दमक/ हामीले पहिलो पटक पहाड नजिकबाट देखेको हो । पहाडको कुनै अनुभव थिएन । किताबमा मात्र पढेका थियौ । प्रत्यक्ष रुपमा पहाड टेक्न पाएको थिएन । तेतीमात्र होइन हामीले पहिलो पटक नै पैदल यात्रा समेत गरेका छौ । सकेसम्म हामी पैदल यात्रा नै गर्छौ ।

भोजपुरको घोडेटार पुग्नु भएकी झापाको कमल गाउपालिका निवासी योजना अधिकारीको भनाई हो यो । उनीसहित सगै पढ्ने २५ जना विद्यार्थी पहाडको विकट उकालो र ओरालो खोज्दै पदैल यात्रा गर्दै ट्रेकिङमा निश्किएका थिए । ‘हामी पहाडको सबैभन्दा जोखिम युक्त उकालो र ओरालोमा पैदल यात्रा गर्ने उदेश्यले पहाडको यात्रामा निश्किएका थियौंँ ’उनीहरुको भनाइ छ ।

हामीले पुस्तकमा मात्र घनघस्याको उकालो पढेका थियौ । घरमा आमा बुबाले पहाड बिकट भिर हुन्छ । हिमाल हुन्छ हिँउमा हिड्नु पर्छ भन्नु भएको थियो । हजु्र आमाबाट पहाडमा दुःख हुन्छ । भारी बोक्नु पर्छ ।

विद्यालय समेत धेरै टाढा धाउनु पर्छ भन्ने मात्र सुनेका र पढेका थिए । यात्राको क्रममा खासगरि पहाडका विद्यार्थीले दुई तीन घण्टाको उकालो आरोलो भिरको बाटो हिडेर विद्यालय जानु पर्दाको दुःख आज हामीले आफै देख्न पायौं यात्रा गरेर फर्केकी दीपा सुवेदीले बताईन् ।

तराईका विद्यार्थीलाई पाहाडका विषयमा अध्यान गराउन पैदल यात्रा गराउने गरिएको छ ।आस्था कलेज अफ म्यानेजमेण्टले हरेक वर्ष जसो विद्यार्थीलाई पाहाड अध्यानका लागि पैदल यात्रा लाने गरेको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताए ।

पाहाडको यात्रा गरिरहदा धेरै विद्यार्थीले आफुहरु सुखले पढ्ने मौका पाएको बताए् । भोजपुरको हतुवागढी गाउपालिका ८ का प्रावि तहको अध्यान सकेका विद्यार्थीले कक्षा ९ मा पढ्न करिब तीन घण्टा लामो भालुखोपको उकालो हिडेर जानु पर्ने बाध्यताको समेत अध्यान गर्न पाएको अर्का छात्र प्रवेश राईले बताउँछन् । 

यसबाट पहाडको विद्यार्थीले तराईको भन्दा धेरै दःख गरेर पढ्नु परेको पीडा बोध भयो । त्यहाँका विद्यार्थीले मावि तहको अध्यान गर्न हतुवागढी गापा ३ घोडेटार बजारमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा पुग्नु पर्ने बाध्यता रहेको भ्रमणबाट फर्किएका विद्यार्थीले बताए ।

यस्तै विकट पाहाडमा पनि सुन्दर हिमाल हरियाली वन जंगल, पहराको अनुपम दृश्य पर्यटनका लागि प्रसस्तै सम्भावना समेत रहेको अर्का छात्र सुमन शाहको अनुभव छ । जति चुनौति देखेपनि यहा भित्र विद्यार्थीले अत्यन्तै धेरै सम्भावना रहेको देखेका छन् ।

पहाड प्राकृतिक सुन्दरता कुनै पैसाले किन्न निर्माण गर्न सकिन्न यस्ता स्थानमा पर्यटकलाई पुर्याउन भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने उनीहरुको सुझाब छ । पहाडमा अझै पनि धेरै स्थानका सडक, बत्ती, खानेपानी, टेलिफोन, लगायतका बिकास हुन बाँकी रहेका छन् ।

यस्ता क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर सरकारी तहबाटै प्रचार-प्रसार गर्न आवश्यक रहेको विद्यार्थीहरुको भनाई छ । यही पहाडको उकालो उरोलोमा विदेशी पर्यटकलाई हिडाउन सक्नु हो भने पनि यस क्षेत्रको विकासमा योगदान पुग्ने बिस्वास उनीरुले देखेका छन्।

झापाको दमक स्थित आस्था कलेज अफ मेनेजमेन्ट बिबिएस दोश्रो वर्षमा अध्यानरत विद्यार्थीले पहाडको पैदल यात्रा गरेपछि पहाड नजिकबाट अध्यान गर्न पाएको बताए ।

तराईका विद्यार्थीले पहाड चिन्नु आवश्यक छ । तराइमा धेरै सु्ख सुविधा छ । यहा विद्यार्थीले करिब १५ मिनेटको बाटो पनि पैदल हिडेका हुदैनन् । तेसैले उनीहरुलाई बिकट पहाडको अध्यान र परिचय दिनको आठ घण्टासम्म हिडेर विभिन्न स्थानको जानकारी लिएको भ्रमणमा सहभागी अर्का प्राध्यापक राजेन्द्र अधिकारी बताउँछन् ।

गत पुस २६ गतेदेखि ३० गतेसम्म पहाडको यात्रामा निश्किएका छात्रछात्राहरुले कोशी राजमार्गको बसन्तपुर हुदैसंखुवासभाको सदरमुकाम खादवारीसम्म गाडीमा गएका थिए । त्यसपछि खादबारीदेखि चेवाबेसीदेखि अरुण नदि तरेर करिब पाँचको उकालो हिडेर भोजपुरको दिङ्ला पुगेका थिए ।

भोलिपल्ट दिङ्लाबाट भोजपुर सदरमुकाम जोड्ने सुन्तलेबाट पैदल यात्रा गरेका थिए । भोजपुरबाट घोडेटारहुदै भालुखोपको बिकट ओरालो हुदै अरुण नदिको मोटरबोट यात्रा समेत गरेका थिए ।

कक्षा कोठामा मात्र पढाएको विषयले अब विद्यार्थी सिक्न सक्दैनन् । विद्यार्थीलाई सिक्न जान्न प्रत्यक्ष अनुभव नै हुनुपर्छ । त्यस कारण पनि हामीले विद्यार्थी पाहाडको विषयमा पढाउन पैदल यात्रा गराएका हौ प्राध्यपक अधिकारीले बताए ।

कजेलले विद्यार्थीलाई पहाड र हिमालका विषयमा अध्यान गराउन पैदल नै हिडाएर सिकाउदै आएको छ ।