उदयपुर/ उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरीसम्म पुग्ने सबैभन्दा छोटो र सोझो सडक तय भएको छ । सदरमुकाम गाईघाटबाट धार्मीक तथा पर्यटकिय रौता पुग्न करिब २५ किलो मिटरको सबैभन्दा छोटो दुरीको सिधा सडक निर्माण भएको हो ।
रौतामाई गाउँपालिका वडा नं ६ मा अवस्थित धार्मीक तथा पर्यटकिय रौता पोखरीसम्म पुग्न छोटो दुरीको सडक निर्माण भएपनि सजिलो भएको छ ।
त्रियुगा नगरपालिका भित्रै पर्ने सिद्रे र डहर सम्मको करिब ७ किलोमिटर सडक खनिएपछि रौता पोखरी जोड्ने छोटो दुरीको सडक निर्माण कार्य सकिएपछि पर्यटक तथा भक्तलुहरुलाई सजिलो भएको सडक निर्माण समितिको अध्यक्ष कमल राईले बताए ।
गाईघाट-साउने-रानिबास-डहर हुँदै रौता पुग्ने सडक करिब ४२ किलोमिटर रहेको छ । तर गाईघाटबाट बाबरी-बेलदोभान-जाँते-सिद्रे हुदै डहर सम्मको सडकको निर्माण हुदा सदरमुकाम देखि रौताको दुरी करिब २५ किलो मिटर मात्रै रहेको राईले बताए ।
उक्त सडक बनेपछि छिमेकी जिल्ला तराई र पूर्व-पश्चिमका जिल्ला र छिमेकी देश भारतका विभिन्न ठाउँबाट समेत आउन सहज भएको राईले बताए । सडकको टूयाक खोल्ले सँगै प्रमुख पर्यटकिय स्थल रौता पोखरी जान साना सवारी साधनको प्रयो समेत गर्न थालेको राईले बताए ।
पर्यटकिय स्थल रौता पोखरी जान दोब्बर लामो दुरीको यात्रा गर्नु पर्ने बाध्यता छ । डहर देखि माथी र सिद्रे देखि तर पहिले नै सडक निर्माण भएको भएपनि विचामा सडक नजोडिएको कारण लामो दुरीको बाटो प्रयोग गर्न बाध्य भएको त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले बताए ।
उक्त सडक विगतमा राजनीतिक शक्ति र कम पहुँचका कारण ओझेलमा परेको थियो । स्थानीय सरकार आएपछि चासो पुगेको हो । गत आर्थिक वर्षमा त्रियुगा नगरपालिका र वडा नं. १५ को लगानीबाट सडक खनिएको हो ।
उक्त सडक पर्यटकीय हिसाबको महत्व बोकेको र छोटो दुरी भएको चौधरीले बताए । रौता पोखरी पुग्न अब पहिलेको सडक र समयको आधा मात्रै हो ।
हामिले विकासको कुरालाई विशेष जोड दिएका करण थोरै नजोडिएको सडकलाई जोडेकाले स्तर उन्नती गरे पश्चात धार्मिक तथा पर्यटकिय स्थल रौता पोखरी जान आउनमा कुनै किसिमको समस्या नहुने चौधरीले बताए ।
परापूर्वकाल देखि नै प्रमुख पर्यटकिय तथा धार्मिक स्थल रौता पोखरीको दर्शन गर्न जिल्लाका विभिन्न ठाउँ र खोटाङ जिल्ला आवत जावत गर्नमा समेत यस गोरेटो बाटोको प्रयोग गर्दै आएको थियो । पुरानो मुलबाटो भएपनि विभिन्न कारण र समस्याले गर्दा सडक निर्माण नभएको स्थानिय यमकुमार राईले बताए ।
स्थानिय सरकार बनेपछि वडा र पालिकाको बजेटमा सडक तयार भयो । यस सडकले त सदरमुकाम सम्म आवतजावत गर्न र जिल्लाकै प्रमुख पर्यटकिय स्थल रौता पोखरीको दर्शन, अध्ययन अवलोकन गर्न समेत सहज भएको राईले बताए ।
तराईका मानिसहरु रौता जान र जिल्लाका उत्तरी विकट पहाडी ठाउँका मानिसहरु साना सवारी साधन प्रयोग गरि आवतजावत गर्ने गरेको राईले बताए । यस सडक निर्माणले स्थानिय बासीहरुलाई सुविधा र हर्षीत मात्रै पारेनन् ।
छोटो समयमा धार्मीक पर्यटकिय स्थल रौता पोखरी सम्म पुग्न र फर्कन समेत सहज बनाएको स्थानियबासी राईले बताए । सडक निर्माण भएपनि रौता पोखरीको अध्ययन अवलोकन तथा दर्शन गर्न आउनेहरुको संख्या पहिलेको दाजोमा बढेको राईले बताए ।
प्राकृतिक सौदर्यताले भरिपूर्ण रमणिय जिल्लाकै प्रमुख पर्यटकिय तथा धार्मिक स्थल रौता पोखरीबाट विश्वको शिर सर्वोच्च शिखर सगरमाथा, चोयु, ल्होत्से, मकालु, महालङ्गुर हिमशृङ्खला लगायतका करिब आधा दर्जन ८ हजार मिटर भन्दा अग्ला हिमालको सहजै दृश्यावलोकन गर्न सकिने स्थानियबासीहरु बताउँछन् ।
प्रमुख पर्यटकिय स्थालबाट विभिन्न हिमशृङ्खलाहरुको सहज रुपमा अवलोकन गर्न सकिने भएकाले यसको प्रचार-प्रसार गर्नु पर्ने र आवत जावतमा सडक महत्वपूर्ण पक्ष भएकोले अव आन्तरीक पर्यटक बढ्ने र बाह्य पर्यतक समेत आउने आशा पलाएको रौतामाई विकास सामुदायीक होमस्टेका अध्यक्ष जितशेर राईले बताए ।
सर्वसाधारण तथा पर्यटकका लागि उपयोगि बन्दै गएको सडकको छिटो भन्दा छिटो स्तरोन्नतीमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरुको माग रहेका छन् ।