यसपटक हामीले झापा अर्जुनधारा-८ का प्राध्यापक लोकनाथ पौडेलको सानो छदाको बारेमा वर्णन गर्दै छौँ । सानो हुँदा उनले भोगेका दुःख, कष्ट र पढाइलाई हामीले समेटेका छौं । उनको भावना उनकै शैलीमा ।
मेरो जन्म १९९९ साल मंसिर महिनामा इलाम जिल्लाको लक्ष्मीपुरको जरुङगे भन्ने स्थानमा भएको हो । र त्यसबेलाको वातावरण इलाम जिल्ला भित्रको दयनीय थियो । त्यसकारण त्यहाका मान्छे जिवनयापन गर्नलाई सारै कठिन भएको हुनाले त्यसताका पनि मुङलान जाने मानिसहरुको संख्या ठुलो नै थियो ।
त्यसैताका हाम्रा बुवा आमाहरुले पनि पहाडमा गुजारा गर्न सारै गारो पर्ने भो भनेर हामी जम्मा तीनजना छोरा दाजु रामप्रसाद, माइला दाजु यादव, म र एकजना बहिनी कृष्णकुमारी पौडेल समेत २००४ सालमा भारतको आसामकाृ दराङ जिल्लाको फाटासिमल भन्ने स्थानमा गयौ । त्यतिखेर म ५ वर्षको थिए ।
हामी गएको नजिकैको स्थानमा स्कुल थिएन । स्कुल नभएपछि फाटासिमलको दक्षिणी भेगमा एकजना बङगाली शिक्षक निमावी पास गर्नुभएको रहेछ । त्यहाँका मानिसले उहाँलाइ नै शैलेन्द्रकुमार देब नामका ति शिक्षकलाई ल्याएर गाँउमा राखेर सानो ग्वालीको एक कुनामा चारपाँचजना केटाकेटीलाई भेला पारेर पढाउने कार्य भएको थियो ।
हामी भन्दा माथि पढ्ने कुनै पनि विद्यार्थी नभएको हुनाले हामी पहिलो विद्यार्थी थियौँ । फष्ट ब्याचका । शिक्षा चै मेरो त्यसरी प्रारम्भ भयो ।
त्यस समयमा पढनको लागि किताब पनि अभाव थियो । किताब, खाताकपी र कलम अभाव थियो । हामीलाइ बगाली सरले कतिपय गृहकार्य गर्नका लागि कागज नभएको अवस्थामा केराको कलिलो पातहरुलाई घाममा सुकाएर नरम भएपछि त्यसमा लेखेर हामीले शिक्षकलाई लगेर गृहकार्य बुझाउनु परेको अवस्था थियो ।
त्यसरी हामीले त्यस समयमा पढ्दै जाँदा ति सर सारै कढा हुनुहुन्थो । एकदम अनुशासन थियो । पछि त्यहाँका समाजले सामान्य खालको फुस्को छानो भएको स्कुल बनाएपछि त्यही स्कुलमा हामीले घरबाट बोरा अथवा ओछ्याउने केही लगेर बसेर पढ्न थाल्यौँ ।
त्यस समयमा मलाइ एउटा घटना याद छ, म पुस्तकलाई सारै माया गर्थे । र अहिलेपनि म मेरो घरमा करिब चार पाँचसय पुस्तक भएको मिनी लाईब्रेरी छ । र प्राय ५०, ६० वर्ष अगाडिदेखिका पुस्तक
मसँग छन् । किनकी म पुस्तकलाई सारै माया गर्छु । जतन गर्ने भएको हुनाले म त्यतिबेलापनि म पुस्तकलाई माया गर्ने हेतुले मैले के गरेछु भने नयाँ किताब जव म ३ कक्षामा (उहाँको पढाईको स्तर अलग थियो, पहिला कमान भनिन्थ्यो ।
अनि कमान भनिन्थ्यो, अनि प्रथमान, दितियमान भनिन्थ्यो । तृतियमान भनिन्थ्यो । तृतियमान पास गर्नका लागि ५ वर्ष लाग्थ्यो । फेरी पास गरिसकेपछि अङग्रेजी स्कुलमा गएर फेरी कूक्षा ४ मा भर्ना हुनु पर्थ्याे । ६ मा भर्ना हुनुपर्ने २ वर्ष घटेर त्यो अवस्थामा मैले तृतियमानमा पढ्दा खेरी नयाँ राम्रा राम्रा किताबहरु उपलब्ध भए ।
त्यो किताबलाई मैले बाहिरबाट गाता लगाए । गाता लगाउदा मैले गम लगाएर किताबको सुरक्षा गरेको थिए । किताबलाई च्यातिन्छ भनेर । त्यसो चै गर्न नहुने रहेछ । बाहिर पटि लेखेका चित्र थिए । नामहरु थिए । त्यो सबै छोपिएपछि किताबको अपमान भएको हुँदो रहेछ ।
अरुका किताब जम्मै जस्ताको तस्तै, मेरो चै गाता लगाएको देखेपछि सर यति रिसाउनु भयो कि, मेरो किताबको अवस्था देखेपछि उहाँले लठ्ठी लिएर मलाई पिट्न थाल्नुभयो । कुटाई पनि त्यो सामान्य कुटाई होइन । त्यो ४ कक्षामा पढ्ने १०, १२ वर्षको विद्यार्थीलाई उहाँले निर्मम कुट्नुभयो ।
सरले यति पिट्नुभो कि सबै सुम्ला उठेर हातमा खाली ठाँउ देखिएको थिएन । शरिरभरी सुम्ला थिए । यति जोडले रोएछु कराएछु । त्यो स्कुल चै मेरो घरबाट नजिकै थियो । अनिखेर घरमा चै मेरो बुवा हुनुहुन्न थियो ।
हामी आसाम गएकै साल बुवाको देहान्त भएको थियो । चारजना छोराछोरी आमाले बनिबुतो गरेर हुर्काउदै हुनुहुन्थ्यो । एउटी आमाले लालन पालन गरेर हुर्काएको अवस्थामा सरले कुटेपछि बाउ नभएको टुहुरो छोरालाई चै यसरी किन कुटेको भनेर आमाले सरलाई भन्नु भयो ।
तपाँइले कुट्नका लागि मैले छोरो जन्माएको हो भनेर सोध्नु भएछ । सरमाथि नै आक्रामक शैलीमा आमा प्रस्तुत हुनु भयो । आमासँग एकजना बडिआमा हुनुहुन्थ्यो । उहाँपनि एकल । दुइजनाले नै सरलाई मेरो छोरालाई मार्न दिएको हो ? पढाउन पो दिएको त भनेर खोसेर आमाले लिएर आउनु भयो ।
त्यसदिन सरले मलाइ कुटेको सम्झिदा अहिलेपनि मलाई झस्का पस्छ । त्यत्रो सजाए पाउने खालको गल्ती गरेको थिइन भन्ने लाग्छ । जम्मा मैले पुस्तकलाई जतन गरेको थिए । त्यसपछि आमाले मलाई त्यो विद्यालयबाट निकाल्नु भयो ।
ज्यानमारा कुटाइ गर्ने विद्यालयमा छोरा पढाउदिन भन्ने आमाको धारणा थियो । त्यहाँभन्दा करिब २ किलोमिटर पश्चिममा पर्ने अर्काे विद्यालयमा आमाले मलाई भर्ना गर्दिनु भयो । त्यहाँ आसामिज शिक्षकले पढाउनु हुन्थ्यो ।
त्यहाँ भर्ना गरेपछि पनि एउटा के घटना भयो भने पढाउने सर चै अलिकती अपाङग जस्तो हुनुहुँदो रहेछ । खुट्टा सामान्य अपाङग थियो । पहिले पढेको ठाँउमा चै सरले सोध्ने, गृहकार्य दिने, औलाले कलम समाएर लेख्न लगाउने हुन्थ्यो । कडाइका साथ पढाउने हुन्थ्यो, त्यहाँ चै लापरवाही भयो ।
मसी हामी आफैले बनाउथौ । बाँसका कलमले लेख्थौं । त्यहाँ बाँस पनि नपाउने भएकाले चिलको प्वाखमा मसी चोबेर केराको पातमा लेख्ने गरेका थियौं । अक्षरको सेप र साइजका बारेमा सिकाइन्थ्यो पहिलो विद्यालयमा ।
दोस्रोमा त्यस्तो भएन । पहिलो विद्यालयमा एक एक वटा कुरामा त्रुटी हुने बित्तिकै सच्याइन्थ्यो । दोस्रो विद्यालयमा पढे पढ्छन, नपढे पढदैनन । वास्तै थिएन । र मलाइ के लागो भने यो विद्यालयमा पढेर सफल हुइदैन भनेर पहिलो बिद्यालयमा आए ।
मलाइ कुट्ने सर नै ठिक हो भन्ने लागेर म त्यो विद्यालयमा आएको थिए । आमाले पनि सहमति दिनु भयो । र फेरी त्यो बिद्यालय मेरो रोजाइ भयो । त्यो दिनको यातनाका कारण नै होला म जिवनमा कहिले दोस्रो हुनु परेन । जहिले प्रथम हुन्थे ।
५ कक्षा भनेको तृतियमान पास गरेपछि हाइस्कुल जानु पर्याे । हामी ४ मा पढ्ने योग्यता भएका विद्यार्थीको लागि फेरी स्कुल शुरु भयो । त्यहाँ अलि अप्ठ्यारो थियो । घर र स्कुलको बिचमा रातेखोला भन्ने एउटा खोला थियो । त्यो खोलामा पुल थिएन । सबैले लुगा खोलेर, किताब झोलामा हालेर टाउकोमा बाँधेर पौडेर पारी जाने गरेका थियो ।
त्यसबेला केटी मान्छेले पढ्ने चलन थिएन । हाम्रो दैनिकी नै त्यही भएको थियो । लाज होला भन्ने नै थिएन ।
तीन चार किलोमिटर परको विद्यालयमा जान्थ्यौ । हाफपाइन्ट लगाएर विद्यालय जान्थ्यौ । खुटामा चप्पल त था छैन । बाल्यकालदेखि मेहेनत गरेर पढेको हुनाले सधै पहिलो भए । त्यो स्कुलमा कक्षा ६ सम्म मात्र स्विकृती रहेछ ।
७ कक्षा पनि पढाए । त्यो कक्षा गैरकानुनी रहेछ । सरले भन्नु भयो । आज जाँचकी आउदैछ, दैलो अगाडीबाट नभाग्नु, झ्यालबाट भाग्नु । हामीले चेक आउने बितिकै झ्यालबाट हाम फाल हालेर भाग्यौ । सरहरुलाइ के भने पक्राउ खाने डर भएको हुनाले त्यो जुक्ति गर्नु भएको रहेछ । अब त्यो स्कुलमा पढ्न जान सकेनौँ ।
हामी जुन स्थानमा बसेका थियौँ त्यहाँ मुसलमानहरुले हामी हिन्दुहरुमाथि ज्यादति गर्न थाले । बस्न सक्ने अवस्था रहेन । हामी नेपाल आउने भयौ । २०१६ मा एक समुह आयो । अर्काे समुह २०१८ मा आयो । अनि हामी इलामको लुम्बाक स्कुलमा आयौँ ।
२०१६ सालमा हामी नेपाल आएका थियौँ । इलामको लुम्बाकमा रहेको हिमालय प्राविमा आए । त्यहाको हेडसरले एकजना केटी लिएर दार्जिलिङ भागेका रहेछन् । त्यसपछि त्यो स्कुलको जिम्मा मैले लिनुपर्ने भयो । त्यहाँको त्यतिबेला पढाएका विद्यार्थीहरु अहिले यतै छन् । उहाँहरुको नाम पनि भन्न म सक्छु । डम्वर बस्नेत, केदारमान बस्नेत, भक्तबहादर भण्डारीहरु मेरा विद्यार्थी हुन् ।
म पहिलो पटक यहाँ आउँदा आसाममा ६ कक्षा मात्र पास गरेको थिए । १६ शालमा आउदा हिमाली माविमा थिए । त्यसपछि मैले पढाउन सुरु गरे । त्यति थोरै पढेर पढाउन मलाई लाज लाग्यो । जम्मा ६ कक्षा पढेको म त्यहाको हेड मास्टर बन्दा मलाई त्यहा बस्न मन लागेन मेरो आफ्नै मामालाई लिएर आसाम गए ।
