दृश्य–१ (सहरमा)
“पिटर.....माईकल...! ए बाबा हो । के पारा हो यो ? हेर यतिबेला सम्म पनि उठेको छैन बिहानको ९ बजिसक्यो । म संसार डुलेर आईसके छोराछोरी अभैm ओछ्यानमै छन् । क्यारलिन.....ए कान्छी....? छोराहरु त त्यस्तै हो लौ छोरीसम्म उठेको छैन रैछ । ए पिटरको आमा किन छोराछोरीलाई नउठाएको यतिबेला सम्म ?” रिटायर्ड सार्जन मेजर बुढा किचनमा भातभान्सामा व्यस्त मेजर्नीमाथि खनियो । पुरै घर सुनसान थियो । छोराछोरीहरुको कोठाको ढोका बन्द थियो । सिटिङ्ग रुमको सोफामा सेतो रङ्गको बेलौती कुकुर गुडिल्किएर सुतेको थियो । मेजरसाबले आप्mनो आलिसान चारतले घरको भुई र पहिलो तला कोठाभाडामा लगाएको थियो भने दोस्रो र तेस्रो तलामा आपैm बसेको थियो । जेठा छोरा पिटर र कान्छा छोरा माईकल सबैभन्दा माथिल्लो तलामा आ–आप्mनै कोठामा सुत्थे भने दोस्रो तलामा मेजर साब र छोरी अनि घरमा काम सघाउन राखेकी केटी सुन्दरी सुत्थे । किचन पनि यहीतलामा थियो । “सुतुन न त हौ आज शनिबार हो । कान्छी त अघि उठेकी थिई कोठामा के गर्दै छे कोनी ?” बुढालाई तातो कफी ल्याईदिंदै मेजर्नी साबले छोराछोरीको बचाउ गरिन् । “खै यो पाराले कसरी हुनेहो ? उहिले हाम्रो पालामा ४ बजे नै आमा बाउले उठाएर घाँसदाउरा, मेलोपात खेदाउथे । अहिलेको छोराछोरी देखेर छक्क पर्छु ?” मेजर साबले बर्बराउदै चियाको चुस्की लगाए । “जमाना अनुसारको चलन हो नि त कहाँ पहिले आप्mनो पालो जस्तो सोचेर खोजेर हुन्छ ।” मेजर्नीले फेरी छोराछोरीको पक्षमा भोट हालिन् । पत्रिका पढ्दै चिया खाईसकेर मेजर साब घरको छतमा लगाएको सागसब्जीको हेरचाहमा लागे ।
बिहानको १० बज्नै लाग्दा उठे राजकुमार राजकुमारीहरु । छोराछोरीहरु रातभर च्याटमा, यूटयूबमा, फेस बुकमा व्यस्त भएपछि बिहान सबेरै उठ्ने कुरै भएन । अण्डा, पाउरोटी जाम, बटर, कफि, दूध खाजा खाएर सबैजना फेरी आईफोन, आईप्याड मोबाईलमा व्यस्त देखिए । खाजा खाँदा पनि आँखा मोबाईलमा मुख खाजामा भएकोले ति दाजुभाई, बैनीको हेराहेर र दोहोरो सम्बाद त्यति देखिएन, सुनिएन । जेठा पिटर भरखर प्लस टुमा पुगेका थिए भने कान्छा र कान्छी ९ र १० कक्षामा एउटा निकै महङ्गो बोर्डिङमा पढ्दै थिए ।
