हालसम्मको ज्ञानमूलक शिक्षाले प्रमाणपत्र थुपार्ने काममात्र भयो, अब सीपमूलक शिक्षा दिएर व्यक्तिलाई सिर्जनशील र स्वरोजगारी बनाउन पहल आवश्यक छ । शिक्षा अब जनशक्ति विकासका लागि हुनपर्छ श्रममा दक्षता बढाउने कार्य शिक्षाले गर्नुपर्छ । शिक्षा सीपमूलक हुनुपर्छ ।

श्रमप्रति आस्था राखेर श्रम गर्ने बानीको विकास गर्नुपर्छ । श्रमउत्पादनमा वृद्धि हुन सक्नुपर्छ । उत्पादनलाई बजारमुखी बनाउनुपर्छ । त्यसैले शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकास गर्न सक्नुपर्छ । श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले समाज र देशको विकास हुन सक्दैन ।

जसकारण समाजमा अराजक भ्रष्टाचार विसङ्गतिमात्र जन्मिन्छ । हाम्रो शिक्षा प्रणाली दार्शनिक दृष्टिकोणबाट हेर्दा अध्यात्मवादी र आदर्शवादी छ । राजनीतिक निजी विद्यालयबाट उत्पादन भएका विद्यार्थीको पढाइ उत्कृष्ट देखिन्छ भने अङ्क पनि धेरै ल्याएको देखिन्छ । तर विद्यालयबाट बाहिर निस्किएपछि उनीहरू त्यो स्तर कायम राख्न सक्दैनन् । निजी विद्यालयको यो कमजोरीको सिकार धेरै विद्यार्थी हुन पुगेका छन् ।

सामुदायिक विद्यालयमा पढेका विद्यार्थी बाह्य परिस्थितिसँग आफैं सङ्घर्ष गर्न सक्छन् । तर निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई त्यस्तो सङ्घर्ष गर्न सिकाएको हुँदैन । निजी विद्यालयको शिक्षा पद्धति विद्यालयण्को भविष्यको लागि राम्रो मानिन्छ, तर विद्यार्थीका लागि त्यो राम्रो हुन सकेको देखिँदैन । तसर्थ शिक्षाको मूल उद्देश्यलाई ध्यानमा राख्दै सरकारी तथा निजी दुवै क्षेत्रका विद्यालयहरू विद्यार्थीको सुन्दलर भविष्य बनाउने दिशामा केन्द्रित हुन जरुरी छ ।