ब्राह्मण र ब्राह्मणइजम फरक कुरा हुन् । फरक यसकारणले हो कि ब्राह्मण हुनु अपराध होइन, जसरी दलित हुनु अपराध होइन । तर ब्राह्मण भएर यो सोच्नु चाहिँ अपराध हो कि– हामीभन्दा उपर कोही छैन । यो अपराध हो । गैरकानूनी पनि हो । ब्राह्मण र ब्राह्मणइजममा फरक यो छ कि दलितले पनि कुनै बखत म सबैभन्दा उचो छु भन्ने सम्झनु ऊ दलित भएर पनि ब्राह्मणवादी हो । दलितले दलितसँग छुवाछुत र उचनिचको व्यवहार गर्छ भने ऊ दलित भएर पनि ब्राह्मणवादी हो । पत्रकार मित्रहरूले धेरै मेहनत गरेर रिपोर्ट तयार गर्छन् तर एडिटरले भन्नुहुन्छ कि यसलाई नछाप्नू, यहाँ पनि ब्राह्मणवादी सोचले काम गरेको हुन्छ । प्रष्ट कुरो के हो भने ब्राह्मणनिजमको ब्राह्मणहरूसँग कुनै लेनदेन छैन ।

यो एउटा सोच हो । विचार हो । समाजमा जुन असमानता छ, त्यो जाति या धर्मको आधारमा होस् या लिङ्गको आधारमा होस्, त्यसलाई टिकाएर राखिरहनका लागि रचिएको एउटा विचार मात्र हो ब्राह्मणनिजम । यो यस्तो मानसिकता हो, जसले तपाईंलाई ‘म’ देखि अलग बनाउँछ, टाढा बनाउँछ । ब्राह्मणनिजमले जातीय उचनिच र छुवाछुतमा विश्वास राख्दछ, पुँजीवादसँग गठजोड गरेर यो देशका जनतालाई लुट्न चाहन्छ । ब्राह्मणनिजम आफ्नो आर्थिक र राजनीतिक फाइदाको लागि हिन्दु धर्मको प्रतीक जस्तैः गाई, राम, गहुँतको प्रयोग गरेर जनतालाई गुमराहमा राख्दछ ।

दक्षिणा लिएर लोहोटा पण्डितजी आफू राख्नुहुन्छ र भन्नुहुन्छ, यो माथि पुग्नेछ । तिम्रो पिताकोमा (स्वर्गमा) । यो मान्छेलाई मूर्ख बनाउने सोच हो । ब्राह्मणनिजमको अर्थ (कुनै जात, कुनै धर्म, कुनै लिङ्ग र पहिचानमा आधारित नभई उचनिचमा आधारित छ, छुवाछुतमा आधारित छ) यसलाई भनिएको हो । ब्राह्मणइजम पहिले समाजमा मात्र थियो । अहिले राजनीतिदेखि लिएर अर्थव्यवस्था र तमाम सामाजिक व्यवस्थामा पाइन्छ । असमानता पहिल्याउनु धेरै सजिलो हुन्छ, आफूले आफैलाई देख्दा समानता देखिन्न । कपडा अलग हुन्छ । भाषा, बोली, रङ अलग हुन्छ । असमानता जो छ, त्यो मूर्त हुन्छ, त्यो देखिन्छ । प्रेम अमूर्त हुन्छ, देखिँदैन । त्यसलाई खोज्नु पर्दछ । विज्ञानको सिद्धान्त यसकारण हाम्रो दिमागमा आउँदैन कि–गुरुत्वाकर्षण देखिँदैन, देखाइदिन्छ ।

न्युटनभन्दा अगाडि पनि स्याउ भुइँमा खस्थ्यो नै होला । यो त होइन होला, न्युटन सुतिराखेको थियो । पहिलोचोटी दुनियाँमा खसेको थियो । जब न्युटनले त्यो स्याउलाई देख्यो र कारण खोज्दै आफू वैज्ञानिक भएको प्रस्तुत ग¥यो । यथार्थ कुरो हामीभित्र वैज्ञानिक सोच छैन । सन् १९४८ मा प्रकाशित भएको कम्युनिष्ट घोषणा–पत्रलाई विश्वकै सबैभन्दा बढी प्रभावशाली राजनीतिक घोषणा–पत्रको रूपमा लिइन्छ । जुन विज्ञानमा आधारित दर्शन भएकोले नै यसलाई प्रोग्रेसिभ भनिएको हो । तथ्यलाई प्रयोगशालामा जाँचेर सत्य निकाल्नु कम्युनिष्टको आफ्नो आइडिया हो । न्युटनीय विज्ञानलाई माक्र्सले पढ्दा आइन्सटाइन ४ वर्षका मात्र थिए ।

