लक्ष्मीमार्ग / धेरै वर्ष विदेश बसेर आएका समिर न्यौपाने हिजोआज टमाटर खेतीमा व्यस्त भेटिन्छन् । आठ वर्ष खाडि मुलुक बसेर आएका समिर संगै उनका भाई सुमन पनि उत्तीकै खेतिमा व्यस्त हुने गरेका छन् । बिहान ७ नबज्दै उनीहरु दुवै दाजुभाई तरकारी बालीको स्याहार गर्न वारीमा पुगिसकेका हुन्छन् ।

हिजोेआज युवापिढिको कृषि पेशा प्रतिको मोह घट्दो रुपमा देखीन्छ । तर पाँचथरको फिदिम नगरपालीका ११ सेजेपा स्थीत कृषक युवा दाजुभाई कृषि पेशा प्रतिको लगाब हेर्दा त्यहाँ पुग्ने जो कोहि पनि मोहित हुने गर्छन् । फिदिम बजार देखी करीब ६ किलोमिटर कच्चि सडक पार गरेपछि मात्र बल्ल पुगिन्छ सेजेपा । करिव २६ रोपनी जग्गामा ५२ वटा प्लाष्टीक टनेल निर्माण गरेर दाजुभाईले टमाटर खेति सुरु गरेका हुन् ।

समिर विदेशमै रहंदा सुमनले सब्जी व्यापारको बारेमा बुझ्न २ वर्ष बिर्तामोड स्थीत सब्जी व्यवसाय गरे । त्यसपछी सब्जी प्रतिको आकर्षण बढ्दै गएपछि उनले विदेशमा रहेका दाजु समिरलाई पनि स्वदेशमै बोलाए । समिर पनि भाईको कुरालाई मान्दै विदेशको राम्रो कमाई छोडेर स्वदेशमै तरकारी खेती गर्न भनेर स्वदेश फर्किए । त्यसपछि समिरलाई पनि तरकारी बालीमै रस भिजेको समिर बताउछन् ।

tamatar1

विगत वर्षको तुलनामा यस वर्ष टमाटर खेतिले राम्रो मुल्य पाएको सुमन बताउछन् । दशै तिहारको समयमा प्रति किलो ९० रुपैया सम्म पुगेको टमटरको मुल्य हाल ४०–५० को औषतमा रहेको उनिहरुको भनाई छ । उत्पादित तरकारी लिन घर सम्मै गाडि आईपुग्ने भएकाले बजार सम्म ढुवानि गर्न सजिलो भएको सुमन बताउछन् ।

तरकारी व्यवसायबाट वार्षिक यति नै आम्दानी हुन्छ भन्ने हिसाब नराखे पनि खाडि मुलुकमा कमाउने सामान्य आम्दानी भन्दा राम्रो रहेको समिर बताउछन् । विगत केहि वर्ष देखी व्यवसायीक तरकारी खेतीमा सक्रिय भएका उनीहरुले हाल सम्म सरकारी अनुदान भने प्राप्त गरेका छैनन् । उनीहरुको वारीमा उत्पादन भएको तरकारीमा सकेसम्म विषादिको प्रयोग कम गर्ने र अर्गानिक मलको प्रयोग हुने भएकाले सबैले मन पराउने गरेको सुमन बताउछन् । यहाँ उत्पादन भएको टमाटर हाल विर्तामोड, दमक, इटहरी र बिराटनगर सम्म पुग्ने गरेको उनिहरु बताउछन् ।

tamatar2

हिउदमा बालीलाई पानीको समस्या नहोस् भनेर नगरपालीकाको सहयोगमा करिव १ लाख लिटर पानी अट्ने प्लाष्टिक पोखरी समेत निमार्ण गरिएको छ । उक्त कृषक दाजुभाईले ५२ वटै प्लाष्टिक टनेलका प्रत्येक टमाटरका बिरुवामा थोपा सिचाई समेत गरेको हेर्न पाईन्छ । यस वर्षदेखी २६ रोपनी क्षेत्रफललाई बढाएर ८० रोपनी क्षेत्रफल पुर्याउने लक्ष्य रहेको र टमाटर संगसंगै पियाज, कांक्रा, कोपि लगायतका अन्य तरकारी बाली पनि लगाउन सुरु गरिएको उनीहरु बताउछन् । वार्षिक रुपमा हिसाव गर्दा विदेश भन्दा स्वदेसमै राम्रो कमाई भएको र अब यहि पेशालाई निरन्तरता दिने समिरले बताए ।