सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरहँदा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे सिरहाका व्यवसायीहरू यसो भन्छन् :

 

रिपेन्द्र कुमार ढुङगेल(रिशु) अध्यक्षः
श्री गणेश समाज सेवा,मिर्चैया न.पा.–६,गणेश टोल

 भ्रमण वर्ष २०२० नेपालको पहिचानसँग जोडिएको एउटा अभियान हो । यो अभियान तीनै तहको सरकारको प्रतिष्ठा सँग जोडिएको छ । त्यसैले यो अभियानलाई सफल बनाउनु सरकारका सबै निकाय र नागरिक स्तरबाट पनि उत्तिकै जिम्मेवारी भएर लाग्नुको विकल्प छैन ।

स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारको मिलोमतो गरि विशेष प्रथमिकतामा पर्टयटण्किताको झलकले किसिमको सैन्दरियता वोकेको वस्तुको चित्र गरि । पर्यटन लाई दर्शय अवलोकन गरादै हिन्दु धर्म धार्मिक यससँगै यस क्षेत्रको प्रचार प्रसार गर्नमा पर्यटकलाई वढि भन्दा वढि भित्रयाउन सकिन्छ । यससँगै यस क्षेत्रको प्रचार प्रसारमा राज्यले ध्यान दिनुपर्दछ ।

अनिरूद्र ठाकुर( नेपाल पत्रकार महासंघ सिरहाका सदस्य,बरीष्ठ पत्रकार )

लामो समय पछि नेपाल सरकारले ‘पर्यटन वर्ष’ घोषणा गरेपनि त्यसलाई औचित्यपुरा गर्न सरकार योजनाबद्ध ढंगले लागेको भने भान भईरहेको छैन । भ्रमण वर्ष २०२० भित्र सिरहा जिल्लालाई सलहेश सर्किटका रुपमा चिनाउने लक्ष्यसहित लहान नगरपालिकास्थित सलहेश फूलबारीलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पर्छ ।

पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थलमा सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवा सुविधाहरुको व्यवस्थासमेत मिलाउनु पर्छ । भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरीमा नेपाल भ्रमणका लागि आएका करिब ५ हजार भारतीय पर्यटकलाई जिल्लासँग जोडिएको भारतीय सीमावर्ती नाकामा स्वागत गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन सिरहाका प्रमुख पर्यटकीय क्षेत्रहरुको लागि प्रचारप्रसारलाई तीव्रता दिनु पर्छ ।


प्रदीप साह युवा समाजसेवी 

भ्रमण वर्ष २०२० लाई सफल वनाउन । नेपालका संघीय प्रदेश र स्थानीय तिनै तहका सरकारले प्रचार प्रसार रेडियो,टिभी,पत्रपत्रिकाका माध्यम बाट गरि रहेका छन । तर त्यो प्रचार सैनी आर्कषण योग्य भन्दा पनि परम्परगत रुप प्रचार गरि रहेका छन ।अहिले त सरकार तीनै तहमा छन ।

अब यस्तो जिमेवारी स्थानीय तहका सरकारलाई नै दिनुपछै । जस्तो कमला नदीका चिकना घाटमा पूर्णमा नदीमा लाखौ भक्तजन वाहिर वाट आएको पर्यटनहरु आउछ । पर्यटनको रुपमा घुम्न आउछन त्यसैले त्यहा चिकनाघाटको कमला नदीको पुल बनाउनु पर्ने अति नै आवश्यक छन ।पूल वनि सके पछि त्यहा विभिन्न किसिमका होटलहरु,रिसोर्टहरु हुन्छ ।

त्यसैले त्यहाको वाटोघाटो स्थानिय सरकार वा प्रदेश सरकार अति नै ध्यान पर्ने आवश्यक छन । अति मात्र भए हामी सिरहाको कमला नदीमा पर्यटक भित्रयाउन योजना सफल पार्न सकिन्छ । र सवै माघे सङ्क्रान्तीमा कमला नदीमा कमला नुहाउन विभिन्न ठाउँवाट पर्यटनहरु आउने गर्छ ।

हरिशंकर साह (उधोग वाणिज्य सघं मिर्चैयाका अध्यक्ष)

सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउनु हामी सबैको दायित्व हो । सरकारले यो निर्णय गर्नुभन्दा अगाडि पर्यटनसँग सरोकार राख्ने मुख्य विषय भनेको सडक पूर्वाधार, होटल पूर्वाधारको विषयमा त्यति गम्भीर भएको पाएका छैनौं । जुन उद्देश्यको लागि नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । धेरै पर्यटकहरू भित्रयाउन सकिन्थ्यो, जसका लागि पर्यटकहरूलाई राख्ने अतिथि सत्कार गर्ने स्थानहरूको अभाव देखिरहेको छु ।

दिलिप साह (सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद)

भ्रमण वर्ष २०२० मा धार्मिक तथा पर्यटकीय क्षेत्रको लागि प्रसिद्ध र सम्भावनाको क्षेत्र भएर पनि चिनिन्छ प्रदेश नं.२ मा रहेका माँता जानकीको नगरी भएको ठाउँ छ । यहाँ छिमेकी देश भारतका धार्मिक तीर्थालु पर्यटकहरू विवाहपँचमी महोत्सवमा लाखौंको संख्यामा आउँछन् । उनीहरूको लागि शाकाहारी खाना र होटलको व्यवस्था गरिनुपर्छ ।

