प्रदेश १ धेरै कुरामा विशेष छ । सबैभन्दा होचो भूभागदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म यही प्रदेशमा पर्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विभिन्न कुराले प्रदेश १ विशेष छ । अझ शिक्षामा काठमाडौं उपत्यकापछि पूर्वलाई विशेष मानिन्छ । 
केही यस्ता शिक्षाका विषयहरू छन् । जुन प्रदेश १ मा मात्रै पढाइ हुन्छ । देशभरको प्रतिनिधित्व गर्ने केही प्राविधिक विषयहरू प्रदेश १ ले नेतृत्व गर्छ । जुन देशभरकै विद्यार्थीहरू अध्ययन गर्नका लागि प्रदेश १ मा आइपुग्छन् । प्राविधिक विषयमा प्रदेश १ मा धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा कृषि इञ्जिनियरिङ, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा न्यूटिूसन एण्ड डाइटिसियन र मेची क्याम्पस भद्रपुरमा टी टेक्लोनोली एण्ड म्यानेजमेन्ट विषय हुन् । 
 
कृषि इन्जिनियरिङ
पूर्वाञ्चल इन्जिनियरिङ धरानमा मात्रै पढाइ हुने विषय कृषि इन्जिनियरिङ हो । जुन अन्यत्र पढाइ हुँदैन । शैक्षिक सत्र २०५७÷०५८ सालदेखि पढाइ हुने यो विषयमा शुरुवाती दिनमा २४ जनाबाट शुरु गरिएको थियो । शैक्षिक सत्र २०६७÷०६८ देखि भने ४८ जना विद्यार्थीहरूले पढ्न पाउँछन् । रोजगारमूखी शिक्षा भएकाले पनि विद्यार्थीको रोजाइको केन्द्र हुने गरेको छ । र, अन्यत्र पढाइ नहुने गरेकाले पनि देशभरका विद्यार्थीहरू कृषि इन्जिनियरिङका लागि यही नै आइपुग्ने गरेको कृषि इन्जिनियरिङ विभागका विभागीय प्रमुख जावेद आलमले बताए । ‘अन्यत्र नभएका कारण कृषि इन्जिनियरिङका लागि यही नै विद्यार्थीहरू आउने गरेका छन् ।’ उनले भने । 
इन्जिनियरिङमा खनजोत उपकरण, बीउ छर्ने, गोड्ने, भण्डारण गर्ने र विषादी छर्किने, भूसंरषण र नवीकरणीय उर्जासम्मको विषयमा जानकारी हुन्छ । अहिले नेपालमा झण्डै ६८ प्रतिशत कृषि पेशा नै अपनाउने गरिन्छ । सरकारी कोटा र पेइङ कोटा गरी कुल ४८ जना विद्यार्थीहरूले एक शैक्षिक सत्रमा भर्ना हुन पाउँछन् । सरकारी कोटामा १२ जना जसले न्यूनतम शुल्कमा अध्ययन गर्न पाउँछन् भने ३६ जना पेइङमार्फत् अध्ययन गर्न पाउँछन् । जसमा एक सेमेस्टरमा ७० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च लाग्छ । कृषिमा बढीभन्दा बढी उत्पादन गर्ने विधिका विषयमा पढाइ हुन्छ । यसले कृषिलाई उद्योगतर्फ डो¥याउने काम गर्दछ । कृषि इन्जिनियरिङमा सिभिल इन्जिनियरिङको ३० प्रतिशत, मेकानिकल इन्जिनियरिङको ३० प्रतिशत र कृषिको ४० प्रतिशत मिश्रण हुने गरेको छ । कृषि इन्जिनियरिङमा अध्ययन गर्नेहरू माटो, सिंचाइ, नवीकरणीय उर्जासँग सम्बन्धित रहेर काम गर्न सक्छन् । कृषिका लागि चाहिने औजार तथा समाग्रीहरु पनि उत्पादन गर्नमा सहयोग पु¥याउँने प्राध्यापक यमकुमार राईले बताए । उनका अनुसार भूमिलाई भौतिक, रसायनिक क्षयीकरणलाई बचाउनका लागि पनि यो शिक्षाले महŒवपूर्ण भूमिका खेल्दछ ।  
 
