धनकुटा । मध्य पहाडी लोकमार्गमा निर्माण कम्पनीको लापरबाहीका कारण वर्षेनी यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।
धनकुटाको हिले हुँदै लेगुवासम्मको मध्यपहाडी लोकमार्गमा यात्रुले सास्ती खेप्ने गरेका हुन् । पानी परेलगत्तै यो मार्गमा कष्ट शुरु हुन्छ । सवारी साधनहरूसमेत सहज रूपमा सञ्चालन हुन सक्दैनन् । जसको प्रभाव यात्रुले खेप्दै आएका छन् । हिउँदको मौसममा धुलाम्मे र बर्खाको समयमा हिलाम्मे हुने सडक निर्माण कम्पनीले सदैव वेवास्ता गर्ने गरेको छ ।
त्यसको प्रत्यक्ष प्रभाव यात्रु र यातायात व्यवसायीले खेप्दै आएका छन् । अब वर्षात् शुरु हुन केही महिना मात्रै बाँकी छ । तर, हिउँदका बेला पर्ने वर्षात्ले पनि प्रभावित बनाउने गरेको यात्रुहरू बताउँछन् । सडक खन्दा निस्किएका माटोको व्यवस्थापन नर्गदा पैदल यात्रुले समेत सास्ती खेप्ने गरेका छन् । हिले–पाख्रिबास–लेगुवा हुँदै भोजपुर तथा सङ्खुवासभातर्फ चल्ने अधिकांश सवारी साधन प्रभावित बन्ने गरेका हुन् । हिलेदेखि पाख्रिबाससम्मको करिब ७ किलोमिटर सडक वर्षात्का कारण हिलाम्य हुने र सवारी साधन भासिने गर्दा दैनिक दर्जनौ सवारी साधन घण्टौंसम्म रोकिने गरेको स्थानीयहरु बताउँछन् ।
सडकमा पक्कि पुल निर्माण गरिएको केहि स्थानमा अत्यधिक समस्या रहेको चालक भक्त राईले बताए । हिलेबाट संखुवासभाको खाुदबारीसम्म यात्रु लिएर जाुदा सडक निर्माण भइरहेको स्थानमा वैकल्पिक मार्ग समेत व्यवस्थित नगरिंदा दैनिक घण्टौंसम्म यातायात साधन जाम हुने गरेको उनले जानकारी दिए । सडक निर्माणका क्रममा थुपारिएको माटो वर्षात्ले हिलाम्य बनाउँदा पैदल यात्रु समेत हिडडुल गर्न नसक्ने अवस्थामा रहेको स्थानीय ज्ञानवहादुर गुरुङ्गले बताए ।
हिले बजारदेखी पाख्रिबास वजारसम्मका विभिन्न स्थानका साना खोला खोल्सीहरुमा ११ वटा पुल निर्माण र सडकको डूेनको व्यावस्थापन भैरहेको छ । पुल निर्माण भइरहेका स्थानमा बनाईएका वैकल्पिक मार्ग व्यवस्थित नगरिदा अधिकांस सवारी साधन फस्ने गरेका छन् । कम्तिमा ७ किमी सडकमा यातायात अस्तव्यस्त हुने गरेको चालक घनश्याम राईले बताए । ‘विकल्पको रुपमा निर्माण गरिएको टूयाक समेत देखावटी मात्र खनिएको छ’, उनले भने, ‘घण्टौंसम्म गाडी फस्ने र यात्रुहरु अलपत्रको विचल्लि देखेर हैरानी भइसकियो ।’ उनले भने चैत्रको दिन मै यस्तो छ, ततकाल सडक नवानाउने हो भने असार श्रावणमा के हालत हुनछ, अहिले पनि दर्जनौ यायतातको साधान फस्ने गरेको बताए ।
उक्त सडकको निर्माणमा सम्लग्न प्राविधिकले भने क्षमता भन्दा बढि भारका सवारी तथा ढुवानी साधन सञ्चालन भएका कारण समस्या उब्जिएको दावी गरेका छन् । कञ्चनजंघा निर्माण सेवाका साइड इन्चार्ज टेण्डी शेर्पाले अत्यधिक भारका कारण सामान्य वर्षात हुँदा पनि सवारी साधनहरु भासिने गरेको बताए । तर हिलेदेखि भोजपुर तथा संखुवासभातर्फ चल्ने हल्का यात्रु वाहक सवारी साधन समेत भासिने गरेका छन् । विगत २ वर्ष देखि उक्त स्थानमा अत्यधिक समस्या उब्जिने गरेको छ । उक्त स्थानमा यातायात नियमित बनाउन प्रशासनले समेत उचित पहल नगरेको जनगुनासो छ । हिलोमा घण्टौंसम्म सवारी साधन भासिएर आवात जावतमा ठूलो समश्या भएको संखुवासभाका यात्रुले गुनासो गरेका छन् । बढिमा ५, ६ घण्टाको हिले(खाुदबारीसम्म यात्रा गरेर पुगिने स्थानमा दोब्बर समय लाग्ने गरेको ती यात्रुले बताए ।
यसैगरी निर्माण भइरहेको सडकमा प्रयोग गरिएका निर्माण सामाग्री अत्यन्त कमसल रहेको गुनासो समेत बढेको छ । पाख्रिबासका सोभित निरौलाले बालुवा, गिटी, रड समेत कमसल प्रयोग गरिए पनि सम्बन्धित पक्षको ध्यान नगएको बताए । निर्माण गरिएका अधिकांश सडकमा मेसीनरी वाल, डूेन, ढलानको काममा मापदण्ड विपरित काम हुँदा पनि नियमनकारी निकाय मुकदर्शक भैरहेको निरौलाले गुनासो गरेका छन् । आर्थिक वर्ष ०७५/०७६ को असार मसान्तसम्ममा हिले देखी लेगुवासम्मको २६ किलो मिटर कालपत्रे गरिक्नु पर्ने भएपनि हालसम्म सडक कालपत्रे गर्ने काम थालिएको छैन ।
सडक निर्माण कार्यको जिम्मेवारी विरुवा सन्तोषी(रौता कन्टूक्सन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि टेण्डी शेर्पाले निर्माण कार्य भैरहेको दावी गर्दै आएका छन् । सडकको निर्माण कार्य भैरहेको भनिए पनि कछुवाको गतिमा भैरहेको सर्वसाधरणले अनुभुती गर्दै दैनिक रुपमा सास्ती भोगीरहेका छन् । हिले पाख्रीवास सडक खण्डमा यो वर्ष पनि सडक नवन्ने हो भने वर्षायाम भरी सावारी साधन आवातजावतमा यात्रुले गम्भिर समश्या वेहोर्नु पर्ने निश्चित छ ।