कम्युनिष्टलाई कुनै साधारण वस्तुमा सम्झनु जरुरी हुन्छ । सर्वप्रथम मानवीयताको सर्वाेच्चता नै कम्युनिष्ट हुनु हो । मानवीयता छैन भने त्यो कम्युनिष्ट हुन सक्दैन । विचारधारालाई लिएर कम्युनिष्टले कोही रोकावट हुनु आवश्यक छैन । हमेसा परिवर्तन हुनु जरुरी छ । बदलावमा विश्वास गर्नु पर्दछ । जब चिज बदलिरहन्छ, समाज बदलिरहन्छ । आजभन्दा दुई सय वर्ष पहिले जुन कुरो भनिएको हुन्छ, त्यो कुरो आज लागू हुँदैन । दुईसय वर्ष पहिलेको कुरो आज लागू गराउन खोज्दै हुनुहुन्छ भने त्यो कुरोलाई यदि तपाईले कम्युनिष्ट दाबी गर्दै हुनुहुन्छ भने मेरो विचारमा तपाईंको विचार कम्युनिष्ट होइन ।

ब्रह्मणनिजमको विचार र कम्युनिजमको विचारलाई फरक तरिकाले हेर्न चाहनुहुन्छ भने सिर्फ एउटा कुरो भन्न सकिन्छ, ब्रह्मणनिजमको विचार सर्वसत्तावाद हो, असमानता हो, यसले समाजलाई अथोटेरिअनतिर लैजान्छ । यहाँ जो आफूले आफूलाई कम्युनिष्ट ठान्नुहुन्छ, वहाँहरू कुनै पनि हालतमा डेमोक्रेटिक हुनुपर्दछ । यदि वहाँहरू डेमोक्रेटिक हुनुहुन्न भने वहाँहरू कम्युनिष्ट होइन । कम्युनिष्टका इन्टरप्रिटेसन (व्याख्या) अलरेडी चेञ्ज थियो तर मिस–इन्टरप्रिटेसन भएको मात्र हो ।

लेनिनले भनेका छन्– डेमोक्रेसी इज इनडिसपेन्सेबल (जरुरत भएको) इन सोसियलिजम । हेजेमोनी चौघेरा कुनै पनि चिजको लागि, कुनै पनि विचारधाराको लागि, सङ्गठनको लागि या प्रगतिको लागि तगारो हो, चाहे त्यो लेफ्टको हेजेमोनी होस् चाहे त्यो राइटको हेजेमोनी होस् या सेन्टरको हेजेमोनी किन नहोस् त्यहाँ जुन डेमोक्रेटिक इथोस (स्वभाव) जो छ, त्यो कमजोर भएर जान्छ अथवा त्यहाँ जुन भ्वाइस अफ डिस्सेन्ट छ, त्यसलाई दबाउनको लागि कोशिस गरिएको हुन्छ । कम्युनिष्टले कहिले पनि आफ्नो कुरो जनतामा थोपर्ने प्रयास गर्दैन । बरु जनताको कुरो गरेका हुन्छन् । मान्छेहरू तपाईंको कुरोदेखि सहमत हुन्छन् ।

यदि तपाईंको पोलिसी मासको पोलिटिक्स छ भने (जनताले तपाईंको हातमा हात दिन्छन् । तपाईं जुन कुरोको राजनीति गरिरहनु भएको छ, उसको आत्मालोचना खुद आफै गर्नुहोस् । बारम्बार भन्ने गरिन्छ, दुनियाँबाट कम्युनिष्ट खत्तम हुँदैछ,अब यसको कुनै प्रासङ्गिकता छैन । यदि साँच्चै कम्युनिष्ट खत्तम भएको हो भने टिभीमा, स्टुडियोमा लेफ्ट भर्सेस राइटका डिवेट किन भैरहेको छ ? यसर्थ नेपाली राजनीतिका शीर्षनेता विश्वेश्वरप्रसाद कोइराला शुरुका दिनहरूमा माक्र्सवादप्रति झुकाव राख्नुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरु भन्नुहुन्थ्यो कि यदि हत्या–हिंसामा विश्वास राख्दैन भने सबैभन्दा ठूलो कम्युनिष्ट मै हुँ ।

कम्युनिष्टको विचार भनेको सारा सुन्दरता देखाइदिने फूलपातीलाई होइन, जरामा विश्वास राखेको हुन्छ । किनकी जरा कमजोर भएमा, जरा सुकेमा उसमा सुन्दर फूल फुल्न सक्दैन । यसर्थ कम्युनिष्टले जहिले पनि बाहिरी सौन्दर्य देखाइदिने फूलको होइन, जरारुपी गरिब, मजदुर, किसान, पिछडा, अति पिछडाको पक्षमा आफ्नो विचारलाई प्रवाह गरेको हुन्छ ।

रामभक्त हुनु, हिन्दु हुनु, मन्दिर जानु, आस्था हुनु, भगवानमा लिप्त हुनु एउटा कुरो हो, तर धर्मको नाममा, रामको नाममा राजनीति गर्नु विल्कुल दोस्रो कुरो हो । यो कुरो हामीले बुझ्नु पर्दछ ।

