व्यवसायिक हकहितका लागि २०२० सालमा स्थापित सुनसरी उद्योग वाणिज्य संघको यही जेठ २७ गते हुने चुनावमा वाणिज्य, उद्योग, वस्तुगत र एसोसिएटतर्फ तीव्र प्रतिस्पर्धा छ । ९ हजार बढी व्यवसायी धरानमा छन् । दर्ता भएका २५ सय मात्र छन् । यही सेरोफेरोमा उवासंघमा उम्मेदवारी दिएका उपलब्ध सदस्यहरूलाई संघमा तपाईंको उम्मेद्वारी केका लागि भनेर सोधका थियौ । प्रस्तुत छ उनीहरूको जवाफः 

 सिसि क्यामेरा सोलार वत्ति पुनः सञ्चालन गर्छु ।sitaram

सीताराम आचार्य ( वाणिज्य सदस्य उमेद्धार ) मैले दुई कार्यकाल संघको कार्य समितिमा रहेर यस क्षेत्रको समस्याहरुको धेरै अनुभवहरु बटुलिसकेको छु । मैले समितिमा रहदा या नरहदा व्यापारी, व्यवसायी तथा उद्धाेगीहरूको समस्यामा साथ र सहयोग गर्दे आएको छु । म कार्य समितिमा रहँदा गरिएका कामहरू प्रभावकारी रूपमा भएका छैनन् तिनीहरूलाई सुचारु र सुधार गर्न जरुरी छ, जस्तै धरान बजारमा सिसि क्यामेरा लगाउने काम भए तापनि हाल बिग्रिएर काम नचल्ने अवस्थामा छन् । त्यस्तै सोलार वत्तीको अवस्था पनि त्यस्तै छ । फेरी कार्यसमितिमा गएर त्यसको सुधार गरी सु्चारु गर्ने छु ।

 

rajesh

भविष्यमा अध्यक्ष भएर यहाँ भित्रका समस्याहरूको निराकरण गर्नेछु

राजेश अग्रवाल ( वाणिज्य सदस्य उमेद्धार) मैले सिक्ने क्रममा कार्यसमिति सदस्य भएर काम गरे अहिले कोषाध्यक्षको रूपमा काम गरिरहेको छु, जसले मलाई संघ भित्रका समस्या र सामधान गर्ने बाटो देखाएको छ । मेरो लक्ष्य भनेका भविष्यमा अध्यक्ष भएर यहाँ भित्रका समस्याहरूको निराकरण गर्दै नयाँ योजनाका साथ संस्था तथा व्यापारी, उद्योगीलाई अघि लानु हो त्यसकारण मैलैे उमेद्वारी दिएको हो ।

 

prem

धरानलाई चिनाउने गरी व्यापार गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्न दबाव दिन्छु

प्रेमप्रसाद पराजुली (वाणिज्य सदस्य उमेद्धार) धरानको सम्पूर्ण सरकारी कार्यालयहरू सरेर गइसके, ठूलो व्यपार पनि सरिसकेको अवस्था छ । म धरान भित्रको व्यापार क्षेत्रको भएकाले विगतमा सामाजिक क्षेत्रमा कामहरू धेरै गरिए तापनि कतिपयकामहरू पद र ओहादाका कारण अप्ठ्यारा परे ति अप्ठ्याराहरूलाई चिर्नका लागि मैले मेरो उमेद्धवारी दिएको हो । म एउटा व्यवसायी हूँ मैले कर तिर्नु पर्छ त्यो मेरो दायित्व हो, सँगसगै त्यो व्यवसायको प्रर्वधन गर्नु सम्बन्धित सरकारको कतर्व्य पनि हो । यस क्षेत्रको व्यापार व्यवसाय कसरी राम्रो बनाउने,  रोजिरोटी कसरी बढ्छ भन्ने  स्थानीय सरकार, प्रदेश सरकार सबैले सोच्नु पर्छ । त्यो सोच्न बाध्य पार्ने अभियान अन्तर्गत नै मेरा मुद्धाहरू रहने छन् । भारतमा मुरादावादले पित्तल नगरीको नाम कमाएको छ, महिशोकले अगरवत्तीमा, शिल्कमा नाम कमाएको छ । त्यस्तै धरानमा कुन व्यापारलाई ल्याउने कुनमा फोकस गर्ने भन्ने हुनु पर्दछ । धरानमा सटर भाडामा लिएर कसैले व्यापार गरेको खण्डमा व्यापार अलि राम्रो हुदै जाँदा घरवेटीलाई महँगो भाडा दिन अर्को आउने र व्यापार गरीरहेकालाई पलायन गर्नेदेखि लिएर खालि सटर बेचेर पैसा कमाउन सोच बनाउने प्रथाको नियन्त्रण गर्नुपर्छ ।