इन्जिनिरिङ पूरा गरेलगत्तै रोजगार
रोजगारमूखि शिक्षा भएकाले पनि कृषि इन्जिनियरिङ सकेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा रोजगार पाइहाल्छन् । जसमा विशेष गरी सिंचाइ विभाग, कृषि विभाग, भू(संरक्षण तथा वन मन्त्रालयलगायतका निकायमा रोजगारीको अवसर सिर्जना हुन्छ । पछिल्लो समय आधुनिक परियोजनालगायतमा रोजगारीको अवसर सिर्जना हुने गर्दछ । हालसम्म १५ भन्दा बढी व्याज निस्किसकेका छन् । ‘आधुनिक कृषिका लागि कृषि इन्जिनियरिङ निकै राम्रो विषय हो ।’ प्राध्यापक राईले भने, ‘तर, हाम्रोजस्तो देशमा यसको महŒव बुझिएको छैन ।’ 
विभागीय प्रमुख आलमले हालसम्मको नतिजा हेर्दा यहाँबाट ग्राजुएट भएर गएकाहरू देशभरी नै फैलिएका छन् । रोजगारीको सतप्रतिशत सम्भावना हुने गरेको छ । ‘प्रोफेसनल हिसाबले सेलेवल नै विषय हो । सतप्रतिशत रोजगार हुन्छ भनेर ठोकुवा गर्नुहुँदैन त्यो विद्यार्थीमा पनि भर पर्छ ।’ उनले भने । 
 
पोषण तथा आहार विज्ञान
पोषण तथा आहार विज्ञानलाई अनिवार्य गर्नुपर्ने भन्दै राष्टिूय योजना आयोगको सचिवालयले २०६१ सालमा प्रस्ताव गरेपछि यो विषयले नेपालमा स्थान पाएको हो । २०६२ सालमा पोषण तथा आहार विज्ञानलाई आयोगले प्रमुखताका साथ राखे पनि झण्डै ५ वर्षपछि मात्रै त्रिभुवन विश्वविद्यालयले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई स्वीकृति दियो । २४ जनाको कोटाबाट शुरु गर्दै अहिले ३० जना कोटा रहेको छ । यो विषय पढ्नका लागि प्रवेश परीक्षाबाट शीर्ष ६ मा पर्ने विद्यार्थीले न्यूनतम शुल्क तिरेर पढ्न पाउँछन् भने अन्यले १ लाख, ३ लाख र ४ लाख डोनेसनमा पढ्न पाउने व्यवस्था रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख डा. धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ६ जनाले प्रतिस्पर्धामार्फत् चार वर्षे कोर्ष ६० हजार रुपैयामा पूरा गर्छन् भने ४ जनाले १ लाख, १६ जनाले ३ लाख र ४ जनाले ४ लाख रुपैयाँ डोनेसनमा पढ्न पाउने व्यवस्था छ । शैक्षिक सत्र २०७४÷०७५ बाट २४ बाट बढेर ३० जना पुगेका हुन् । 
स्नातक लेभलमा नेपालभरीमा पढाइ हुने यो मात्रै एक्लो क्याम्पस हो । हालसम्म ५ वटा ब्याच उर्तीण भइसकेका छन् । स्नातक लेभलमा अहिले पनि हात्तीसारमा मात्रै पढ्न पाउँछन् । वार्षिक २ सय ५० भन्दा बढी विद्यार्थीहरूले पोषण तथा आहार विज्ञानका लागि प्रतिस्पर्धा गर्ने गरेका छन् । ६ जनाको कोटामा यो सङ्ख्यामा आउने गरेको प्रमुख डा. कार्की बताउँछन् । 
 
रोजगारको सुनौलो अवसर
पोषण तथा आहार विज्ञान पढ्ने विद्यार्थीहरूले अस्पताल, होटल तथा रेस्टुँराहरूमा अवसर प्राप्त गर्छन् । तर, सरकारी नीतिका कारण स्नातक गरेका विद्यार्थीहरू अन्य क्षेत्रमा काम गरिरहनु परेको छ । अस्पतालमा अनिवार्य रूपमा पोषण पढेका विद्यार्थीहरू राख्नुपर्ने प्रावधान छ । तर, सरकारले त्यो अवस्था सिर्जना नर्गदा न्यूनतम विद्यार्थीहरूले मात्रै अस्पतालमा रोजगार पाइरहेको प्रमुख कार्कीले बताए । त्यस्तै जिल्लामा पोषण अधिकृत राख्नुपर्ने प्रावधान छ । त्यो पनि अहिले हुन सकेको छैन । सन्तुलित आहार, खानेकुराको कमी हुने वा कुपोषणको प्रभावलाई हटाउनु यसको मूख्य ध्येय हो । 
 
नौलो विषय
नेपालको लागि यो नौलो विषय भए पनि अहिले भने झण्डै एक सय ५० भन्दा विद्यार्थीहरू उर्तीण गरेका छन् । चार वर्ष कोर्षमा दुई हजार पुणाङ्कको २२ वटा विषयहरू अध्ययन गर्नुपर्छ । नेपालमा त्यसअघि विदेशमा अध्ययन गरेर आएका विद्यार्थीहरूले काम गर्दै आएका थिए । स्टार होटलहरू, खाद्य उद्योग, खेलकुद क्लब, जिमखाना, आर्मी तथा विद्यालयको होष्टललगायत क्षेत्रमा पोषण विज्ञको माग ठूलो छ ।
 
टि टेक्नोलोजी एण्ड मेनेजमेण्ट
झापाको मेची बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०६८ /०६९ देखि टी टेक्नोलोजी एण्ड म्यानेजमेन्ट पढाइ शुरु गरेको छ । जुन अन्य प्रदेशमा यो विषयमा पढाइ हुँदैन । झापा र इलाम गरी झण्डै १ सय ४१ व्टा चिया उद्योगहरू छन् । जहाँ प्राविधिक जनशक्तिको अभाव छ । त्यहाँ भारतबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता छ । 
मेची क्याम्पसका विद्वानहरूले नै चार वर्षे पाठ्यक्रम डिजाइनिङ गर्दै शुरु गरेको यो विषयमा २४ वटा कोटा रहेको छ । विज्ञान विषयमा आइएस्सी वा प्लसटु सकेका विद्यार्थीहरूले अध्ययनको अवसर प्राप्त गर्छन् । त्रिभुवन विश्वविद्यालयल अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानले यो शिक्षा लागू गरेको हो । नेपालमा राष्टिूय चिया तथा कफी नीति पारित गरेको छ । तर कार्यान्वयन पक्ष फितलो बन्दा चिया शिक्षा लिएका जनशक्ति खपत हुन सकिरहेको छैन । सस्तो मूल्यमा रोजगार गर्नुपर्ने बाध्यता छ । जसले गर्दा पनि यो शिक्षाप्रति विद्यार्थीहरूको आर्कषण घटेको अनुमान गर्न थालिएको छ । 
किनकी शुरुवातमा २१ जनाले यो शिक्षा लिएका थिए । पछिल्लो दुई वर्ष यतादेखि विद्यार्थीहरूले यो विषय अध्ययनका लागि नआएको मेची बहमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पाठ्यक्रममा चियाको लागि माटो परीक्षण, नर्सरी लगाउने, चियाको बुटा रोप्ने, स्याहार गर्ने देखि लिएर टिप्ने र प्रसोधन गर्ने प्रविधिको बारेमा पढ्न पाउँछन् । र, उत्पादित चियालाई अन्तर्राष्टिूय बजारसम्म पु¥याउनका लागि पनि व्यवस्थापनको प्रविधिको विषयमा पनि पढाइ हुने गरेको छ । नेपालमा विक्रम सम्वत १९२० देखि नेपालमा चिया खेती शुरु भएको मानिन्छ । नेपालमा विस्तार भइरहेका उद्योगहरूमा विषय विज्ञको आवश्यकता पर्छ । तर, अहिले त्यो स्तरमा जान नसकेको कारण विद्यार्थीहरूको आर्कषण घटेको हुन सक्ने प्रमुख भट्टराईको अनुमा छ । सिटीसी, अर्थोडक्स, र ग्रिन टीहरू उत्पादन भइरहेको छ । ‘अपचुनिटी नभएको होइन । तर, विद्यार्थीको आर्कषण किन घट्यो हामी पनि अनभिज्ञ छौं,’ उनले भने, ‘पूर्वी क्षेत्रमा मात्रै चिया सीमित भएर पनि होला ।’