आसाममा मैले ८ कक्षा पास गरेर फेरि नेपाल आए ।
नेपाल आए पछि १८ सालमा कालिस्थानमा आएर बसोबास गर्दा पनि यहा ९ कक्षा पढ्नु पर्ने तर ९ कक्षा त यहा थिएन । पढ्नलाई कित भद्पुर वा कर्फाेक जानु पर्ने तर जाने स्थिति नभएपछि म स्थानीय समाजसेवी मेरो दाजु रामपसाद पौडेलले चै कृष्ण प्रसाद मिश्र, धर्मप्रसाद ढकालहरुलाई मेरो भाइले पढ्न पाउनुपर्छ भनेपछि शनिश्चरेमै ९ कक्षा खोल्ने कुरा भएछ ।
अब यहाका विधार्थीले पनि कक्षा नहुदा कोही कर्फाेकमा गएका छन् कोही इलाममा गएका छन् । २०१९ सालमा शनिश्चरेमा पहिलोपटक मैले नाम लेखाउने अवसर मैले प्राप्त गरे २० सालमा भानुप्रसाद नेगी सर हुनुहुन्थ्यो उँहाले नेपाली बोल्न जान्नु हुन्न थियो ।
हिन्दी मात्र बोल्नु हुन्थ्यो । बढी योग्यता भएको सर पाउन गाहो थियो । आईए पास गरेका शिक्षकसग शिक्षा लिने अवसर पाईयो । एसएलसी दिएको नै २० सालमा जम्मा ६ जना विधार्थीमा ५ जना सेकेण्ड डिभीजनमा ८५ प्रतिशतमा पास भई म सेकेण्ड डिभिजनमा परेको थिए ।
त्यसबेला दमकको ढुकुरपानीमा शिक्षकको आवश्यक भएपछि मलाई त्यहा बोलाइयो र म त्यहा गए । त्यहा मैले पढाए पछि थाहा भो हिसाब र अग्रेजी पढाउने कृष्णप्रसाद मिश्र ज्यू ओम प्रसाद बिहारी कोषाध्यक्ष भएको अवसरमा मलाई नियुक्ती पत्र आयो र २०२१ सालमा भदौ १० गते मैले शनिश्चरे हाई स्कुलमा मेरो पद शिक्षक भनेर लेखिएको नियुक्ती पत्र पाए ।
शिक्षकको १२० ज्याला थियो । भत्ता ४० गरेर १६० रुपैंयाँ दिइएको थियो । मैले स्कुलमा पढाउनु पर्ने, फि उठाउनु पर्ने, र शिक्षकहरुमा तलब बाड्ने काम गरिरहेको थिए । २०२७ सालमा शनिश्चरेमा लक्ष्मी हाइयर स्कुल खुल्यो त्यहा हामीले पहिलो पटकमै नाम लेख्यौँ ।
त्यहाँ पनि हामी दुइजना मात्र पास भयौँ । म पहिलोमै पर्थे । शनिश्चरेमा अध्यापनसँगै आफुले पनि अध्ययन गरे । र अङग्रेजीमा एमए गरे ।
२०४५ सालदेखि मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्यापन गर्दा गर्दा २०६२ सालमा छोराहरुको अनुरोधमा ४०,४२ वर्षे अध्यापनको काम अन्त गरे । शनिश्चरे उच्च माविमा ३८ वर्ष काम गरे । शिक्षा मन्त्रालयले, शिक्षा विभागले पेन्सनको व्यवस्था गरेको छ ।
पेन्सन प्राप्त गर्दै अहिले यो मेरो अवकाश प्राप्त जिन्दगी चलाइरहेको छु । अहिले म २-३ वटा संस्थामा आवद्ध भएर काम गर्दैै छु । र प्रायः यिनै संस्थाहरुमा लागेर सामाजिक, शैक्षिक संस्थामा लागेको छु । म दर्शन शास्त्रको विद्यार्थी हुँ मलाई दर्शन शास्त्रमा अभिरुची थियो ।
सुरुमै एसएलसी पढ्दै देखि कविताहरु मलाई अति घत लाग्थ्यो । ‘द साम अफ लाइफ’ भन्ने कविताबाट म प्रभावित भएको थिए ।