विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले प्रविधिको उचतम प्रयोग गरि प्रदेशका विद्यालयलाई समाजको ज्ञान केन्द्रको रूपमा स्थापित गरिन प्रदेश सरकार लागि परेको बताएका छन् ।
प्रविधिमैत्री शिक्षक समाज नेपालले विराटनगरमा आइतबारदेखि सुरू गरेको राष्ट्रिय डिजिटल सामाग्री प्रर्दशनीमा बोल्दै सामाजिक विकास मन्त्री घिमिरले यस्तो बताएका हुन् ।
उनले विद्यालयहरू पढाउने थलो मात्र नबनाएर अब ज्ञानकेन्द्रको रूपमा विकास गरेर प्रदेशभरीका विद्यालयहरूलाई अगाडी बढाउन प्रदेश सरकार लागेको मन्त्री घिमिरले बताए । ‘विद्यालयमा विद्यार्थी र शिक्षको मात्र जमघट हुने थलो होइन्,’ उनले भने, ‘यहाँ सिंगो समाजको उपस्थिती हुनुपर्दछ ।’

सामुदाय, विद्यार्थी र विद्यालयलाई जोडेर दरिलो अस्त्रको रुपमा अगाडी बढाउनुपर्ने मन्त्री घिमिरेको भनाई थियो । डिजिटल लेट्रेसी अभियान सुरु भएको विद्यालयमा अभिभावक पनि सामेल हुन थालेको उनले बताए । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गरिन प्रदेशको १ सय वटा सामुदायिक विद्यालयमा ‘डिजिटल लेट्रेसी’ को सुरुवात भएको मन्त्री घिमिरले जानकारी दिए । शिक्षकदेखि विद्यार्थीहरूलाई प्रविधिमा जोडन डिजिटल लेट्रेसी अभियान प्रभावकारी भएको उनले बताए ।

‘हिजोका दिनमा जस्तो भत्ता र भात केन्द्रीत तालिम होइन्,’ उनले भने, ‘व्यवहारिक शिक्षातर्फ प्रदेश सरकार अगाडी बढेको छ । अब प्रविधिको प्रयोगमा शिक्षकहरू आउनु पर्दछ ।’ प्रविधिको प्रयोगमा शिक्षकलाई पनि ल्याउने एउटा विद्यालयमा एक जना लिटर शिक्षक तयारी गरिएकोे मन्त्री घिमिरले बताए । ‘एक स्कूल पाँच वटा लिडर स्कूल प्रदेश सरकारले बनाउने लक्ष्य निर्धारण गरेको छ,’ मन्त्री घिमिरले भने, ‘एउटा लिटर स्कूलले पाँच वटा स्कूललाई टेक्नीकल सर्पोट गर्नुपर्दछ ।’

प्रदेश भरीका विद्यालयका शिक्षक र विद्यार्थीहरूमा प्रविधिको उचम प्रयोग गरि गुणस्तरीय शिक्षा प्रदान गरिने प्रदेश सरकारले नीति अभिलम्बन गरेको उनले बताए । ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिने अभियानलाई प्रदेश सरकारले उच्च प्राथामितामा राखेको छ,’ मन्त्री घिमिरले भने ।

कार्यक्रममा बोल्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब डा.विरबहादुर राईले दुई वर्षभित्रमा प्रदेश भित्रका स्थानीय तहसंग सहकार्य गरि सबै सामुदायिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताए । प्रदेश सरकारको लक्ष्य अनुरुप प्रदेशको २ वटा माध्यमिक तहको विद्यालयमा सूचना प्रविधि ल्याब र पाँच वटा विद्यालयमा सूचना प्रविधिको पहुचमा ल्याउन अनुदान प्रदान गरेको उनले बताए ।

प्रदेशको विद्यालयमा सूचना प्रविधि तथा इ–एजुकेसनमा २५ करोड ९६ लाख रुपैयाँ बजेट बिनायोजन गरेको जानकारी दिए । प्रदेश सरकारले प्रदेश १ को ५ हजार ६ सय ५८ विद्यालयलाई इ एजुकेशनको लागि छनौट गरेको छ । जसमध्ये गत वर्ष ६ सय ८५ वटा विद्यालयालई प्रविधिको प्रयोग गरिन कम्प्युटर प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रविधिमैत्री शिक्षक समाज प्रदेश १ का अध्यक्ष बालकुमार रेग्मीले अबको दिनमा प्रविधिमा जोडन सकिएन भने हाम्रो पेशा धरापन पर्ने भएकोले प्रविधिमा अपडेट हुनुपर्ने बताए । विराटनगरमा सोमबारसम्म संचालन हुने वृहत डिजिटल शैक्षिक सामाग्रीको प्रर्दशनी शिक्षण सिकाईसँग सम्बन्धित सामाग्रीहरू प्रर्दशनी गरिने प्रविधिमैत्री शिक्षक सामाज नेपालका तदर्थ समितिका अध्यक्ष भूपति बश्यालले जानकारी दिए ।

शिक्षण सिकाइसँग सम्बन्धित करिब १ सयको संख्यामा सामाग्री भएपनि समयको अभाव हुने भएकोले २० वटा सफ्टवेयरको सामाग्रीहरु प्रर्दशनीमा राखिने उनले बताए । प्रर्दशनीमा ७७ वटै जिल्लाबाट शिक्षक प्रतिनिधीहरूको सहभागिता रहेको छ । प्रर्दशनीमा प्रविधिको प्रयोग र उपयोग औचित्यको साथै सान्दर्भिकतालाई प्रष्ट पारिने बताइएको छ । सोमबार जिल्लाको प्रतिनिधी गर्दै आएको शिक्षकहरूबाट नयाँ नेतृत्व चयर हुनेछ ।