वि.सं.२०१४ सालतिर खोटाङ्को साविक गाविस डम्बरखुशिवालयको चुम्लुङ् भन्ने गाउँमा जन्म भइ हाल झापा भद्रपुर नगरपालिका-८ मा बस्दै आएका ६१ वर्षिय प्राध्यापक डाक्टर कालुराम राई(खम्बू) । जङ्गलको उन्यूको सोत्तर ओछ्याएर बाँसको निप र सिमीको पत्ताको मसी वनाएर भालुबाँसको पट्यासमा लेख्ने गरेको सम्झन्छन् ।
सिमीको पत्ता निचोरेर मसी बनाउँदा कपडा टाटै टाटा हुन्थ्यो । मसी लागेको कपडा देखेर धेरै पिटाइ पनि खाइयो । उ बेला कक्षा थिएन् । एउटा धुले पाठशाला थियो । एकजना माइला नाम गरेका कोइराला बाजेले भूइँमा बसेर धुलौटोमा क ख रा सिकाएका थिए । उन्यू नल्याउने धुलोमा नै बसेका हुन्थे ।
उ बेलामा पढाएको बुझिदैनथ्यो नबुझेका कारण कनसुरी ,कान उखल्ने र गाला सुन्डिने गरी धेरै पटक पिटाइ खाइयो । पढाएको बुझिस् भन्दा बुझे भन्नु पर्ने नत्र झापड खाइहालिन्थ्यो । लेख्न जान्दिन थिएँ । बुढाले पढाएको सुनिरहन्थे ।
बुझ्ने भएपछि चै कम पिटाइ खाएँ तर साथीहरुले भने पछिसम्म खाएँ । उनिहरु म भन्दा ठूला पनि थिए । क्षेत्री र राइ समुदायको छुट्टा-छुट्टै पढाइ हुने गर्थो । कोइराला बाजेबाट ठूलो वर्णमाला चै त्यहीँ पढि सेकेको थिएँ ।
त्यो समयमा कक्षाको चलन नै थिएन् । कक्षा पढ्नलाइ खोटाङ् या भोजपुरमा थियो । टाढा भएका कारण त्यहीँ वर्णमाला सकेपछि जान्ने हुन्थ्याैँ । वर्णमालामा तमासुक लेख्ने पनि कोर्ष थियो । त्यो जानेपछि अहिलेको विहे पास भएको जस्तै ठानिथ्यो । खेलहरुमा डण्डी वियो धेरै खेलियो भने तास चै पटक्कै मन पर्दैनथ्यो ।
वि.सं. २०२० सालमा झापाको गौरीगञ्जमा आएर टटुवामारी भन्ने स्कुलमा कक्षा १ बाट पढाइ शुरु गरे । सो वेला ६ वर्ष उमेर भएको हुनु पर्छ । कक्षा ६ देखी गौरीगञ्ज हाइस्कुलमा पढाइ शुरु गरे । वि.सं. २०२९ सालमा विराटनगरमा गएर एसएलसी दिएको थिए ।
उ बेला एसएलसी दिने चार जना थियौँ । एकजनाले चै भद्रपुर हाइस्कुलमा दिए । झापा आएपछि मसीको डब्बा पाइन्थ्यो । त्यसैमा एउटा मसेनी नामको चक्की पाइन्थ्यो, त्यसैलाइ पानीमा हालेर लेख्ने गरेको थिए । बारम्बार मसीको डब्बा किन्ने पैसा हुदैनथ्यो ।
सो समयमा सवै भारतीय रकम चल्थ्यो । गौरीगञ्जमा विजुली वत्ती थिएन् । वरिपरी सबै जङ्गल थियो । वाघ, भालु ,हरिण ,मृगजस्ता जङ्गली जनावरको विगविगी थियो । दाउरा, पराल, बाँसको कप्टेरा, अम्बकको हाँगा र कहिलेकँही कुपी बालेर अध्ययन गर्थे ।
कुनैदिन मट्टितेल पनि हुदैनथ्यो । अलिक ठूलाबडाको घरमा लालटिन थियो । एसएलसीमा दोस्रो भएको थिएँ । मोरङ् क्याम्पसबाट बिएसीसम्म अध्ययन गरे र एमएसी अध्ययन त्रिभुवन विश्वविद्यालय किर्तिपूरबाट वि.सं. २०४० सालमा पूरा गरे । सोही वर्षबाट शिक्षण पेसामा लागे ।
पहिलो शिक्षण पेसा धरानको हात्तीसार क्याम्पसबाट शुरु गरी ठाकुराम बहुमुखी क्याम्पस विरगञ्ज,केही समय बुटवल पुनः विरगञ्ज हुदै वि.सं. २०५० सालबाट भद्रपुरको मेची वहुमुखी क्याम्पसमा अध्यापन गराउदै आइरहेको उनले बताए ।
प्राणीशास्त्र(जुलोजी)मा विद्यावारिधि गर्ने नेपालको पहिलो व्यत्ति भएको उनले सुनाए । बाहिरी देशका गोरा मान्छे आएर नेपालका उभयचर र सरिसिफको बारेमा उनिहरुबाट जान्नु पर्ने भएकोले सारै नरमाइलो लागेको उनले बताए ।
