज्यानको जोखीम मोलेर यात्रा गर्नु पर्ने स्थानिय भुपराज राईले बताए । रौतारानीको दर्शन गर्दा आफुले ईच्छाएको मनोकाङ्क्षा पुरा हुने स्थानिय बुढा पाका तथा जन विश्वास रहिआएका छन् ।