रुसले पहिलो पटक चीनसँगै साझा हावाई गस्तीको अभ्यास गरेको बताएको छ । यसको जवाफस्वरुप दक्षिण कोरिया र जापानले तत्कालै आफ्ना लडाकु विमान उडाउनु प¥यो ।

रुसको रक्षा मन्त्रालयका अनुसार चार बमवर्षक विमान र लडाकू विमानको सहयोगमा जापान सागर र पूर्वी चीन सागरमाथि एक पूर्व निर्धारित मार्गमा गस्ती उडान गरिएको हो ।

यता दक्षिण कोरियाका अनुसार रुसी विमानले उसको हवाई क्षेत्रमा दखल दिएपछि आफ्नो लडाकू विमानले चेतावनी दिँदै फायरिङ गरिएको छ । जापानले भने यो घटना क्रमपछि कोरिया र रुस दुबैको विरोध गरेको छ ।

यो घटना विवादित डोकडा÷ताकेशीमा द्विपमाथि भएको हो । यो द्विपमा हाल दक्षिण कोरियाको प्रशासन रहेको छ । तर, जापानले पनि यसमाथि आफ्नो दावी गर्दै आएको छ ।

हालसालै रुसी र चिनिया बमवर्षक विमान र जासूसी विमानले यो क्षेत्रमा उडान गरेको छ । तर रुस र चीनका बीच भएको यस प्रकारको घटना पहिलो हो ।

2 6

के भन्छ रुस ?
रक्षा मन्त्रालयका अनुसार उसको स्ट्रेटेजिक मिसाइलयुक्त दुई टीयु–९५ एमएस विमानले दुई चिनियाँ होङ–६ को बमवर्षक विमानका साथ पूर्व निर्धारित मार्गमा तटस्थ जल क्षेत्रमाथि उडान गरेको थियो ।

यी बमवर्षक विमानसँगै लडाकू विमान र जासूसी विमान पनि थिए ।

टेलिभिजनमा प्रसारित एक वक्तव्यमा लेफ्टिनेन्ट जनरल सर्गेई कोबिलाशले भने, ‘एकै समय यो गस्ती दल एउटै रेखामा एकअर्काभन्दा दुई माइल टाढा उडिरहेका कयौ विमानको समूह बन्यो ।’

उनका अनुसार यस क्रममा ११ पटक विदेशी लडाकू विमानले तिनलाई पछ्याएको थियो । उनले दक्षिण कोरियाली पाइलटमाथि विवादित द्विपमा खतरापूर्ण प्रदर्शन गरेको आरोप लगाए । उनले दक्षिण कोरियाली विमानले छद्म फायरिङ गरेको पुष्टिसमेत गरे । विमानको यो समूह डोकडा÷ताकेसिमा द्विपदेखि २५ किलोमिटर टाढा रहेको बताए । उनले दक्षिण कोरियाली पाइलटले हावामा कावा खाएको आरोप पनि लगाए ।

3 5

यो गठबन्धनले अमेरिकालाई तनाब देला ?
बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कसका अनुसार एसिया प्रशान्त क्षेत्रमा रुस र चीनका लामो दूरीका बमवर्षक विमानका यो ‘साझा हवाई गस्ती’ रुस र चीनको बीच भइरहेको शक्तिशाली सैन्य गठबन्धन बलियो बनाउने सङ्केत हो ।

यद्यपि अहिलेसम्म दुवै देशले औपचारिक गठबन्धन गरेका छैनन् । तर उनीहरुको साझा अभ्यास भव्य र निकै परिष्कृष्त देखिन्छ । यी दुबै देश, जसका बीचमा केही विवाद छ । आर्थिक र सै्रन्य मोर्चामा एकअर्काको नजिक आइरहेका छन् । दुवैको विश्व दृष्टिकोण पनि उस्तै छ ।

पश्चिमी उदारवादी लोकतन्त्रका विपक्षमा छन् । यसको विकल्पको मोडेललाई प्रवद्र्धन गर्न आतुर छन् । आफ्नो राष्ट्रिय सम्प्रभुताप्रति निकै रक्षात्मक छन् र प्राय अर्काको तुलनामा कुनै न कुनै प्रकारको जोखिमपूर्ण यात्रा गर्न तयार छन् ।

यो अमेरिकी रणनीतिका लागि ठूलो चुनौती हो । यदि एकीकृत तर ओरालो लाग्दै गरेको रुस र उदयीमान चीनका बीच सम्बन्ध अझ बलियो भए अमेरिकाको तनाव बढ्ने निश्चित छ ।

आगामी केही वर्षमा चीन आर्थिक र प्राविधिक मोर्चामा अमेरिकाभन्दा अगाडि निस्कने देखिइरहेको छ ।

4 6

के भन्यो दक्षिण कोरियाले ?
दक्षिण कोरियाली सेनाका अनुसार पाँच विमानले मङ्गलबार बिहान स्थानीय समयअनुसार नौ बजे विमान प्रवेश गरेको थियो ।

एफ–१५ र एफ–१६ विमानलाई रोक्नका लागि तुरुन्तै उडाइएको थियो । सेनाका अनुसार उसले पहिले उल्लङ्घनका क्रममा मेसिन गनले २८० गोली प्रहार गरेको थियो ।

दक्षिण कोरियाले सुरक्षा परिषद्समक्ष आफ्नो विरोध दर्ता गराएको छ । र परिषद्सँग कारवाही गर्न माग गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा यो स्थितिलाई अत्यन्त गम्भीरतापूर्वक लिइएको र पुनः यस्तो भए कडा कदम उठाउने बताइएको छ । दक्षिण कोरियाले चीनसामू समेत विरोध दर्ता गरेको छ । चीनले भने दक्षिण कोरियाको ‘हवाई रक्षा पहिचान क्षेत्र’ उसको हवाई इलाकामा नपर्ने भएकाले जसले पनि यो क्षेत्रबाट उडान गर्न सक्ने बताएको छ ।

5 5

जापान के भन्छ ?
जापानी सरकारले दक्षिण कोरिया र रुस दुवैका विरुद्ध उजुरी गरेको छ । किनकि जापानले यो द्विपमा आफ्नो अधिकार रहेको दावी गर्छ । जापान सरकारका अनुसार रुसले उसको हवाई क्षेत्रको उल्लङ्घन गरेको छ ।

जापानले दक्षिण कोरियाको प्रतिक्रिया पछुतोपूर्ण रहेको समेत बताएको छ ।

के हो हवाई रक्षा पहिचान क्षेत्र?
एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) अर्थात् हवाई रक्षा पहिचान क्षेत्र त्यस्तो हवाई इलाका हो जसको निगरानी कुनै देशले आफ्नो राष्ट्रिय सुरक्षाको उद्देश्यले गर्दछ । विदेशी विमानलाई एयर डिफेन्स जोनमा प्रवेश हुनुपूर्व आफ्नो पहिचान बताउनु पर्ने हुन्छ ।

यो हवाई क्षेत्र राष्ट्रिय हवाई क्षेत्रदेखि निकै टाढासम्म हुन्छ, जसबाट कुनै सम्भावित खतरालाई मध्यनजर गर्दै पर्याप्त चेतावनी जारी गर्न सकियोस् । तर एडठीआईजेडमा कुनै अन्तर्राष्ट्रिय कानून मान्य हुँदैन किनकि स्वनिर्धारित सीमा अर्को देशको दावीसँग मिल्न सक्छ । यसै कारणले कयौं पटक यो नियम उल्लङ्घन पनि हुन सक्छ ।

6 4

पूर्वी चीन सागर क्षेत्रमा पनि यस्तै अवस्था छ किनभने त्यहाँ दक्षिण कोरिया, चीन र जापानका हवाई रक्षा पहिचान क्षेत्र एकअर्काको माथि छ ।
संयुक्त राष्ट्र संघको घोषणापत्रका अनुसार कुनै पनि राष्ट्रले आफ्नो जमिनको क्षेत्रमाथि र समुद्रमा किनारदेखि १२ नटिकल माइल टाढासम्मको हवाईक्षेत्रलाई नियन्त्रण गर्न सक्छ ।

यस विषयमा दक्षिण कोरियाले आफ्नो एडीआईजेडमा रुसी विमान प्रवेश गरेर निकै टाढासम्म पुगी द्विपमाथिको समेत आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

यद्यपि अन्य राष्ट्रहरुले भने यी द्विपमा दक्षिण कोरियाको सम्प्रभुता स्वीकार गरेका छैनन् ।

– बीबीसी