चतरा । विद्यार्थीलाइ पहिले कठिन लाग्ने विषय अहिले सजिलो बनेको छ । एकोहोरो अल्छी लाग्ने पाठ चाखलाग्दो भएको छ । हिजो कक्षामा सरले बोकेर आउँने छडी देखेर डराउँने उनीहरु, आज स्मार्टवोर्डकोे प्वाईन्टर स्टीक संग रमाउन थालेका छन् । ब्ल्याकवोर्डको कक्षा स्मार्ट क्लासमा बदलिएको छ ।

उनीहरु चक डस्टर नभएर मल्टीमिडीया प्रोजेक्टर र स्मार्ट वोर्डबाट पढ्ने गरेका छन् । यो दृष्य कुनै निजि सुविधा सम्पन्न विद्यालयको नभएर सामुदायिक आदर्श माध्यमिक विद्यालयको हो । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ मा रहेको आदर्श माविले प्रविधिलाई आत्मसात गर्दै विद्यार्थीहरुलाई आधुनिक गुणस्तरीय अध्यापन गराउन थालेको छ । हिजोको गाउँको सरकारी स्कुलले अहिले शहरको निजि विद्यालयको जस्तै पढाउन थालेको थालेको छ ।

खरी पाटीबाट शुरु गरेको आदर्शको शिक्षण पद्धति अहिले आधुनिक मल्टीमीडियाको स्मार्ट वोर्डमा फड्को मारेको छ । कक्षा कोठामा शिक्षकहरु चक डस्टरको ठाउँमा ल्यापटप लिएर प्रवेश गर्ने गरेका छन् ।डिभाइसमा सेभ गरेर राखेको पाठ्य समाग्री खोलेर प्रोजेक्टर अन गरेपछि स्मार्टबाेर्डमा भर्चुअल क्लास शुरु हुन्छ । गणित, विज्ञानको कठिन सुत्र याद गर्नहोस वा नेपाली र समाजिक विषयको कथा ,कविता वा ईतिहासको कुनै लामो घटना सम्झनु होस, भर्चुअल क्लासको स्मार्ट सिकाइले धेरै सजिलो बनेको छ ।स्मार्डवोर्डमा चलचित्रको जस्तो आउँने, रंगीन पाठ्य समाग्रीले कक्षा सकिएको विद्यार्थीहरुले थाहा पाउन छाडेका छन् ।


विद्यालयको प्रत्येक कक्षाकोठामा पोजेक्टर र स्मार्ट वोर्ड जडान गरिएका छन् । कुनैपनि कक्षा कोठामा सुचना दिनुपरे माइक जोडिएको छ भने उनीहरुलाई निगरानी गर्न सिसिटिभि क्यामेरा जडान गरीएका छन् । विद्यालयमा भएका सबै कक्षाको गतिविध हेर्न सकिने गरि अफिस कोठामा ५५ ईन्चको स्क्रीन लगाईएको छ । कम्प्युटर पढाउन विद्यालयमा ३२ वटा कम्प्युटर भएको छुट्टै कम्प्युटर रुम सञ्चालन गरिएको छ ।दश जोड दुईको प्रविधिक तर्फको ओभरसियर कक्षाको विद्यार्थीहरु आफ्नै रुममा प्राक्टीकल गर्ने गरेका छन् भने विद्यार्थी सन्चो नहुँदा आराम गर्न रेस्ट रुम समेत रहेको सह प्रधानअध्यापक ज्ञान बहादुर पाण्डे बताउछन् ।


विद्यालय प्रविधिमैत्री बन्दै गएपछि विद्यार्थीहरुमा उत्साह बढेको छ । पहिला एकहोरो किताबमा पढ्दा अल्छी लाग्ने गरेकोमा अहिले मल्टीमिडियाबाट पढ्दा पाठ सजिलो हुने गरेको विद्यार्थीहरु बताउँछन् । ब्ल्याक वोर्ड र खरीबाट शुरु भएको विद्यालय स्मार्ट वोर्डको युगमा प्रवेश गरीए संगै यस विद्यालयलाई प्रविधिमैत्री विद्यालयको लागि एक वर्ष भित्रमा कार्यलय र ३ वर्षमा पेपरलेस एजुकेशन बनाईन प्रधानअध्यापक प्रह्लाद भट्टराई बताए । प्रविधिमा विद्यालय रुपान्तर भएपछि विद्यार्थी लाई कक्षा चाखलाग्दो भएको छ ।

म पढ्दै छु नभएर, म खेल्दै छु , रमाईलो गर्दै छु, भनेर उनीहरुको पढाईमा सकारात्मक मनोवैज्ञानिक लगाव बढ्दै गएको छ । हिजो विद्यालय आउँन अल्छी गर्ने विद्यार्थी आज–भोली नियमित विद्यालय आउन थालेका छन् । यसले विद्यार्थीको सिकाईको स्तरमा समेत रचानात्मक वृद्धि भएको सह प्रधानअध्यापक पाण्डे बताउछन् । सिसिटिभी, स्मार्ट वोर्ड, साउण्ड सिस्टम, माईकिङ्ग र विज्ञानका विभिन्न उपकरणहरु सबै जडान पुरा गरिसकेपछि विद्यालयमा घरमै बसेर पढ्न सकिने अनलाइन सम्पर्क कक्षा सञ्चालन गरिने भएको छ ।

जस मार्फत कारणबस विद्यार्थी अथवा शिक्षक विद्यालय आउँन नसकेको अवस्थामा पनि विद्यार्थीहरुलो अहज रुपमा अध्यापन गर्ने व्यावस्था मिलाइने प्राचार्य भट्टराई बताए । सामुदायिक विद्यालय भएर निजि विद्यालयको जस्तो प्रविधि मैत्री गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यालयमा अध्यानरत विद्यार्थीका अभिभावकहरु पनि खुशी बनेका छन् । सस्तोमा सरकारी विद्यालयले नै निजि विद्यालय सरह सुविधा दिएकोले गुणस्तरीय क्षिकालागी भन्दै निजि विद्यालमा जानु नपर्ने स्थानिय शारदा मिश्र बताउछिन्

२०१२ सालमा स्थापना भएको साविक वराहक्षेत्रको जेठो आदर्शले आवश्यक सेवा सुविधा थप गर्दै गएको छ । सबैधन्दा महत्वपूर्ण विद्यार्थीको सिकाई स्तरमा लगातार सुधार गर्दै प्रदेशको पहिलो नमूना विद्यालय हुने दौडमा अगाडी बढेको छ । पठनपाठन निजि जत्तिकै बनेपछि अहिले विद्यार्थीहरु आदर्श तर्फ आर्कषित बनेका छन् ।नेपाल सरकारले कक्षा ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई प्लस टु मा छात्रवृति दिईने घोषणा गरेको छ ।

त्यस्तै, १ नम्बर प्रदेश सरकारले प्रदेशभरीको विद्यालयलाई ब्याग फ्री बनाउँने निति बनाएको छ । शिक्षामा सुधारकोलागि संघीय र प्रदेश सरकार रचानात्मक देखिएको अवस्थामा होस्टेमा हैसे गर्दै अघि बढ्ने हो भने सामुदायिक विद्यालयमा प्रविधिमैत्री , सस्तो र गुणस्तरीय शिक्षा बढ्ने निश्चित छ ।