खाना खानेबेलामा डाईनिङ्ग हलमा सार्जन मेजर साब छोरोछोरीसँग नराम्रोसँग कड्किए । “के हो तिमेर्को पारा ? बिहान छिटो उठ्नु, नुवाईधुवाई गरेर पढ्नु । ९/१० बजे सम्म सुतेर भविष्यमा के गरिखान्छौ ? हाम्रो पालामा हामीलाई बिहान ३/४ बजे नै बाउ आमाले उठाउथे । भए बासीभात त्यो पनि कहिले नूनखुर्सानी पिसेर नत्र निस्तै खाएर डोको बोकेर खाँस दाउरा काट्न चारकोष टाढा वनमा जानुपथ्र्यो । घाँस दाउराको भारी राम्रो पनि बिसाउन नपाई मकैको च्याख्लाको भात गुन्द्रक तिउनसँग कपाकप खाएर २ घण्टा उकालो हिडेर स्कूल पढ्न जानुपथ्र्यो । धानको भात र मासु त उहिँ दशै तिहार अनि ठूलो चाडबाडमा मात्र देख्न खान पाईन्थ्यो । खाजा भनेको कि मकैभटमास भुटेर नत्र त्यै उब्रेको छ भने बासी भात नै हो । अहिले हेर तिमीहरुलाई ओछ्यानमै चिया खाजा । मासुबेगर भान्सै नबस्ने । रातदिन हातमा मोबाईल खेलायो, नेट चलायो । दिनदिनै पैस चाहियो....... यो लुगा चाहिलयो उ लुगा चाहियो.....” “आ खाने बेला छोराछोरीलाई कति कचकच गरिरखख्या चुप लागेर खान त दिनु नि.... खाली केटाकेथी छेउमा परे कि कराछ कराछ ।” बुढाको गनगनलाई बिचमै काटेर सार्जन मेजर्नीले छोराछोरीलाई उब्केरा लाईन । “लौ लौ मैले त यिनीहरुलाई केही भन्नै हुँदैन । बोल्नै हुँदैन । यिनीहरुकै भविष्यको लागि अर्ती उपदेश दिएको, मलाई के त जे सुकै गरुन् ।” यति भनेर सार्जन मेजर बुढा चुप लागे । बुढाको कुराले छोराछोरीको रौ पनि हल्लेन । खिस्स हाँस्दै मासुभात दन्काएर खाली थालबटुका डाईनिङ टेबलमाथि असरल्ल छोड्दै आप्mनो बाटो लागे । बुढाबुढीले पनि त्यसपछि भने नबोली खाना खाए ।
दिउसोको खाजा खानेबेलामा घरमा बाउ नभएको मौकामा छोराछोरीले आमासँग कुरा खोले । “आमा हाम्रो बाउको व्याकरण त खाते नै रैछ नि.......???” आमाले यसमा खासै प्रतिक्रिया दिईनन् । मुसुक्कै हाँसिन मात्र ।
दृश्य–२ (गाउँमा)
बेरोजगार चौकको घुम्तीपसलमा मनग्गे कल्याङमल्याङ छ । कहिले काँही चिच्च्याएको जस्तो, कहिले बाझेको जस्तो, कहिले चाहि निकै सुनसान । नजिकको बारीमा एक्लै गहुँको नल काटीरहेको भूमेथान्ले काईलाले मन थाम्नै सकेनन् र कचियालाई मेलोमै फ्यात्तै फालेर चुरोट पनि खानुपर्यो भन्दै पसलतिर बढे । जेसिभीका ठेकेदारहरु चुस्मान, हिरे, राईकान्छा र त्यही गाउँका घरमा सिन्को भाच्न नसघाउने उरान्ठेउले ठीटाहरु माने, टङ्के, र कैले रहेछन् । दिनको त्यस्तै २ बजेको हुँदो हो कार्यक्रम सुरु भईसकेछ । सबैको अगाडी सिङ्ग ठाडो अर्ना बियरको बोटल ठिङ्ग उभिएको थियो । पसलेनी ठुलीकान्छी कराईमा भालेको मासु भुट्दै रहेछिन् । “हन हल्ला सुनेर के भएछ भनेर आएको त तिमीहरु पो रहेछौ हेहेहे...†” गर्दै जिन्दगीमा नमाझेको पहेलो दाँत देखायो भुमेथान्ले काईलाले । “ए भुमेथान्ले पो लु आईज बस बस् । ए ठूलीकान्छी याँ भुमेथान्लेलाई पनि एक बोटल बियर दिनु त ।” ठेकेदार चुस्मानले भुमेथान्लेको खातिर गरे । बिहान देखि गहुँको नल काट्दा काट्दा थाकेर हरर भएको भुमेथान्ले काईलालाई जुर्न साईत जुर्यो । बोटलको बियर पिंधमा पुगिसकेको थियो । त्यो ग्याङको सुर चढ्दै थियो । भालेको मासु पाक्नै लागेको थियो । मसलाको हरर वास्ना सुँघेर भुमेथान्लेले घुटुक्कै थुक निले ।
