उदयपुर/ उदयपुरको एक भ्यू पोइण्टको रूपमा अवस्थित प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीको छुट्टै पहिचान छ । उत्तरको सर्वोच्च शिखर सगरमाथादेखि दक्षिण तराईका समथर फाँटसम्म सहज रूपले अवलोकन गर्न सकिनेदेखि धार्मिक तथा प्राकृतिक सौन्दर्यताले अन्य पर्यटकीय स्थलभन्दा फरक पहिचान बोकेको हो ।

विश्वमा कहलिएका ८ हजार मिटरभन्दा अग्ला शिखरहरू सर्वोच्च शिखर सगरमाथा, चोयु, ल्होत्से, मकालु, कुम्भकर्णलगायतका हिमशृङ्खलादेखि तराईका समथर फाँट हुँदै भारतका विहार, उत्तर प्रदेशसम्म खाली आँखाले अवलोकन गर्न सकिने एक भ्यू पोइण्टको रूपमा रौता पोखरी रहेको छ । धार्मिक आस्था बोकेको रौता पोखरी समुद्री सतहदेखि करिब २१ समय मिटर उचाइमा छ ।

सदरमुकामदेखि उत्तरतर्फ अग्लो डाँडामा रहेको पोखरीसम्म पुग्न करिब ४४ किलोमिटर मोटरबाटोको यात्रा गर्नुपर्ने हुन्छ । उक्त पोखरीभन्दा माथि जङ्गल भएकाले पोखरीमा फोहोरमैला हुन नदिनको लागि लामो चुच्चो भएको एउटा चराले पोखरीमा खसेको पात टिपेर लैजाने गरेको स्थानीय ज्येष्ठ नागरिक दीर्घबहादुर अधिकारीले बताए ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रौता पोखरी जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महŒवपूर्ण रहेको छ । पोखरी वरिपरि विभिन्न जडीबुटी रहेका छन् । पोखरीको पानी सधैँ कञ्चन र सफा हुने गर्दछ । धार्मिक आस्था बोकेको पोखरीको पूजा आराधना र भाकल गरे मनोकांक्षा पूरा हुने विश्वास जनमानसमा रहिआएको ज्येष्ठ नागरिक अधिकारीले बताए ।

रौता पोखरीमा एक कार्यक्रमको आयोजना गरी रौतामाई गाउँपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को भव्य स्वागत गरेको छ । देशैभर एकैसाथ विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गरिरहेका बेला पालिकाले जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थलमा कार्यक्रम गरी स्वागत गरेको पालिकाले जनाएको छ । पालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको पहिचान गरी गुरुयोजनामा समेट्ने काम भइरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पर्यटन विकासले आर्थिकस्तरमा सुधार ल्याउने भएकाले पालिकाले पर्यटकीय क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

रौता पोखरीमा अतिआवश्यक रहेको सभाहल र अतिथि गृहको निर्माण गर्ने, जलमार्गका लागि सुनकोशी (पञ्चकोशी)मा ¥याफ्टिङ र काफल डाँडाबाट प्याराग्लाइडिङको परीक्षणसमेत भइसकेको अध्यक्ष खड्काले बताए । त्यस्तै अन्तर पालिका केवलकारको शुरुवात गरेको छ भने जिल्लाकै अग्लो डाँडा भालेबास र नेपालको छैठौँ लामो झर्ना ओडारी झर्नाको विकासमा पालिका लागिपरेको उनले बताए । रौतामा सुरक्षाको लागि एउटा प्रहरी बिटको आवश्यकता परेकाले सुरक्षा निकायसँग माग गर्ने, रौता पोखरी पुग्ने सडक बढी नगरपालिकामा पर्ने भएकाले दिगो सडक निर्माण गर्नका लागि समन्वय र सहकार्य भइरहेको अध्यक्ष खड्काले बताए । रौता पोखरीको विकासका लागि सबै पक्षको उत्तिकै खाँचो पर्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

त्रियुगा नगरपालिकासँग सहकार्य र समन्वय गरेर केवलकारको सर्वे भइसकेकाले पाँचांै गाउँसभाबाट बजेटसमेत विनियोजन भइसकेको छ । बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका हुँदै रौतामाई, लिम्चुङ्बुङ, ताप्ली गाउँपालिकालाई सिधा जल मार्गबाट जोड्नको लागि विशेष पहल भइराखेको र पर्यटकहरूलाई आमन्त्रण गरिएको अध्यक्ष खड्काले बताए । पर्यटक भिœयाउने कुरामा पर्यटकीयस्थलको विकाससँगै स्थानीय उत्पादनको पनि विकास गर्नुपर्ने रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र रासकोटीले बताए । जिल्लाका अरू पर्यटकीय स्थलभन्दा फरक पहिचान बोकेको रौता पोखरीमा पर्यटक कसरी भिœयाउन सकिन्छ ?

भन्ने कुरामा विशेष ध्यान दिँदै त्यसको समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने उनले बताए । पर्यटकीय स्थलसम्म पुग्नको लागि बाह्रैमास चल्ने सडक निर्माण गर्न अत्यन्तै जरुरी रहेको नेकपाका उदयपुर जिल्ला सदस्य तथा स्थानीय नेता केशव राईले बताए । दिगो सडक निर्माण गर्न नसक्दा भ्रमण वर्ष सफल बनाउन कठिन हुने उनले बताए । जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलमा किन पर्यटक भिœयाउन सकिराखेका छैनौं ? यसको समस्याको खोजी गरी समाधान गर्न जरुरी रहेको छ । त्यसमा साथ सहयोग गर्न तयार रहेको उनले बताए । पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्नको लागि पालिकास्तरीय पर्यटन बोर्ड गठन गर्न जरुरी रहेको देखिन्छ ।

Rautama-visit-nepal-Pro