१. कुनै पनि आग्रह पूर्बाग्रह रहित भएर आज हामीले ३÷४ सय बर्षको लागि ठोस सोच र योजना बनाउनु आवश्यक छ । श्रेष्ठतम विधि तरिकाले प्राकृतिक सम्पदा स्रोत साधनलाई उपभोग बिधि लागु गरी असल तौर तरिकाले भोगचलन गर्ने र गराउने ।
२. प्रादेशिक शहर र राजधानी बनाउदा केन्द्र स्थान रोजाईमा लिने ।
३. खेती योग्य मलिलो जमीनलाई बचाउमा ध्यान दिने । थोरै भन्दा थोरै मात्रामा मात्र मलिलो भूमि नोक्सान भए राम्रो । कोशी, गण्ड्की, कर्णाली नदी खोच किनार(बेसिन)लाई अधिकतम मात्रामा शहरर बस्ती ब्यबस्थापन गर्ने र गराउने ।
४. १ नं प्रदेशको लागि चतरा क्षेत्रमा राजधानी केन्द्र बनाई गाईघाट देखि मोरङ्गको केराबारीसम्म आधुनिक शहर(smart city) तर्जुमा गर्ने ।
५. यसरी भौतिक ब्यबस्थापनको सहज बनाउनु उतम हुनेछ । उर्बर भुमिको बचाउ साथै खानेपानी ब्यबस्था मिलाउनु सजिलो समेत हुने छ ।
६. केही टाठा–बाठाको क्षणिक स्वार्थमा हाम्रो भावी सन्ततीलाई दुख र कष्टमा डुबाउनु हुदैन । अनि हामीले पार्टीगत दम्भ साथै उच्चजातीय अहंकार र स्थानिय जातीय अहंकारको आधारमा निधो र झगडा कदापि नगरौ । भाबी दरसन्तानले दुख कष्ट दिने दिलाउने कार्य आजै बन्द गरऔ ।