“यो पेटी ठेक्काको काम गर्नै वाक्का लाग्छ यार । समयमा पैसा पनि भुक्तान गर्दैन । खाली यो भएन । उ भएन । मापदण्डा पुगेन । कहिले मेसिनको के बिग्रन्छ ठाँडो, सधै टेन्सनको टेन्सन ।” जेसिभी ठेकेदार हेर्दै ध्वाँसे चुसमानले दिक्दारी पोखे । “खै त्यो राटमाटेको बाटो खनेको पैसा अहिले सम्म गाउँपालिकाले दिएको छैन । गाउँपालिका धाउदा धाउदा नाफा जति त मोटर साईकलको तेलमै गईसक्यो । समय त्यस्तै नष्ट हुन्छ अस्ति भने सारै रिस उठेर लाष्टै थर्काएको छु अब पनि दिएन भने माकाहरुलाई जानेको छु ।” अलि दादा देखिने अग्लो ज्यानको भ्mयाप्ले ठेकेदार हिरे नराम्ररी बम्किए । “मासु पाक्यो है...।” ठुलीकान्छी कराईन् । “लुलु ठूलो थालमा तीन ठाउँ पस्किदिंदा हुन्छ हामी सबैले त्यही खान्छौ ।” ग्याँचे ठेकेदार राईकान्छाले हुकुम छाडे । “बियर त सकियो मासुसँग अलिलि त थप्ने होला नि ?” सधै अर्काको खानु पल्केको गोजीमा सुको दाम नहुने टकनटाँटं टङ्के हरियो गिजा देखाउदै आपैmले बियर किन्ला जस्तो गरेर बोल्यो । “खै ठेकेदारहरुले खुवाए खाने हो नत्र आपूmसँग त फुट्या कौडी छैन...।” अर्को गाउँको टकनटाट डुकुल्वान्ठ्याङ कैलो कपाल भएको कैलेले ठुलीकान्छीले पस्कँदै गरेको मासु हेरेर घुटुक्कै थुक निल्दै सत्य ओकल्यो । भुमेथान्ले र मानेले चै माया लाग्दो अनुहार बनाएर चुस्मानलाई पुलुक्कै हेरे । “खाउ केटा हो खाउ म भईन्जेल खाउ । ए कान्छी दिदी लु फेरी बियर ल्याउ त एक एक वटा ।” ठेकेदार चुसमानले कुखुरे छाती यस्सो फुलाएर अर्डर गरे । “दिन त दिन्छु तर आज चै अस्तिको जस्तो उधारो हुँदैन है । मैले पनि भोली माल झार्नु छ ।” ठुलीकान्छीले चेतावनी सहित फेरी सबैको अगाडी अर्ना उभ्याईदिइन । सबैको अनुहार पूर्णेको जुन जस्तै उज्यालो देखियो । मासुको थाल के अगाडी आएको थियो भालेको मासु कहिल्यै खानु नपाएको जस्तै सबै झम्टिए । हरालुछ नै भयो । कडप्पै अकबरे खुर्सानी टोकेर एक चोक्टा मासु मुखामा हाल्दै “ए बिस्तारै खाउ न हौ के सारो कहिले मासु खान नपाए भैm गति छाडेको...?” ढीलो चोक्टा टिप्ने राईकान्छा बिच्कियो तर उनको कुरा कसैले सुनेनन् । केही छिणमै थाल रित्तो भयो । राईकान्छाले चार चोक्टा जति मात्र टिप्न भ्यायो । अकबरे खुर्सानी नै उसलाई ठीक्क भो । मासुजति अरुले नै भ्याए । दुईबोटल अर्ना सकिन लाग्दा सबैको स्वर पनि ह्वात्तै बढ्यो । अर्नाले हान्न थाले पछि सबैलाई अझ झोंक चल्न थाल्यो तर ३५० रुपैया बोटलको अर्नालाई गोजीले धान्न नसक्ने भएपछि केटाहरु भर्खर निस्केको अली सस्तो रक्सी गोल्डन ओकमा झरे । गोल्डन ओकबाट पनि अन्तमा गाउँले खोय बिर्केमा झरे ।
साँझको ६ बज्नै लागेको थियो । मातेर सधै निहुँखोज्ने टङ्केले फेरी निहुँखोज्न थाल्यो । “यस्तो मु... खोया बिर्के खाने मानिस चै म हैन तर आज खाईदिएँ । डोजर चलाउने ठेकेदारहरुको हैसियत पनि देखियो....†” चुस्मानतिर हेर्दै टङकेले मुख बिगारे । “ई जाँठा....तेरो हैसियत भरखर बियर, हुस्की, भालेकोको मासु डकारेर त्यसले नपुगेर अहिले रक्सीको ध्याम्पै रित्त्याउन आँटेको छस् ठूलो कुरा गर्छस् जाँठा...।” चुस्मानले जुरुक्कै उठेर टङ्केको अनुहार माथि देखि तलसम्म लोपारिहाल्यो । “ए हात हाल्छस्...? हात हाल्छस्...? तिमेरुले बनाएको बाटो कहाँ राम्रो छ ? अस्तीको एकै रातको झरीले सबै बगायो....जनता मारा ठग ठेकेदारहरु...†” टङ्के पाखुरा सुर्कंदै आप्mनो ठाउँबाट जुरुक्कै उठ्यो । “के भनिस् चि...†” खाईलाग्दो ज्यान भएको दादा ठेकेदार हिरेले कस्सेर एक बाँघे झप्पु लगाई हाल्यो टङ्केलाई । बिचरा फुकिदल टङ्के हिरेको झप्पुले धुन्मुनिएर कुनामा बोटलहरुसँगै पाहा भैm पछारियो । आप्mनो जिग्रीले कुटाई खाएको देखेर “हैन किन टङ्केलाई कुटेको हँ..?” भन्दै लर्खराउदै उठेर कराते खेल्ने एक्सन लियो कैलेले । कैलेलाई पनि एक मुक्का बजाई हाल्यो हिरेले । बिचरा कैलेले पनि एकैचोटी जूनतारा तिरीमिरीभ्mयाई देख्यो । अलि सुधो माने भने नगर न हौ नगर, साथी साथीमा पनि के बाझी रहेको भन्दै आपूmले पनि कुटाई खान्छु कि भनेर डराउँदै कुना तर्पm सर्यो । भुमेथान्ले काईलाले भने लुसुक्कै रणभूमीबाट टाप कसे । टङ्के र कैले उठेर गाला र बंगारा छाम्दै साच्चै खेल्ने नै हो...? खेल्ने नै हो.....? भन्दै पोजिसन लिएर निहुँखोज्न थाले । पसलेंनी ठूली कान्छी लु झगडा चै नगर यहाँ टुटफुट भएको सबै तिर्न पर्छ है बिवस्ता नभएकाहरु भनेर कराउदै थिई “हाम्रै हसुर्ने हामीलाई नै अनेक भन्ने जाँठा लु खा त...।” भन्दै टङ्केलाई एक लात लगायो सुधो राईकान्छाले पनि । टङ्के राईकाछाको लातले धुनमुनिएर ठुलीकान्छी माथि बज्रियो । “आयाऽऽ...मार्यो नि बोक्साहरुले...।” ठूलीकान्छी चिच्च्याइन् । बियर र भाले खुवाउने चुस्मानलाई दाउ पारेर पछाडीबाट कैलेले एक कम्फु हानी हाल्यो । बिचरा मातेर झुल भएको चुस्मान नराम्रो गरी दोकानको भित्तामा बज्रिएर भुईमा पछारियो । बियरको बोटल भुईमा पछारिएर असरल्ला भो । रक्सी खाएको सिसाको गिलास कुनै फुट्यो कुनै उछिटिएर कहाँ पुगे लेखाजोखा छैन । खाएको थाल, चम्ची, कराई भाँडाकुडाहरुको हरिबिजोग भो । ठूली कान्छी गाली सराप गर्दै गाउँनै थर्काउने गरी कोहोलो मच्चाए रुन थालेपछि एकैछिणमा वारपरका छर छिमेकीहरु बेरोजगार चौकमा जम्मा भए । दोकानको हरिबिजोग थियो । खै त्यतिबेला जड्याहाहरुसँग के कुरा गर्नु ? भोली वडाकार्यालयमा कुरा मिलाउने सर्तमा तत्कालको लागि झगडा मिल्यो । भोली वडाकार्यालयमा झगडा मिलाउने बेलामा सुनियो जेसिभी ठेकेदार चुसमान मोटरसाईकलसँगै कान्ला मुनि झरेर ज्यानलाई केही नभएपनि उनको दाहिने खुट्टा ठनक्कै भएकोले राती नै अस्पतालमा लगे रे । टङ्के र कैले सँगै खोल्सामा झरेर टङ्केको अघिल्लतिरको ४ वटा हाँसी दाँत र कैलेको ४ करङ खुस्क्यो रे । गहुँको नल काट्न गएका सुधो भुमेथान्लेलाई मेलो नसकेर केटाहरुसँग जाँड खान गएकोमो स्वास्नीले भकुर्न सम्म भकुरिन् रे । बाँकी पात्रहरु चै वडा कार्यालयमा मरेको स्यालको अनुहार लिएर उपस्थित भएको देखियो । झगडेहरुको बिचमा पेलिंदा टेबलमा ठोकिएर ठूलीकान्छीको निधारमा चै कुखुराको चाँकजस्तै टुटुल्को उठेको सबैले देखे ।
“हैन यो गाउँका युवाहरुलाई के भएको हँ ? गोजीमा पैसा होस नहोस बियरै खानु पर्ने, भाले काटी हाल्नु पर्ने अनि यी यसरी चौकमा झगडा गरेर साथी साथीमा कुटाकुट गर्नु पर्ने ? हैन चुसमाने, हिरे, राईकान्छाहरु त गरिखाई रहेका अलि बुभ््mने केटाहरु पो थिए त यिनीहरुले नै झगडा गर्न थाले पछि गाउँ कसरी उभो लाग्छ हौ ?” वडाध्यक्षज्यूले अमिलो अनुहार बनाए पिच्च थुके ।
“खै घरको आर्थिक अवस्था जस्तो सुकै होस् ऋणै खोजेर पनि मोटर साईकल किन्नै पर्ने रोग लागेको छ आजभोली गाउँका यूवाहरुलाई । मोटर साईकल किन्नको फाईदा र बेफाईदा कतिको लेखाजोखा छ कोनी ? पल्लो टोल वाल्लो टोल गर्दा समेत मोटरसाईकल चाहिने भएको छ सबैलाई । गाउँका खेतबारीहरु बाँझो हुन थालेकाछन् । खेतीको काम गर्ने जाँगर कसैलाई छैन । यी हामी जस्ता ६०÷७० वर्ष पुगेका बुढाबुढीले धानेका छौ गाउँका खेतीपाती । नयाँ पुस्ताले गाउँलाई कतातिर डोहोर्याउने हुन् अनुमान गर्न निकै गारो छ है वडाध्यक्ष ज्यू ।” करिब ७० वर्ष पुगेका जेठाबाले चिन्ता व्यक्त गरे ।
झगडियाहरु सबै नआएकोले त्यसदिनको छलफल फासफुस भयो । ठूलीकान्छीको पसलको बियर, रम, रक्सी र भालेको पैसा चाहि ढुस भयो । ठूलीकान्छीको निधारको सत्यनास भो ।