तेह्रथुम/ तेह्रथुम र संखुवासभाको संगम स्थल चौकी बजारमा रहेको हिमाली होटलकी सञ्चालिका हिममाया कार्की हाज भोली निकै खुशी देखिन्छिन् । तीनजुरे मिल्के, जलजले (टिएमजे) क्षेत्रको मुख्य चौकी बजारमा हिउँ परेसँगै चलपहल ह्वातै बढेकाले उनि खुसी देखिएकी हुन् ।
पर्यटकिय क्षेत्र पाँचपोखरी, चौकी, मंगलबारे, गुफा, सुकेपोखरी लगायतका बजारमा हिउँसँगै मौलाएको आर्थिक गतिविधिले कार्की मात्र होइन, टिएजे क्षेत्रकै बजारवासी पनि निकै हौसिएका देखिन्छन् । स्थानीय बासिन्दा भन्छन्रु। ‘अहिले त हिउँको चिसो सँगै न्यानो पैसा तान्न पाईन्छ ।’ चौकीमा नै रहेको लालिगुरास होटलका संचालक उदय शरले चिनिने उदय लो पनि एक महिना देखि यस क्षेत्रमा बढेको चहलपहलले होटल व्यवसायीहरुलाई निकै खुसि बनाएको बताउछन् ।
हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले बसन्तपुर, मंगलबारे, चौकी, पाँचपोखरी गुफा, मिल्के, सुकेबजार लगायतका सडक तथा डाँडाकाँडा हिउँले भरिभराउ भएका छन् । यस स्थानमा हिउँ खेल्न सयौं जना साथी मिलेर आएको म्याङलुङ बजारका रुपक सुवेदीले बताए ।
उनले भने यस ठाउँमा हामी धेरै साथी आएका छौ, धेरै भन्दा धेरै रमाईलो भएको छ । चौकी बजारमा एक रात बसेर मात्र फर्कने मनसायमा छौ । लालिगुराँस नगरपालिकाको बसन्तपुर देखि संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल गुफा बजार सम्म हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ ।
हिउँ परेसँगै यस क्षेत्रमा आज भोली सयौं आन्तरिक पर्यटकको भिड लाग्न थालेको गुफा बजारमा रहेको मकालु होटलका संचालक हरी खनालले बताए । छ महिना सम्म नभएको ब्यपार एक महिनामानै भएको खनालको भनाई छ ।
बाक्लो हिउँ परेपछि स्थानीय पर्यटक तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासि बढेको हिउँ पर्यटनका कारण होटलहरू अत्यधिक व्यस्त भएका पर्यटन व्यवसायी छिरिङ्ग लामाले बताए ।
बजारमा व्यापार चम्किएको छ। पछिल्लो समय चौकी र गुफा बजारको आर्थिक प्रगति लोभलाग्दो छरु।’ व्यवसायी लामाले भने ।
यी बजारमा निकै आर्थिक कारोबार बढेको गुफा बजारका व्यपारी सोनाम शेर्पाले बताएरु। स्थानीय तहसँगै यी गुफा बजारमा घडेरी र घरको मूल्य बढेर सदरमुकामलाई पनि उछिनेको शेर्पाको भनाई छ । चिसो बढेसँगै आन्तरिक पर्यटक घटेका थिए । तर हिउँ परेपछि फेरी आउने क्रम बढ्न थालेको छ ।
टिएमजे क्षेत्र मनाङ, मुस्ताक भन्दा पनि धेरै राम्रो ठाउँ लागेको र एक पटक अनिवार्य घुम्न आउनु पर्ने नारायणघाट देखि घुम्न आएका आन्तरिक पर्यटक सविन निरौलाले बताए ।
टिएमजे आफैं सुन्दर र पर्यटकीय आर्कषण भएको क्षेत्र हो । पूर्वी तराई तथा भारतको विहारबाट नजिकको दूरीमा रहेको टिएमजे क्षेत्र प्रदेश नम्वर १ कै नमुना क्षेत्र हो । सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाईरहदा यस ठाउँको सरकारी स्थरबाटै प्रचार प्रशार र व्यस्थित गरिनुपर्ने आन्तरिक पर्यटन उमेश नेपालीले बताए ।
हिउँ खेल्न आन्तरिक पर्यटकहरू कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोहि रुटमा चल्ने बसमा यात्रा गरेर आएका छन् । हिउँ र प्रकृतिसंग रमाउन, तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, तस्बिर खिच्न, फिल्मको सुटिङ गर्न तथा घुमफिर गरेर रमाउन सयौं पर्यटक यहाँसम्म आउने गर्दछन् ।
पुसको पहिलो साता देखि हिउँ पर्न थालेको एक महिनाको अबधिमा धेरै पटक परेर डाँडाकाडा सेतै छन् । आफुले एक महिनाको अवधिमा लाखौ रुपैया कमाउन सफल भएको सुके बजारका आङदाम शेर्पाले बताए ।
यहाँका मंगलबारे, चौकी, मिल्के, गुफापोखरी, जलजले, मुडेशनिश्चरे, लसुने, तीनजुरे, पटेकडाँडा, मार्गा पोखरी, लाम पोखरी आदि पर्यटकीय सम्भावना बोकेका स्थलहरु भएको शेर्पाको भनाई छ । तीनजुरे, पटेकडाँडा, मेन्छ्यायाम डाँडा आदि स्थानबाट सूर्योदय, सूर्यास्त तथा हिमालको सुन्दर दृश्य देखिन्छ ।
यिडाँडाबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
टिएमजे क्षेत्रमा आउने पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफुलको वाईन, गुराँसको जुस, ढाका कपडा, खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी, कालो बंगुरको मासु आदि कोसेली लिएर नजाने हो भने यात्रा अधुरो रहेने धरानबाट गुफा बजार सम्म घुम्न आएकी रोजनी ताम्राकारले बताईन् ।