इटहरी/ दैनिक हजारौंको सङ्ख्यामा युवाहरू मुलुक छोडिरहेका छन् । देशमा रोजगारीको अवस्था नहुँदा बाध्यताबस मुलुक छोड्न पुगेका युवाहरू रहरले भने कदापि बाहिरिइरहेका छैनन् । थोरै मात्र पनि अवसर हुने हो भने स्वदेशमै केही गर्न चाहन्छन् । यसैको उदाहरण हुन् इटहरीका दीपक पोखरेल । अहिले धेरै युवाहरूको उदाहरण बनेका छन् दीपक ।

मम अहिलेको सस्तो र लोकप्रिय खाजा हो । सस्तो र स्तरीय खाजाको रूपमा मम को व्यापार फस्टाउन थालेको छ । इटहरीमा पनि मम पसल छ्यापछ्याप्ती छन् । तर, इटहरीमा बफ झोल ममको ब्राण्डले चलेका मम पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । इटहरीमा उनको पसलमा नछिर्नेहरू कमै होलान् ।

आरसिटि मार्केटभित्र सानो ठाउँमा २०६१ सालमा खोलिएको चिप एण्ड बेष्ट मम पसल अहिले इटहरीमै सबैभन्दा धेरै चल्छ । १ लाखको लगानीमा शुरु गरेको मम पसल अहिले लाखांै रुपैयाँ मासिक कमाउने मम पसल बनेको छ । चिप एण्ड बेष्टका सञ्चालक दीपक पोखरेल मम पसलबाट नै करोडपति बनेका छन् ।

मोरङको इटहराबाट इटहरी आएका पोखरेल अहिले व् यवसायमा मज्जाले जमेका छन् । स्वादिलो मम भएकै कारण पोखरेलको व्यापार फस्टाएको छ । अहिले दैनिक ५ सय प्लेट मम बिक्री हुँदै आएको उनी बताउँछन् । १० जनालाई रोजगार दिएर व्यवसाय गर्दै आएका पोखरेल भन्छन् खटाइ मेरो ज्यादा छ । ९० रुपैयाँ प्रति प्लेट मम बेच्दै आएको बताउँदै पोखरेलले भने मेहेनत गरे यहीँ राम्रो कमाउन सकिन्छ ।

सानो पूँजीबाट खुलेको मम पसलहरूले दैनिक लाखौंको व्यापार गरिरहेका छन् । ठूलोे पूँजी नचाहिने सानै लगानीबाट पनि खोल्न सकिने भएकाले इटहरीमा चोकैपिच्छे मम पसलहरू खुलिरहेका भेटिन्छन् । तीमध्ये बढी चल्ने मम पसलहरू मध्ये मेरै पर्ला उनी भन्छन् । थोरै पैसामा सुरु गर्न सकिने व्यवसाय भएकोले उनले नक्सालमा मम पसल खोलेको थिए । त्यतिबेला एउटा फ्रिज किन्न नसकेको अनुभव सुनाउँदै भन्छन् आज मसँग ८ वटा फ्रिज छन् ।

बफ झोल ममको नामले परिचित यो पसलमा पनि ग्राहकहरूको उत्तिकै भीड लाग्छ । प्रति प्लेट ९० रुपैयाँमा पाइने यहाँको मम १६ वर्षदेखि ग्राहकले मन पराइरहेका छन् । भारतको कोलकत्तामा होटल ट्रेनिङ लिएर आएको अहिले काम दिएको छ, उनी भन्छन् ।

यी पाँच पसलको बिक्रीले काठमाडौंमा मम पसलको सुनौलो सम्भावनालाई उजागर गरेको छ । मम पसल त्यस्तो व्यवसाय हो जसमा थोरै लगानीबाट मनग्गे आम्दानी गर्ने अवसर छ,उनी भन्छन् ।

भैंसीको मासु बेच्दा बिल्ला गर्र्थें
भैंसी र राँगाको मासुमा मम बेच्दा सबैले बिल्ला गरेको अहिले उनी झलझल सम्झन्छन् । ब्राह्मणको छोराले भंैसीको मासुमा मम बेच्यो रे भनेर गाउँभरि हल्ला भएको उनले अहिले पनि बिर्सेका छैनन् । आफ्नै बुवाले समेत त्यतिबेला हेला गरेका थिए , उनी थप्छन् ।

तर, अहिले मेरो बुवा मसँगै हुनुहुन्छ, खुशी हुनुहुन्छ ,पहिला मलाई बिल्ला गर्नेहरू अहिले राँगाको मम खानु आउनुभएको छ, उनी खुसी हुँदै भन्छन् । मैले निरन्तर यो व्यवसाय गरेको थिइनँ भने आज म विदेश पुगेको हुन्थेँ होला, दीपक भन्छन् ।

पहिला दुख अहिले सुख
अरू भन्दा फरक र नयाँ पन दिन खोज्ने दीपकले इटहरीमै पार्टनरसिपमा ९९ पसल खोले, जहाँ सबै सामानको ९९ रुपैयाँमा किनबेच हुन्थ्यो । तर, साझेदारीमा खोलिएको उक्त पसलबाट घरमा खान लाउन मात्र ठिक्क भएपछि उनले बजारमा बिक्री हुने मम भन्दा फरक मम पसल खोल्ने सोचले झोल ममको ब्यापार गरेको उनी बताउँछन् ।

शुरुमा पसल खोल्दा सामान्य सामान किन्न समेत पैसाले नपुग्ने गरेको उनी सुनाउँछन् । मम पसलमा बस्ने ठाउँ थिएन । ग्राहकहरू उभिएर मम खाने गरेको तस्विर अहिले पनि उनको आँखामा आइरहन्छ । तर अहिले मज्जाले बसेर ती पहिलाकै ग्राहक खान्छन् त्यसमा भने उनी मख्ख छन् ।