विराटनगर/ एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू उच्च माध्यामिक तहको शिक्षा लिन शुरु गर्दछन् । उच्च माध्यामिक तह भनेको करियरको आधार तयार गर्ने प्रवेश विन्दु हो । उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हो । विद्यार्थीले आफ्नो भविष्यको मार्ग चित्रण गर्ने बेला आएको छ ।

anil-shrestha

यस्तो बेलामा विद्यार्थीलाई यति बेला कलेज छान्ने मात्र नभई कस्तो कलेज छान्ने, साथीभाइको सुझाव कसरी लिने, अभिभावकको चाहाना र आफ्नो लक्ष्य कसरी मिलाउने, खर्चको जोहो अभिभावकले कसरी गर्छन् र करिअर प्रति आफू कसरी अघि बढ्ने भन्ने विषयमा अन्यौलताले सताउँछ ।

जस्तो विज्ञान, प्रविधिमा रुचि भएकाले विज्ञान सङ्काय रोज्न सक्छन् । आफ्नो रूचिअनुसारको विषय छनौट गरी भविष्य बनाउनेले विज्ञान सङ्कायमा पढ्न सक्छन् । यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सुन्दर भविष्यमा समेत प्रभाव पार्छ । त्यसैले उच्च माध्यमिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्दछ ।

विज्ञान विषय पढ्न चाहने विद्यार्थीले एसईई परीक्षामा २ जिपीए ल्याएर उत्तीर्ण भएको हुनुपर्दछ । लामो समयदेखि विज्ञान सङ्कायमा विराटनगरस्थित अरनिको उच्च माध्यमिक विद्यालयमा वायोलोजी अध्यापन गराउँदै आएको र यहाँ २ जिपीए ल्याएका विद्यार्थीले मात्र विज्ञान सङ्कायमा भर्ना हुन पाउँछन् ।

बढीमा जति पनि भए हुने प्राध्यापक विकाश खनालले बताए । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले गणितमा सी प्लस, विज्ञानमा सी प्लस, अङ्ग्रेजीमा सी, नेपालीमा डी प्लस र सामाजिकमा डी प्लस ग्रेड ल्याउनुपर्ने हुन्छ । कम्तिमा पनि पाँचवटा विषयमा तोकिएको अङ्क ल्याएको हुनुपर्ने नियम रहेको छ ।

विज्ञान पढ्ने रुचि भएमात्र विद्यार्थीको पढ्नेको बानीको विकास पनि हुने गरेको विकाश खनालले बताए । ‘साइन्स पढ्ने विद्यार्थीहरूले धेरै नै मेहनत गर्नुपर्ने हुन्छ,’ त्यही भएर प्रतिभाशाली विद्यार्थीे विज्ञान पढ्न निकै आकर्षित हुने गर्दछन् ।’ राम्रो पढाइसँगै विज्ञान पढ्ने विद्यार्थीको उज्ज्वल भविष्य रहेको उनले बताए ।

‘पहिलो कुरा त विद्यार्थीको रुचि हो । रुचिलाई प्राथमिकतामा राख्नुहोस् । त्यसपछिमात्र तपाईंको शैक्षिक क्षमता । रुचि र क्षमताको आधारमै आपूmले पढ्ने विषय छनौट गर्ने हो,’ उनले भने । विज्ञान पढ्दा धेरै फाइदा रहेको उनले बताए । ‘प्लस टु मा विज्ञान सङ्कायबाट उत्तीर्ण गरेपछि स्नातक तहमा जुनसुकै विषयमा पढ्न पाउँछन् । प्लस टुमा विज्ञान सङ्काय पढेका विद्यार्थीले स्नातक तहमा इन्जिनियरिङ्ग, मेडिकल फिल्ड, प्यारामेडिकल, एग्रिकल्चर, फरेस्टिकलगायतको जुनसुकै विषयमा पढ्न पाउँछन् ।

करियर जस्तो महत्वपूर्ण कुरामा सही निर्णय गर्न सक्ने क्षमता उनीहरूमा हुँदैन त्यसैले आमाबुबाले मार्गनिर्देशन गर्नुपर्ने प्रध्यापक खनालको सुझाव रहेको छ । ‘किशोर अवास्थामा भर्खर प्रवेश गर्दे गरेका उनीहरूको मन यो उमेरमा धेरै चञ्चल हुन्छ । उनीहरूको रुचि र प्राथमिकताहरू प्रायः बदलिरहन्छन् । अरूको लहैलहैमा लागेर वा दबावमा परेर कुनै कोर्षमा भर्ना भएको केही महिनापछि नै उनीहरूलाई त्यो पढन मन लाग्दैन र कलेज जान मन लाग्दैन ।

त्यसैले कुन विषय पढ्ने हो विद्यार्थीले त्यसैलाईे प्राथमिकतामा राख्नुपर्दछ ।’ विद्यार्थीहरूको रुवाती रुचि विचार गर्दै उनीहरूलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्ने उनले बताए । ‘आफ्ना बच्चाहरूलाई भविष्यमा उनीहरू के बन्न चाहन्छन् भनेर सोध्ने गर्नुपर्दछ,’ उनले भने, ‘यसै आधारमा उनीहरूलाई करियर रोज्न प्रेरित गर्नुपर्दछ ।’