दमक/ नेपालका बिभिन्न क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमण हुने खतरालाई रोक्न झापाको बाँहुनडाँगीका बासिन्दाले नयाँ बिकल्प अघि सारेका छन् । यस क्षेत्रका बासिन्दाले दुइदेशबीचको सीमा सुरक्षा गर्न सीमा सडक निर्माण गर्नुपर्ने नयाँ बिकल्प अघि सारेका हुन् ।

पूर्वी नेपालको झापा स्थित मेची गनरपालिका ४ बाहुनडाँगीका बासिन्दाले भारत र नेपाल बीचको दशगजालाई आधार मानेर नेपाल पट्टीको क्षेत्रमा सीमा सडक निर्माण गर्न माग गरेका छन् । दुई देशका बीचमा सडक निर्माण भएमा सीमा अतिक्रमण स्वतह रोकिने मेची नगरपालिका वडा नं ४ का वडाध्यक्ष नविन बराल बताउँछन् ।

सीमा सडकमा मानिस तथा सवारी साधानको निरन्तर आवत जावत हुन्छ । यसबाट सीमा स्तम्भ र सीमा क्षेत्रको निरन्तर रेखदेख हुने भएकाले सीमा सडक अति आवश्यक हो । सडकले सीमा अतिक्रमणमात्र रोक्दैन की जंगली हात्ती देखि चोरी तस्करीको समेत नियन्त्रण हुने तत्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारीको भनाइ छ ।

सीमा सडक बनाए दुई देशको सीमा सुरक्षा देखि आर्थिक बिकास समेत हुने उनको तर्क छ । जिल्लाको पुराना चल्तीका भद्रपुर, शनिश्चरे, झापा बजार र बाहुनडाँगी गरि चार वटा बजार मध्ये यो प्रमुख नाकाको बजार थियो ।

यो बजारमा नेपालका पहाडी र तराइका उत्पादन तथा भारतका समेत उत्पादन एकै ठाउँमा किनबेच हुने गरेको थियो । यस क्षेत्रमा सीमामात्र होइन अधिकांश भारतको सीमा क्षेत्र दशगजालाई आधार मानेर राजमार्ग निर्माण गर्न आवश्यक रहेको सझाब दिएका छन् ।

यसो गर्न सकेमा सधै पिडा दिने सीमा क्षेत्र आम्दानी दिने राम्रो बिकल्प हुने छ । यसले नाकालाई आर्थिक रुपमा समेत मजबुद बनाउन सकिने आशा स्थानीयले गरेका छन् ।

जिल्लाकै काँकभिट्टा, बिर्तामोड, दमक जस्ता नयाँ-नयाँ क्षेत्रका बजारमा बिकासले फड्को मारिहदा पुराना महत्व बोकेका यस्ता बजार भने ति क्षेत्रको बिकासले दिएको पीडाको घाउ बोकेर बसिरहेका छन् ।

एकताका खचाखच भिडभाड हुने बाहुनडाँगी बजार आजभोली सुनसान भएको छ । यसलाई पुरानै खासमा फर्काउन सीमा सडक निर्माण गर्नु पर्ने स्थानीयको माग छ । बिक्रम सम्वत १९९४ देखि सुरु भएको यो बजार बिकासमासँगै जोड्न नसक्दा हुने यो ठाउँ दशकौ वर्ष पछि भने सुस्त छ ।

पूर्व पश्चिम राजमार्ग निर्माण भएसँगै यो ठाउँ अहिले ओझेलमा परेको साविक बाहुनडाँगी गाविस अध्यक्ष समेत रहनु भएका निलकण्ठ तिवारीको भनाई छ।

त्यसैले यो क्षेत्रको मात्र हैन दुवै देशको सिमा क्षेत्र सुरक्षित समेत हुने र आर्थिक बिसका समेत हुने भएकोले सीमा सडक निर्माण गर्न स्थानीय निरज दाहालको भनाई छ ।

बाहुनडाँगी भन्दा पछि बिकास भएका बजारहरु अहिले नसोचेको बिकास गरि सकेका छन् । राजमार्ग, बिद्युत सुरक्षा लगायतको सु्बिधा समयमा पुर्याउन नसक्दा पुराना बजार अहिले नयाँ बजारको चमत्कार हेरेर बस्न बाध्य भएको पीडा स्थानीय सुनाउछन् ।

तर यो क्षेत्र अझै पछाडी छ । त्यसैले अब यहाँ सीमा सडक निर्माण गरि पहाड तराई र भारत समेत जोड्ने गरि बनाउने दीर्घकालिन लक्ष्य राखिएको मेची गनरपालिकाका मेयर बिमल आचार्यले बताए ।

भारतसँगै सिमाना जोडीएको नगर भएकोले यहाँ सीमा सडक निर्माण गरे पूर्वी पहाडी जिल्लाको उत्पादनले सहजै रुपमा बजार पाउने र दुवै देशबीचको सीमा सुरक्षा समेत हुने भएकोले यहाँ सीमा सडक अहिलेको अपरिहार्य नै रहेको छ ।

पुराना ऐतिहासिक बजारको बिकास हुन नसक्दा अहिले स्मरणमा मात्र रहने अवस्था छ ।