subhekxha

सबै खाले समस्यालाई साझा बनाएर समाधान गछौं

शुभेच्छा अधिकारी श्रेष्ठ ( वाणिज्य सदस्य उमेद्धार ) मैले आफ्नो कार्य क्षेत्रमा काम गर्दा देखेका समस्याहरू जति पनि छन् तिनीलाई संगठित भएर पहिचान गरेर सामधान गर्न सकिनै रहेछ भन्ने बुझेको छु । यस्तोमा सुनसरी उद्योग वाणिज्य संघ भनेको सम्पूर्ण खाले व्यवसायीहरूको छाता संगठन भएकाले त्यहाँ पुगेर सम्पूर्ण व्यावसायिक क्षेत्रको समस्याहरूको भोगाइ र सिकाइलाई एकअर्कामा लगेर संगठित रूपमा समाधान गर्नको लागि हो । विशेषगरी महिला व्यवसायीको हकमा विभिन्न प्रकारका समस्याहरू छन् । जस्तैः कार, मार्केटिङ, लोन, फिनिस प्रोडक्ट निकाल्नका लागि राम्रो तालिमको खाँचो, औजारहरूको अभावजस्ता समस्याहरू छन् । ति समस्या समाधानमा मेराे पहिलो प्राथमिकता हुने छ । सबै खाले समस्यालाई सबैको साझा समस्या बनाएर समाधान गर्ने प्रयत्न हुने छ ।

 

ranjit

आफ्नो छाता संगठनप्रति तिक्तता हटाउँछु

रञ्जित चौधरी (वाणिज्य सदस्यको उम्मेदवार ) सुनसरी उद्योग वाणिज्य संघले नाम अनुरूप उद्देश्य प्राप्त गर्न सकिरहेको छैन । व्यावसायीहरू धेरै भए पनि संघमा अधा पनि अावद्ध भएका छैनन् । आवद्ध भएकाहरू पनि सदस्यता नवीकरण गराइरहेका छैनन् । यो पुरानो संगठन भए पनि हाल व्यापारीहरुले निष्कृय भएको महसुुस गरेको मैले बुझेको छु, यस्तो अवस्थामा संगठन बचाउन व्यापारीहरूले आवद्ध जनाएर मेरो हो भन्ने भावना जागृत हुन जरुरी छ । त्यसका लागि मेरो उमेद्धवारी हो । विजयी भएको खण्डमा व्यापारीहरूको आफ्नो छाता संगठनप्रति बढ्दै गएको तिक्ततालाई चिरेर संगठनमा गर्वका साथ संगठनमा अवद्ध हुने वातावरण निर्माण गर्न मेरो भूमिका रहने छ ।

 

ashok

संघप्रति व्यापारीको आस्था बढाउछु

अशोक जैन डाँगा (वाणिज्य सदस्य उम्मेदवार ) संघप्रति व्यापारीको आस्था घट्दै गएको छ, त्यो किन भएको हो भनेर खाेजी गरी सामधान गर्नका लागि मेरो उम्मेदवारी हो । विगतमा व्यापारीहरू आफै स्वतस्फूर्त रूपमा दर्ता तथा नवीकरण गराउने गरे पनि हाल दर्ता भएकाहरू पनि नवीकरण गर्न इच्छुक छैनन्, संस्था बचाउन पनि व्यापारीहरूको ऐक्यबद्धता आवश्यक हुन्छ त्यसका लागि सदस्यता आवश्यक छ । सुनसरी उद्योग वाणिज्य संघले मात्र यसभित्र रहेका व्यापारी तथा उद्योगीहरूको हकहितको संरक्षण गर्न सक्छ भन्ने भावना जागृत गर्ने मेरो भूमिका रहन्छ । बिभिन्न व्यवसायको अनुभव छ, सरल र सहयोगी स्वाभावका कारण व्यापारीहरूले मलाई भोट दिनेछन् ।

 

 

sashi-sha व्यवसयाीको बिमा गराउँछु

सशी साह (वाणिज्य सदस्य उम्मेदवार) यो अवस्थामा मेरो एजेण्डा भनेको संस्थामा व्यापारी, औद्योगी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता गराउनु हो । ‘एउटा फर्म नवीकरण गर्न वार्षिक पाचँ सय लाग्छ । त्यो पाँच सयमा एक सय त्यही व्यवसायका संचालकको अथवा त्यो व्यवसायको इन्सुरेन्स गरी दिउ भन्ने मेरो भनाइ हो ।’ भोट दिएपछि अध्यक्ष तथा सदस्यले नवीकरण गरिदिन्छन् भन्ने र गर्ने काम भएको छ, यो उम्मेदवारलाई भार पनि भएको छ । यो गलत प्रवृति हटाउन इन्सुरेन्स गर्ने हो भने आपतकालीन अवस्थामा सदस्यहरूलाई केही राहत हुने छ र सदस्ता लिन व्यापारी, उद्योगी तथा व्यवसायी लालायित हुनेछन् जसले एकीकृत गर्न सहज हुनेछ ।

 

 

amit समास्यालाई उठान गरी समाधान गर्ने छु

अमित अग्रहरी (वाणिज्य सदस्य उम्मेदवार) नयाँ व्यवसाय गर्ने क्रममा विभिन्न प्रकारका समस्याहरू आएका छन्, अरुले भोगेको पनि देखेको छु । धेरै व्यवसायीहरू ति समस्याको कुरा राख्ने ठाउँ नदेखिरहेका अवस्थामा निजी क्षेत्रको कुरा राख्ने ठाउँ सुनसरी उद्योग वाणिज्य संघमा आफ्नो र ति साथीहरू जाे आफ्ना समस्या राख्ने ठाउँ देखिरहनु भएको छैन उनीहरूको कुरा राख्नका लागि पनि मैले पहिलो पटक आफ्नो उम्मेदवारी दिएको हुँ । सस्थाको दायित्व हो कि आफ्ना सदस्यहरूलाई आइपरेका पीरमार्कामा साथ दिनु सुनसरी उद्योग वाणिज्यको हकमा जस्ताे: भ्याट, घरवाहल, लेवर, ट्रास्पोटेसन लगायतकाको उचित सम्वोधन र निराकारण लागि संबन्धित क्षेत्र तथा निकायमा पहल कदमी गर्नु, व्यवसाय घटेको अथवा बढेको छ भन्ने मूल्याङ्कन पनि नगरेका व्यवसायीहरूको गुनासो रहेको छ । विधान संसोधन गर्न जरुरी छ । करसम्बन्धी सामधानका लागि विगतमा उपसमिति रहेको भए पनि हाल निष्कृय रहेको छ । कर कार्यालयमा विगतमा छुट्टै चेम्बर रहेको भए पनि हाल छैन । विगतमा भिजन भए पनि पछि त्यसको  क्रमिक निष्कृयता बढ्दै गएको छ ।

 

dinesh व्यापारीमाथि हुने चन्दा आतङ्क राेक्छु

दिनेश राई (वाणिज्य सदस्य उम्मेदवार) अब व्यवसायीहरूको नेतृत्व गरेर व्यवसायीहरूमा हुने चन्दा आतङ्क निर्मूल गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । धरानमा राजनीतिक दलको आडमा केहीले विशेषगरी साना व्यापारीहरूमा चन्दा आतङ्क भयावह रहेको छ । त्यसका अलावा टोले गुण्डाहरूले पनि धम्की दिने र रकम असुल्ने गरेका छन् । स्थानीय प्रशासनले पनि व्यापारीको सुरक्षा दिन सकिरहेको छैन, म स्थानीय युवा हुँ, मैले आवाज उठाउनु पर्छ । त्यसैले मैले उम्मेदवारी दिएको हुँ । विगतमा पनि युवाको उम्मेदवारी त हुने गरेको थियो । तर उनीहरू भित्तामा नाम लेखाउन मात्र सफल भए । मेरो उम्मेदवारी भित्तामा नाम लेखाउन मात्र होइन । म मात्र सङ्घमा जाने होइन, युवा जोस, जाँगर पनि मसँगै जानेछ । व्यापारीका माझ चुनावताका मात्र नमस्ते गर्दै पुग्ने परिपाटी बस्यो । चुनाव जितेपछि व्यवसायीहरूमा फर्केर नजाने गर्छन् । मेरो विचार प्रष्ट छ । जो समय दिन सक्दैन, उसले सङ्घमा जान रहर गर्नु हुँदैन । व्यापारी तथा व्यवसायीहरूलाई भेट्ने तथा कार्यालयमा हाजिरसम्म हुन समय दिन नसक्नेहरूले उम्मेद्ववारी दिनु हुँदैन भन्ने मेरो मान्यता हो । सङ्घमा मेरो १८ घण्टा समय छुट्याउनेछु । ६ घण्टा आराम गर्नेछु ।