नेपालीले पनि यो गर्नसक्छ भन्ने प्रण राखेर यही विषयमा विद्यावारिधी गरेको उनले बताए । तीनभाइमा पढ्ने म मात्र भएको उनले बताए । अरु दाजुहरु कृषि पेसामा रहेको जनाए ।
विद्यार्थी समयमा अनेरास्ववियमा वि.सं. २०२९ सालबाट राजनीति शुरु गरे । एसएलसी परिक्षा आएपछि मात्र पढ्ने अरु समय राजनीति गरेको उनको भनाइ छ । क्याम्पस जान थालेपछि दिनभर नेता गिरी गरेर राती अवेरसम्म अध्ययन गरको सुनाउँछन् ।
म सगै राजनीति गर्ने मिलेन्द्र रिजाल लगायत अन्य साथीहरु सहपाठी भएको उनले बताए । कक्षा ५ देखी स्कुलसम्म प्रथम स्थान हासिल गर्दै गएको याद सुनाउँछन् । वि.सं. २०४० सालदेखि व्यक्तिगत जीवन परिवर्तन गरे । त्यो समय पञ्चायत व्यवस्था थियो ।
राजनीति गर्न डराउने साथीहरु विद्यार्थीलाइ पढाइसकेपछि एउटा घरमा जम्मा भएर तास खेल्थे तर, मैले चै दिनभर राजनीति पार्टीलाइ समय दिएँ । सो वेला जिल्ला सदस्य समेत धेरैपटक भए । यो ताज पछिसम्म राखेँ । राजनीतिको समयमा झापा जिल्ला पूरै चालेको उनको भनाइ छ ।
अहिलेका नेताहरु सवै मैले उत्पादन गरेको उनले बताए । राजनीति र शिक्षण पेसालाइ सगै लिएर हिडेको उनको भनाइ छ । वि.सं. २०४२ सालमा शुभलक्ष्मी राइसँग विवाह भयो ।
उनि पनि मेची क्याम्पसमा अध्यापन गराउँदै छन् । अध्यापनको क्रममा उनिसँग वुटवलमा पढाउँदै गरेको अवस्थामा भेट भएको थियो । एकछोरा र एक छोरी जन्म दिएको उनले सुनाए । छोरीको विवाह भैसक्यो भने छोरा कम्यूटर साइन्समा इन्जीनीयर छ ।
अबको केही महिनापछि अवकास पाउन लागेको उनले बताए । अवकास पछिको वाँकी जीवन प्राणी शास्त्र कै खोज अनुसन्धानमा जारी राख्ने उनको भनाइ छ । केही वर्ष यतादेखी दृष्टि कमजोर भएका कारण हिँडडुल गर्न समस्या भएकोले आफ्नै कोठालाइ सन्सार ठानेर नेट इन्टरनेटबाट अध्ययन जारी राखिने उनले बताए । अध्ययन कम्यूटर मार्फत निरन्तर नै रहेको बताउँछन् ।
विद्यावारिधी गर्ने क्रममा पानीमा वस्ने जीवहरु, नेपालका उभयचर र सरिसिफहरु,कञ्चनजङ्घा हिमालको परिसरमा सिंहलिलामा पाइने जीवहरु,मेरो अनुसन्धान यात्रा गरी तीनओटा पुस्तक प्रकाशित गरिसकेको र केही महिनापछि जीवनका भोगाइसहितलाइ समेटेर पुस्तक प्रकाशन गर्ने तयारी अन्तीम चरणमा पुगेको उनले जनाए । पुस्तकको नामाकरण चै टुङ्गो लागिनसकेको उनको भनाइ छ ।
मेरो अनुसन्धानको यात्रा भन्ने पुस्तकलाइ जर्मनीका वैज्ञानिकले अङ्ग्रेजी भाषमा खम्बू इज वे भन्ने नामबाट प्रकाशन हुन लागेको उनले जनाए । यो पुस्तकमा उभयचर र सरिसिफसँगै साहित्यीक ज्ञान पनि भएकोले वैज्ञानिक साहित्यकार पनि भन्ने गरेको उनको भनाइ छ ।
मसँगै जिल्ला स्तरीय परिक्षा पास गरेका सूर्य न्यौपाने,विष्णु कुमार श्रेष्ठ र देवीबहादुर भुजेल थिए । उनिहरु कोही व्यापारी, शिक्षक पेसामा रहेका छन् भने भुजेलको मृत्यु भइसकेको उनले सम्झिए । एउटै काममा लागिपरे सफल हुने उनको अनुभव छ ।
अध्ययन नै सबैभन्दा ठुलो भोगाइ हो उनले सुनाए । आँखाको दृष्टि गुमेपनि त्यस्तो लाग्दैन उनि भन्छन् । रोग लाग्ने वित्तिकै परिक्षण गराउन उनी सल्लाह दिन्छन् । हातको सहयताले कम्युटर चलाएर दैनिक १८ घण्टा अध्ययनमा नै समय दिने गरेको उनले सुनाए । खम्बू सरबाट परिचित भएकोमा खुशी लागेको उनले बताए ।