चीनमा फैलिएको कोरोना भाइरसले संसारको ध्यान खिचिरहेको छ । श्वास प्रश्वास प्राणलीमा सङ्क्रमण गर्ने उक्त भाइरसको सण््क्रमित ब्यत्ति नेपालमा समेत पाइनुले नेपालमा समेत यसका बारेमा सतर्कता र अग्रिम बच्ने उपाय अवलम्बन गरिनु आवश्यक छ ।

धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोवायोलोजिस्ट उप प्राध्यापक हेमन्त खनालका अनुसार यो रोगको सङ्क्रमण जो कोहीलाई पनि हुने हुँदा सङ्क्रमित क्षेत्रबाट नेपाल आउने सबैमा स्क्रिनिङ गर्न आवश्यक रहेको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट समेत धेरै पर्यटक आउने भएको हुँदा अग्रिम यसका बारेमा प्राविधिक तयारी गरिनुपर्ने समेत उनले बताए ।

हाल चीनमा फैलिएको कोरोना भाइरस २०१९ नोबेल कोरोना भाइरस (२०१९ n CoV) रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जुन प्रजातिको भाइरस गत जनवरीको शुरुमा देखिएको थियो । जनवरीको अन्त्य सम्ममा यो भाइरसको सङ्क्रमणले चाइनामा यसको सङ्क्रमाणबाट ५६ जनाले ज्यान गुमाइसकेका छन् । यो रोगले प्रभावित हुनेको सङ्ख्या दुई हजारभन्दा बढी रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यो बाहेक अरू पनि प्रजातिका कोरोना भाइरसहरू हुने गर्दछ । मानिसमा सङ्क्रमण गर्ने मुख्य कोरोना भाइरसमा मिडल इस्ट रेस्पाइरेटोरी सिण्ड्रोम (MERS) र सिभियर एक्युट रेस्पाइरेटोरी सिण्ड्रोम (SARS) रहेको पाइन्छ ।

२०१९ नोबेल कोरोना भाइरस के हो ?
सन् २०१९ डिसेम्बर ३१ मा विश्व स्वास्थ्य सङ्गठनले चाइनाको हुवान सिटीमा निमोनियाको धेरै केसहरूका बारेमा जानकारी गरायो । जुन भाइरस अन्य थाहा भइसकेका भाइरसहरू भन्दा भिन्न प्रकारको थियो ।

के हो कोरोना भाइरस ?
कोरोना भाइरस एक प्रकारको भाइरस हो जुन श्वास प्रश्वास प्रणालीमा सङ्क्रमण गर्ने अरू भाइरस जस्तै हो । अधिकांश कोरोना भाइरसहरू त्यति खतरनाक मानिन्दैन । यद्यपि कुनै कुनै प्रकारका कोरोना भाइरस प्रजातिहरू अत्यन्तै खतरनाक समेत हुने गर्दछ । सन् १९६० ताका पहिलो पटक यो भाइरस पत्ता लागे तापनि यो भाइरस कताबाट आयो भन्ने कुरामा अन विज्ञता रहेको थियो । क्राउन जस्तै देखिने भएकोले यस भइरसलाई कोरोना भाइरस भनिएको हो । कहिलेकाहीँ यो भाइरसले जनावरहरूलाई समेत सङ्क्रमण गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

कसरी सर्छ कोरोना भाइरस ?
कोरोना भाइरस पनि अन्य रुघा खोकि लगाउने भाइरस जस्तै सर्ने गर्दछ । साधारणतया सङ्क्रमित व्यक्तिसँगको प्रत्यक्षसंसर्ग, खोकी, हाछ्यूँ गर्दा निस्किने विभिन्न विकारहरूबाट सर्ने गर्दछ । रोगी व्यक्तिसँग हात मिलाउँदा, अनुहारमा छुँदा समेत यो रोग सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सामाग्रीहरू, ढोकाको नबहरू जहा“ भाइरस छ भने समेत यो रोग सर्न गर्दछ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार कहिलेकाहीँ यो रोग सङ्क्रमित दिसाको माध्यमबाट समेत सर्ने गर्दछ ।

यसका लक्ष्ँणहरू यस प्रकार छन् ।
रुघा लाग्नु, खोकी लाग्नु, हाछ्यँ आउनु, सिगान बग्नु, टाउको दुख्नु, ज्वरो आउनु,
घाँटी दुख्नु, बिसन्चो भएको अनुभव गर्नु आदि । कहिलेकाहीँ यो भाइरसले ब्रोङकाइटिस तथा निमोनिया समेत गर्न सक्छ ।
कोरोना भाइरस सङ्क्रमणबाट कसरी बच्ने ?
साबुन पानीले कम्तीमा २० सेकेण्ड जति राम्ररी हात धुने ।
फोहोर हातले नाक, मुख, कान तथा आ“खा नछुने ।
सङ्क्रमित व्यक्तिसँग नजिक नबस्ने ।
सङ्क्रमित व्यक्ति बाहिर तथा सार्वजनिक स्थानमा नगइदिने ।
संक्रमित व्यक्तिले सधंै माक्सको प्रयोग गर्ने ।
सरसफाइमा ध्यान दिने ।