हिन्दुवादी भन्छन्, हामी यहाँ हिन्दु राज्य बनाउँछौं । किरातीहरू भन्छन्, हामी किरात राज्य बनाउँछौ, मगरात, तामसालिङ र थारुवान राज्य बनाउँछौं । अब मलाई भन्नुहोस् चाहे हिन्दु धर्म होस् या किरात वा इस्लाम जो मानवताको कुरो गर्छन्, मानवीयतालाई सर्वोपरी ठान्छन्, उनीहरूको लागि कुन राज्य बनाउने हो ? मानवता मान्नेवाला मान्छे कुन राष्ट्रमा रहनु पर्ने हो ? यो सवाल आज हाम्रो सामु छ ।

यो लेखको मुख्य आसय २०६२÷६३ को जनआन्दोलनपछि यो जो लोकतन्त्र, संविधान हामीले पाएका छौं, जसमा हामीले धेरै सपना बुनेका थियौं, धेरै मूल्य हामीले चुकाएका थियौं । आज त्यही खतरामा छ, आज यसैलाई बचाउन चुनौती छ ता कि यसभन्दा अगाडि गएर हामीले के गर्ने, के नगर्ने अलमल छ ।

यसैकारण यहाँ ब्रेक र कन्टिन्युअसलाई एकसाथ हेर्दा इमान्दारिताका साथ के पाइन्छ भने बुर्जुवा डेमोक्रेसी नै बच्नेवाला नभएपछि सोसलिस्ट डेमोक्रेसीको कुरो धेरै टाढा देखिन्छ । बुर्जुवा डेमोक्रेसीलाई खुद बुर्जुवावर्गले नै समाप्त पार्ने प्रयासमा छन्, खुद क्यापिटालिजम जुन छ, डेमोक्रेसीलाई लिएर आएको छ, त्यो डेमोक्रेसीलाई यहाँ मास्न चाहन्छन् । कम्युनिष्टले आफ्नो रणनीति तयार गर्नमा जहिले पनि प्राक्टिकल्ली असफल हुँदै आएका छन् । यसकारण असफल हुँदै आएका छन् कि कोसँग पहिले लड्ने ? त्यसपछि कोसँग लड्ने ? शत्रु कुन ठूलो हो र कुन सानो हो ? सानो दुश्मनसँग दोस्ती गरेर ठूलो दुस्मनलाई पराजित गर्न सकिन्छ भन्ने रणनीतिमा कम्युनिष्ट जहिले पनि असफल हुँदै आएको छ । शुद्धतावादको जुन चिन्तन छ कम्युनिष्टमा शतप्रतिशत शुद्धता । यही सोचले यिनीहरूलाई बारम्बार फसाउँदै आएको छ । यही सोचको कारण कम्युनिष्टलाई बारम्बार कमजोर बनाइरहेको छ । नत्र देशभित्र या दुनियाँमा कति किसिमका माक्र्सवादी छन्, कति किसिमका ब्राकेटधारी कम्युनिष्ट छन् थाहा पनि छैन ।

आजको समयमा आफ्नो फरक विचारलाई कम ध्यान दिएर युनिटी जहाँ जस्तो बन्छ, उसलाई बढी ध्यान दिनु जरुरी देखिएको छ । यसो गरेमा जातीय, क्षेत्रीयवादी सोच भएका स–साना च्याँखे दाउका राजनीतिक दल हौं भन्नेहरू स्वतः हराएर जानेछन् ।
जब हामी लेफ्ट भन्छौ, लेफ्टको अर्थ सिर्फ कम्युनिष्ट पार्टी मात्र होइन, यसको मतलव लालझण्डावाला मान्छे होइनन् । हाम्रो देशमा जब लेफ्टलाई बुझिन्छ, यहाँ ३ प्रकारका लेफ्ट धारा छन् । सोसल जस्टिस फोर्स, सोसलिस्ट फोर्स र कम्युनिष्ट फोर्स । यी ३ फोर्सलाई मिलाएर हामी लेफ्ट भन्न सक्दछौं । परिवर्तन वाहकको रूपमा, नजिकको मित्रको रूपमा कम्युनिष्टले चिन्नु पर्दछ यस्ता फोर्सलाई ।

हामीले यो पनि बुझ्नु आवश्यक छ कि व्यक्तिको फोकसले विचारधारालाई गौण बनाउँछ । जब हामी विचारधाराको कुरो गर्छौं, सामाजिक उचनिच र छुवाछुतको विरोध गर्छौं, यो विचारधारा बोक्ने जति पनि मान्छेहरू छन् चाहे त्यो हिन्दु होस्, मुसलमान होस्, शिख होस्, इसाइ होस्, गोरा होस्, काला होस्, ब्राह्मण होस्, दलित होस्, महिला होस् या पुरुष सबैलाई एउटै मञ्चमा आउन जरुरी छ ।

अन्तमा, यो मेरो लेखप्रति सहमति छ भने सहमत हुनुहोस्, असहमति छ भने असहमत हुनुहोस् । त्यही नै लोकतन्त्र हो, यस कुराको अधिकार तपाईंलाई संविधानले दिएको छ र यसै संवैधानिक स्वतन्त्रताको पक्षमा सङ्घर्ष गर्नमै हाम्रो धेरै पुस्ता बित्यो ।
– हेमप्रकाश चोङ्वाङ, उर्लावारी