धरान /  प्रदेश नं. १ को प्रदेश सभाको पहिलो बैठक बसेको आज माघ २२ गते एक बर्ष पुगेको छ । जेष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बैठक बसी सभामुखको निर्वाचन गर्ने निर्णय भएको थियो । सोही अनुरुप माघ २९ गते तत्कालिन एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ क बाट निर्वाचित प्रदिपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका थिए । एक बर्षको अवधीमा प्रदेशसभाबाट अन्य प्रदेश भन्दा बढि कानुनहरु निर्माण भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
२२३ दिन प्रदेश सचिवलाय खुलेको थियो । यो अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसावले जम्मा ८८ घण्टा ३३ मिनेट संसद बैठक बसेको थियो ।
प्रदेश सभाले दुईवटा अबिधेशनबाट २३ वटा विधेयक पारित गरेको छ । सात वटा विधेयक पाइलाइनमा रहेको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । ५ वटा समितिमा छलफलको क्रममा छन् भने दुईवटा संसदमा दर्ता भइसकेका छन् ।

DSC_2178 01
संघबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेला नबन्दा कानुन बाझिने भएकाले थप कानुन निर्माणमा अवरोध भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । उनले भने–‘अन्य धेरे कानुन निर्माण गर्न सकिन्थ्यो तर संघसँग कानुन बाझिने भएकाले निर्माण गरिएन ।’
कानुन निर्माण र कुनै अवरोध विना संसद संचालन गरे पनि प्रदेश १ ले विषयगत समितिका सभापति र प्रदेशको नाम राजधानीको विषयमा निर्णय गर्ने कार्यसूचि भने बनाउन सकेन ।
२०७४ चैत्र २८ गतेको बैठकले ७ वटा विषयगत समिति गठन गरेको थियो । बैठकबाट विषयगत समिति गठन भए पनि दलहरुको समतिमा सभापतिको नाम आइ संसदमा निर्वाचन गर्ने प्रक्रिया रहेको छ । तर दलहरुको सहमति नजुट्दा संसदमा छलफलको विषय ने नबनेको सभामुख भण्डारीले जानकारी दिए ।
सचिवलायका अनुसार न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिका सदस्यहरुको मनोनयन भएको छ ।
प्रदेश न. १ मा जम्मा ९३ जना सांसद संख्या रहेको छ । जस मध्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) –६७ जना (पूर्व एमाले–५१, पूर्व माओवादी केन्द्र–१६) ,नेपाली कांग्रेस –२१ जना, संघीय समाजवादी फोरम नेपाल –३ जना,रा.प्र.पा. र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १÷१ जना रहेका छन् ।

हालसम्म पारित भएको विधेयकहरु:

DSC_2286 08

१. २०७४ चैत्र १९ गते प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४
२ २०७५ बैशाख ०५ गते विनियोजन विधेयक
३ २०७५ बैशाख ११ गते प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ( कार्यविधि ) विधेयक, २०७४
४ २०७५ बैशाख १२ गते गाउँ सभा र नगर सभा संचालन (कार्यविधि¬) विधेयक, २०७५
५. २०७५ बैशाख २० गते प्रदेश नं.१ आकस्मिक कोष संचालन विधेयक, २०७५
६. २०७५ बैशाख २३ गते जिल्ला सभाको संचालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
७. २०७५ बैशाख २४ गते मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
८. २०७५ बैशाख २४ गते मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
९. २०७५ बैशाख २४ गते प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
१०. २०७५ बैशाख २४ गते गाँउ सभा तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
११. २०७५ बैशाख २४ गते जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
१२. २०७५ असार ४ गते प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
१३. २०७५ असार ६ गते प्रदेश रेडियो
१४. २०७५ असार १० गते विनियोजन विधेयक
१५. २०७५ श्रावण १६ गते जिल्लाको काम
१६. २०७५ श्रावण १६ गते अन्तर प्रदेश वासिन्दाको समान व्यवहार र सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१७. २०७५ भदौ १९ गते विपद व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१८. २०७५ भदौ २५ गते प्रदेश सामाजिक विकास संस्था विधेयक
१९. २०७५ भदौ २५ गते प्रशासकीय कार्य्विधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२०. २०७५ भदौ २६ गते प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक
२१. २०७५ असोज १० गते प्रदेश कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२२. २०७५ असोज १२ गते प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२३. २०७५ असोज १४ गते सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रदेशसभामा पार्टीगत नेतृत्व

DSC_2184-36

–मुख्य मन्त्री एंव संसदिय दल को नेता शेरधन राई ( नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) 
– संसदिय दलको नेता टंक आडवुहाड लिम्वु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 
– प्रमुख सचेतक – वुद्धि कुमार राज भण्डारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) 
– सचेतक – सिता थेवे – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)
– प्रमुख प्रतिपक्षि दल एंव संसदिय दल को नेता राजिव कोइराला नेपाली कांग्रेस 
– संसदिय दलको उपनेता हिमाल कार्की नेपाली कांग्रेस
– प्रमुख सचेतक – केदार कार्की नेपाली कांगे्रस 
– सचेतक – सुयर्मा राज राई नेपाली कांगे्रस 
– संसदिय दलको नेता जयराम यादव – संघिय समाजवादी फोरम 
– संसदिय दलको नेता – इन्दिरा राई रा.प्र.पा 
– संसदिय दलको नेता –विष्णु तुम्वाहाम्फे संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ।