१) हिजो आज विशेष गरी केमा व्यस्त हुनुहुन्छ ?.
सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाको उपनिवार्चन तयारी भइरहेको छ । यही सन्दर्भमा आम मतदाताहरूसँग अन्तक्र्रिया गर्ने र धरानमा भइरहेको विकाश निर्माण प्रतिको गुनासो र जनताको चाहना के छ ? जनप्रतिनिधि र हामीप्रति जनताले के कस्तो अपेक्षा गरेका छन् त ?भन्ने कुरा बुझ्न धरानको प्रत्येक वडाहरूमा जाने, जनताको गुनासो सुन्ने, आगामी दिनमा विकाश निमार्णका कामहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा म जनताहरूसँग आम मतदाताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यमा नै अहिले मेरा दिनहरू बितिरहेका छन् ।

२) तपाईं माननीय भए पछि सुनसरी क्षेत्र क्षेत्र न. १ को विकाश निर्माणका लागि के कस्तो काम गरिरहनुभएको छ ।
...सरकारले ल्याएको विभिन्न्न विधेयकहरूलाई पास गर्ने र समितिमा रहेर सक्रिय भूमिका खेल्ने र त्यसबाहेक आफनो क्षेत्रको विकाश निमार्णका कामहरूमा विशेष प्रयास गरिरहेको छु । धरान पुरानोव्यापारिक केन्द्र थियो । तर, विस्तारै सडक सञ्जालको निर्माणसँगै व्यापार केन्द्र पनि खुम्चिँदै गएका कारण धरानलाई पहिलेको व्यापारिक केन्द्र बनाउन धरान उपमहानगरपालिकालाई चारैतिरबाट जोड्न पुल सडक बनाउने धरानलाई लक्षित गरी सङ्घीय सरकारबाट बजेट विनियोजन भएर अहिले ८ वटा पुलहरू निर्माण भएका छन् । प्रदेश सकारबाट २ वटा पुलहरू बजेट विनियोजित भएर पुलहरू निर्माणको क्र्रममा छन् । सङ्घीय सरकारबाट बजेट विनियोजित भएका पुलहरू निमार्णाधीन छन् । प्रदेश सरकारबाट २ वटा पुल बजेटमा परेको छ । त्यसको टेण्डर आह्वान भएको छ । अब निकट भविष्यमा त्यो काम पनि शुरु हुने छ । अब चारैतिर सडक सञ्जाल र पुल निर्माण गरेपछि यस क्षेत्रको बिकाश हुनेछ । धरान उपमहानगरपालिकाको आफ्नो नारा छ ‘शिक्षा, स्वस्थ्य, पर्यटन पूर्वाधार युक्त व्यापारिक शहर’ स्लोगन छ । त्यो स्लोगनलाई सार्थक परिणाम दिनका लागि यसको चारैतिर सडकको विकाशका निम्ति पहल गरे अनुसार अहिले काम भइरहेको छ । सबैको पहलका कारण धरानमा वन निर्देशनालय र पयर्टन प्रदेश निर्देशनालय ल्याउन सफल भएका छौं ।

३) धरानलाई केन्द्रसँग जोड्न नसकेको आरोप छ, धरानको विकाश निर्माणको निम्ति केन्द्रीयस्तरबाट कति बजेट आएको छ त ?
सङ्घीय सरकारबाट अहिले धरानलाई लक्षित गरेर पुल निर्माणमा भएको जम्मा लगभग ६५ करोडदेखि ७० करोड छुटिएको छ । यो ८ वटा पुलका लागि सङ्घीय सरकारबाट बजेट विनियोजित भएर आएको बजेट हो । सङ्घीय सरकारबाट सुनसरी क्षेत्रका लागि इतिहासमा नै पहिलो पटक बढी बजेट विनियोजित भएको हो । चालु आर्थिक वर्षमा यतिका बजेट ल्याउन सक्नुुकोे मुख्य कारण जनप्रतिनिधिको पहल , प्रदेशका माननीय, धरान उपमहागरपालिका नेताहरू सबैको पहलको कारण सुनसरीमा धेरै ठुलो बजेट ल्याउन सफल भइएको हो । धरानको विकाश निर्माणका लागि करिब २ अर्ब सम्मको बजेट आएको छ । सेउती सर्दु करिडोर निर्माणका निम्ति सङ्घीय सरकारबाट १० करोड प्रदेश सरकारबाट ८ करोड आएको छ । २ वटा खोलाको निम्ति त्यस्तै गरी रङ्गशाला निर्माणका निम्ति सङ्घीय सरकारबाट १ करोड आएको थियो भने यस वर्ष अढाई करोड आएको छ । त्यस्तै प्रदेश सरकारबाट सुनसरी क्षेत्रको धरानको खेलगा्रमको लागि ५ करोड आएको छ । भ्युटावरको लागि बजेट छुटिएको छ । मनमहोहन पार्कको लागि बजेट छुटिएको छ । यो बजेट ल्याउने हामी सबै नेता,प्रतिनिधिहरूको प्रायसको कारण हो । अर्काे कुरा सङ्घीयताको कारण तीन तहका सरकार,सङ्घीय सरकार, प्रदेश सरकार,र धरान नगरपालिकाबाट थुप्रै कामहरू भइरहेका छन् । अर्काे महŒवपूर्ण काम पर्यटकीय स्थलमध्येमा धरान पनि सुची कृतमा परेको छ । धरानको पर्यटन विकाशका लागि ५० लाख आएको छ । थाउजेन विग बुद्धको लागि ८० लाख बजेट छुटिएको छ । त्यस्तै धरानको प्रणामी मन्दिरका लागि २० लाख बजेट आएको छ । यसरी धरान उपनगरपालिकामा विभिन्न शीर्षकमा बजेट ल्याउन सफल भएका छौं ।

४) बजेट धेरै शीर्षकमा छुट्टिएको देखियो तर खासै कामहरू देखिँदैनन् नि किन ?
प्रदेश सरकारबाट बजेट विनियोजित बजेटले निमार्णधीन पुलहरू निर्माण कार्य भइरहेको छ । प्रदेशबाट टेण्डर मात्रै आह्वान भएको छ । अहिले काम शुरु भएको छैन । काम शुरु भएपछि मात्रै जनताले देख्नेछन् । अन्य काम भनेको बजेट कार्यन्वयनको चरणमा छ । मङ्सिर पुसबाट अगाडि बढ्छ । अनि देख्न पाइन्छ, अहिले बजेट छुटिएको मात्रै छ । काम शुरु भएको छैन त्यसैले मान्छे विकाशको काम देख्न पाएका छैनन् । त्यस्तै यो धरान उपमहानगरपालिकको ५ वटा स्कुललाई कम्प्युटर र इन्टरनेट सेवा सरकारले वितरण गर्ने घोषणा गरे अनुसार पहल भएको छ । २५ देखि ३० लाखको बजेट स्कुललाई परेको छ । ती सिफारिसमा परेका धरानका ५ वटा स्कुलहरू हुन्– पहिलो सहिद स्मृति मावि धरान ८ दोस्रो सदन मावि धरान १५ तेस्रो भानु स्मृति मावि धरान ३ चौथो शारदा बालिका मावि धरान १६ पाचांै ज्ञानोदय मावि धरान ११, यसरी धरानको विकाशको निम्ति बढी भन्दा बढी बजेट ल्याउने कामहरू भइरहेका छन् ।

५) धरान जनताले तपाईंसँग विकासको ४ वटा कुरामा विशेष अपेक्षा गरेका छन् । ती अपेक्षाहरू पहिलो धरानको खानेपानी, दोस्रो धरानको बसपार्क तेसे्रा धरानको एयरपार्ट र चौथो धरानको बी.पी अस्पलतालमा सुधार । यी कामका लागि तपाईंको योगदान के छ ?
धरानका अधिकाश नागरिक, आम मतदाता, बुद्धिजीवी, व्यापारीहरूले उठाउने समस्याहरू मध्ये यी ४ वटा महŒवपूर्ण सवालको रूपमा धरानबासीहरूले उठाउँदै आइरहेका छन् । धरानको बस पार्क,खानेपानी, एयरपोर्ट, बी.पी.अस्पताल नै हुन् । अहिले बसपार्क कुरा के भइरहेको छ भन्ने कुरा आमनागरिकलाई थाहा नहुन सक्छ तर धरान उपमहानगरपालिकाले डिपी आर बनाइसकेको छ । बसपार्कको शिलान्यस समेत भइसकेको छ । अब केही महिनामा नै बसपार्क निर्माणको काम शुरु हुँदै छ । बसपार्कको निम्ति ४३ करोडको लागतमा डिपी आर तयार भइसकेको छ । र स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारको सयुक्त सहभागी र लगानीमा धरानको बसपार्क बन्ने छ । तीन तहका सरकारको समन्यवमा बस पार्क निर्माण गर्नेछौं । अर्काे खानेपानीको समस्या अहिलेको मात्रै समस्या होइन । यो पहिलेदेखिकै समस्या थियो । धराने जनताको पहिलो आवश्यकाता र समस्या देखेको छौं । त्यसैले खानेपानीको पनि ९५ प्रतिशत काम सम्पन्न भएको छ । खानेपानी संस्थानले उपलब्ध गराएको पानी धरानबासीलाई नपुग्गेको कारण समस्या आएको हो । यसको समधानको लागि धरान उपमहानगरपालिका र नेपाल सरकारसँग बोर्ड गठन गरेर खानेपानीको नयाँ आयोजना सञ्चालन गरेका छौं । अब धरानको खानेपानीको समस्या केही महिनामा हल हुनेछ भनेर धरानबासीलाई जानकारी गराउँछु । अर्को कुरा हामीले बिगत १७, वर्षदेखि धरानमा विमानस्थलको आवश्यकता छ, बनाउनुपर्छ भनेर लागि पर्दा पनि बनाउन सकेका छैनौं । धरान नजिकै विराटनगर विमानस्थल हुँदा धरानमा किन चाहिन्छ भन्ने खालका कुराहरू पनि उठिरहेका छन् । तर, हामीले यस अर्थमा धरानमा विमानस्थल चाहिन्छ कारण बाढी, पहिरो हुस्सु शीतलहर लाग्दा विराटनगरको विमानस्थलबाट उडान नहुने भएकाले नागरिकले धेरै समस्या भोग्नु परेका कारण विकल्पको रूपमा धरानमा विमानस्थलको आवश्यकता रहेको हो । त्यसको लागि प्रभानमन्त्री,मन्त्रीहरूसँग ठुलो नेतासँग पहलको लागि निरन्तर हामी प्रयासमा छौं ।

विमानस्थल बनाउने प्रयास स्थगित भएको छैन । अर्काै कुरा बि.पी. अस्पतालका विभिन्न समस्याहरू छन् । यो एशियाकै एउटा महत्वपूर्ण अस्पताल हो । तर, जुन रूपमा अस्पतालको संरचना र सुविधाहरू हुनुपर्ने हो त्यो हुन सकेको छैन । बजेट अभावका कारण सुविधा सम्पन्न अस्पताल बन्न सकेको छैन । यसतर्फ सबैको ध्यान केद्रिन्त हुनु आवश्यक छ । यसका लागि हामी लागि परेका छौं । विभिन्न राजनैतिक पार्टी,प्रभानमन्त्री,मन्त्री, स्वास्थ्थ मन्त्रालय,प्रदेश सरकार,सङ्घीय सरकारहरूसँग बी.पी अस्पतालको बारेमा केही कुराहरू भइरहेका छन् । केही दिनमा सुधार आउनेछ । त्यस्तै सुकुम्बासीको समस्या धरानको मात्रै समस्या होइन यो राष्ट्रियको नै समस्या हो । यसलाई व्यवस्थित गर्ने नीति बनेको छ । ८ आंै भूमि सम्बन्धीको विधेयक पास भएको छ । अबको ५ वर्षभित्रमा सुकुम्बासी व्यवस्थापन गर्ने तयारी भएको छ । यी धरानका विशेष समस्याहरूको समाधान गर्ने पहल कदमीको निम्ति प्रदेशको माननीयहरूसँग समन्वय गरेर राजनैतिकदलका साथीहरूसँग छलफल गरेर स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर यी कार्यहरूलाई विशेष प्राथमिकताको साथमा राखेर अगाडि बढिरहेको सबैलाई जानकारी गराउन चाहन्छु ।

६) धराने जनताको अपेक्षा कसरी पूरा होलान् त ?
विकाशको निम्ति लागि पर्ने व्यक्ति भएका कारणले पनि यस क्षेत्रबाट भारी मत ल्याएर विजय गराएका थिए । सुनसरी क्षेत्रको निर्वाचित यो क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले पनि यहाँको समस्या मेरो प्रमुख प्रथामिकता हो । विकाश निर्माणका निम्ति सक्रिय भूमिका खेल्नेछु । जनताको अपेक्षा र चाहना बुझेको छु । त्यसैललाई पूरा गर्नका लागि काम गरिरहेको छु ।

८) धरानमा नजिक आइरहेको चुनावी अभियानलाई तपाईंले कसरी विश्लेषण गर्नु भएको त ?
...चुनावी अभियानलाई नजिकबाट हेरिरहेको छु । म आफू स्वयम् चुनावी अभियानमा हिंडेको छु । यहाँको चुनाव शान्तिपूर्ण हुनेछ । नेकपाको तर्फबाट हाम्रा नेता प्रकाश राईलाई खडा गरेको छ । नेकपाको विजय सुनिश्चित छ किनभने पहिलो कारण धरानमा नेकपाको सङ्गठन मजबुत छ । दोसे्रा कारण पहिला पनि विजय गरेर नेपाल कम्युनिष्ट पार्टीको अगुवाइ गरिसकेको छ । तेस्रो नेकपा माओवादी पार्टी बिचको एकताले विगत भन्दा ५० प्रतिशत मत बढ्नेछ । धरानमा अल्पकालीन तथा दीर्घकालीन गरी ठूला आयोजनाहरू चालु अवस्थामा रहेकाले ती आयोजनाहरू पूरा गर्न पनि नेकपाको नेतृत्व आवश्यक छ । भारी मतले जितेर प्रकाश राईले अबको धरानको नेतृत्व गर्र्दै छन् ।

 

banner 1