इटहरीमा आफ्नै घरको छतबाट लडेर चाैधरीकाे मृत्यु

alt फाइल तस्बिर
  • आश्विन २३, २०७६
  • २६४ पटक पढिएको
  • रासस

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

पक्राउ परेकाबाट ७४ हजार ७६० बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । देवानगञ्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरी उपरीक्षक पोखरेलले बताए ।

पाकिस्तानको बलुचिस्त ...

धरान । आत्मघाती बम विस्फोट हुँदा पाकिस्तानको बलुचिस्तान ...

दुबईमा एक नेपाली महि ...

धरान । दुबईमा घरेलु श्रमिकको रूपमा रहेकी एक नेपाली महिल ...

स्कुले बालिकालाई शिक ...

भद्रपुर(ब्लाष्ट)अध्यापन गराउने क्रममा बालिकाहरुमाथि पटक ...

गोर्खा ब्लड हङकङको ध ...

धरान / प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई सफल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved