धरान /  नेपालका सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन् । अग्लो स्थानदेखि होचो स्थानसम्म पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको विकास गर्न सके समृद्ध प्रदेश निर्माण गर्न सकिने सरोकारवालाको भनाई छ ।
सन १९५० को दशकपछि नेपाल पर्वतारोहणका लागि विश्वभरका लागि मुख्य गन्तव्य बन्यो । पर्वतारोहणका साथै साहसिक पर्यटनका लागि पनि नेपाल चिनिँयो । प्रदेश १ को ठूलो सम्भावना पर्वतारोहण ने हो । त्यस पछि भने धार्मिक पर्यटन हो ।
८ हजार मिटर भन्दा उच्च ५ वटा हिमालयहरु यही प्रदेशमा रहेका छन् । पाँच हजार मिटर भन्दा उच्च ३५ वटा हिमालयहरु यस प्रदेशमा छन । यी हिमालयहरुमध्ये कतिपय हिमालयहरु पर्वतारोहीहरुका मुख्य आकर्षण हुन् । यहाँका तीन वटा आधार शिविर, सगरमाथा, कञ्चनजंगा र मकालु आधार शिविर ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य भएका छन् ।
प्रदेश नं. एकको विकासको मुख्य आधार पर्यटन पनि हो । यो प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । ८ हजार मिटर भन्दा उच्च ५ वटा हिमालयहरु छन् । पाँचहजार मिटर भन्दा उच्च ३५ वटा हिमालयहरु यस प्रदेशमा छन । यी हिमालयहरुमध्ये कतिपय हिमालयहरु पर्वतारोहीहरुका मुख्य आकर्षण हुन् । यहाँका तीन वटा आधार शिविर ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य पर्दछन् ।
हिमाली क्षेत्रको पदमार्ग पर्यटन क्षेत्रको प्रमुख आकर्षण हो । काठमाण्डौबाट भइरहेको माउण्टेन फ्लाइटलाई प्रदेश नं १ बाटै शुरु गर्न थालिएो छ । हवाई यात्रा गर्न नचाहनेका लागि पदमार्ग मार्फत हिमाली भूभागसम्म लान सकिन्छ ।

सगरमाथा आधार शिविर
प्रदेश–१ को प्रमुख पर्यटकीय गन्तव्यको रुपमा सगरमाथा आधार शिविरलाई लिने गरिन्छ । नेपालको पर्यटन लभगभ ५० प्रतिशत यही आधार शिविरले धानेको स्थानीय पर्यटक गाइड छिरिङ शेर्पा बताउछन् । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा पनि छ । यही निकुञ्जको आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा पर्वतारोहणका लागि मात्रै होइन, पदयात्राको लागि पनि चर्चित छ । विश्वका मानिसहरु यहाँ आउने गर्दछन् ।
लुक्लाबाट कालापत्थरसम्मको पदमार्गका लागि पनि यो क्षेत्र लोकप्रिय छ । सामान्यतया दुई हप्ताका लागि यो रुट तयार गरिएको छ ।
प्रत्यक ६÷६ महिनामा यहाँ विदेशी पर्यटकहरु यो रुटमा यात्रा गर्ने गर्दछन् । झण्डै पाँच हजार पाँच सय ४५ मिटर उचाईमा पैदन यात्रा गरेर विदेशी पाउनाहरु आनन्द लिने गर्दछन् । स्थानीय पर्यटक गाइड शेर्पाका अनुसार हिमाल चढ्न नसक्नेहरु यो रुटमा पैदन यात्रा गर्ने गरेका छन् ।
कति खर्च लाग्छ
यहाँ पैदल र हेलिकोप्टर दुवै प्रयोग हुन्छन । पैदल यात्रामा ८० हजार र हेलिकोप्टरमा जनही तीन लाख रुपैयाँ खर्च हुन्छ । समूहमा जाँदा भने करिब एक लाख रुपैयाँ पर्छ ।

मकालु आधार शिविर
मकालु हिमाल सङ्खुवासभा जिल्लामा पर्दछ । मकालु आठ हजार चार सय ६३ मिटरको विश्वको पाँचौं अग्लो शिखर हा । यो हिमालको आधार शिविर विश्वको लोकप्रिय ट्रेकिङ रुट हो । यहाँ विदेशी पर्यटकहरु यो रुटमा पैदल यात्रा गर्ने गर्दछन् ।
यो रुट सङ्खुवासभाको तुम्लिङटार विमानस्थलबाट शुरु भएको छ । विश्वको होचो उपत्यका अरुण उपत्यकाबाट टे«किङ शुरु हुन्छ । संखुवासभाको नुमसम्म गाडी पुगेकाले त्यहाँबाट जाँदा भने १४ दिन मै मकालु पुग्न सकिन्छ । जिल्ला सदरमुकाम खाँदवारीबाट ४ घण्टा सवारीमा यात्रा पछि नुम पुग्न सकिन्छ । यो रुटको सबैभन्दा उच्च तह पाँच हजार मिटरसम्म रहेको छ ।
खर्च
विदेशी पर्यटकका लागि यो रुटको खर्च करिब दुई लाख रुपैयाँ लाग्छ । नेपालीहरु यत्रो लामो अवधीको यात्रा हालसम्म गरेका छैनन् । नेपालीहरु यत्रो एमाउन्टको खर्च पनि गर्न चाहदैनन् ।

कञ्चनजंघा आधार शिविर
आठ हजार पाँच सय ८६ मिटरको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो प्रदेश नं. १ को ताप्लेजुङको आलाङचुङगोला भएर पुग्न सकिन्छ । कञ्चनजंघा आधार शिविरको टे«किङ प्रदेश–१ को दोस्रो लोकप्रिय रुट मानिन्छ । सगरमाथा पछि बढि विदेशी पर्यटकहरु यहाँ आउने गर्दछन् । ताप्लेजुङको सुकेटार विमानस्थलबाट शुरु हुने यो टे«किङ २५ दिन हाराहारीकोहुने स्थानीयले बताएका छन् ।
यो रुटको ट्रेकिङ कञ्चनजंघा आधार शिविरको ५ हजार ४ सय मिटरको उच्च स्थानमा पुगेर आनन्द लिन सकिन्छ । कञ्चनजंघा टे«किङका लागि जनही दुई लाख रुपैयाँ लाग्छ ।

 


पर्यटनमा पाँच वर्षे रोडम्यापः ८९ करोड बजेट
प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा विभिन्न पर्यटन सम्बन्धी विभिन्न कार्यक्रमम ल्याइएको छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचार प्रसार लगायतका योजनामा प्रदेश सरकारले ८९ करोड बजेट समेत विनियोजन गरेको छ ।