सिरहाको कुरा गर्ने हो भने भ्रमण वर्ष २०२० का लागि सिरहा जिल्लाको ५ स्थलहरुलाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ । ऐतिहासिक सांस्कृतिक महत्व बोकेको सिरहाको लहानस्थित सलहेश फूलबारी, पकडीया गढ, राजदेवी पञ्चावती मन्दिर, जिल्लाको मैसोथास्थित राजा सलहेश गहबर क्षेत्र र कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबा ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएकोे छ ।

आशिष विश्वकर्मा (नेपाल पत्रकार महासंघ सिरहा, सह–सचिव)

संघिय सरकार र प्रदेश सरकारले २०२० को पहिलो दिनलाई ‘पर्यटन वर्ष’ शु्भारम्भको रुपर्मा धुमधामका साथ मनाए । लामो समय पछि नेपाल सरकारले ‘पर्यटन वर्ष’ घोषणा गरेपनि त्यसलाई औचित्यपुरा गर्न सरकार योजनाबद्ध ढंगले लागेको भने भान भईरहेको छैन । कुनै दिवस वा उत्पवको रुपमा एक दिन तामझाम गरेर पर्यटन भित्रिन्छभन्ने मलाई लाग्दैन । त्यसको लागि धेरै पूर्वाधारहरुको विकास आजपनि आवश्यक छ । प्राकृतिक करुपले नै सुन्दर छ, नेपाल । राज्यले यसको सहि प्रचार प्रशार र व्यवस्थापनको पाटोलाई ध्यान दिनेहो भने पर्यटक आफै आउने सम्भावना बढेर जाने देखिन्छ ।

प्रदेश नम्वर २ को सिरहा आफैमा सलहेशको भुमि हो । यो आफैमा आफैमा एटा ऐतिहासिक भूमि हो । तर, यसको अझै उचित प्रचार प्रसार, यसको औचित्य र यहाँ पर्यटक आउनु पर्ने कारण प्रस्तुत गर्न राज्यले सकेको छैन । निश्चित मेला महोत्सवमा आउने तिर्थालुहरुलाई नै हामीले पर्यटक सम्झने र त्यही सेरोफेरोमा कामहरु हुने गरेको छ । यसको जति वृहतता छ । वत्यसलाई संरक्षण, सम्वर्धन र एकरुपता आज वाश्यक छ ।

भौगोलिक हिसावले सुगम, बाटोघाटोको सहज पहुँच भएको सिरहा पर्यटकियरुपमा पनि विकास गर्ने ठाउँहरुहुँदा हुँदैपनि प्रदेश सरकारले पनि पर्यटन पर्वर्धनभन्दा पनि यसको नाममा गोष्ठि, सेमिनार मै अलमलिएको हो की भन्ने भान भएको छ । स्थानीय सरकारसँग माथिको सिको गर्नेबाहेक अरु सिर्जनशिल कामभए कमै भएको छ । त्यसैले राज्यले ‘पर्यटन वर्ष’ घोषणा गरेपनि सिरहाजस्ता तराइका जिल्लाले यसको लाभ कम लिने देखिन्छ ।

विनोद कुमार साह(श्रीजल फोटो स्टुडियो,मिर्चैया व्यवसायी)

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन सिरहाका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा प्रचार प्रसारलाई तीव्रता दिनु पर्छ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नंं.२ मा रहेको बाबाताल जस्ता व्यापक पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरु रहेकाले त्यसको प्रचार प्रसारसँगै पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरुसमेत बनाउनु पर्छ । पर्यटकका लागि होटलहरुमा उचित बाससँगै होमस्टे(घरवास) बस्ने काम गर्नु पर्छ ।

मनोज साह(न्यू खुश्वु होटल एण्ड लज(संचालक)

भ्रमण वर्ष २०२० लाई सफल वनाउन । पर्यकीय क्षेत्रहरुको पहिचान गरि प्रचार प्रसार गर्नुपर्छ । त्यस ठाउँमा जादा बस्दा राम्रो खानासम्म सेडुल मिलाउने काम गर्नु पर्छ । आफ्नो क्षेत्रमा आएका पर्यटकहरुलाई खुशी बनाएर पठाउनुपर्छ । आफ्नो क्षेत्रमा आएको पर्यटकहरुको लागि घुमाउने गाइडहरुको व्यवस्था गर्नुपर्छ । आफ्नो क्षेत्रलाई उत्साहिक बनाउँदै पर्यटक बर्षलाई सफल बनाउनु पर्छ ।

दिनेश साह(व्यवसायी)

सिरहा जिल्लामा भ्रमण वर्ष २०२० का लागि ५ स्थलहरुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मानेका छन । पतारी पोखरी धार्मिक क्षेत्र पर्यटनको हबको रूपमा रहेको छ तर यसको प्रचार प्रसार, दीर्घकालीन योजना, नीति तथा कार्यक्रमको अभावमा पर्यटनको लागि यो अझै पनि ओझेलमा रहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन सिरहाको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारलाई तीव्रता दिनु पर्ने छ ।