यासोक/ कल्पना सधैं झै घरको काममा व्यस्त छिन् । व्यवसाय सम्हाल्नदेखि घर व्यवहार टार्न उनलाई धौधौ छ । अचानक ! कोठाबाट “आमा म पनि स्कुल जान्छु भन्ने, तोते आवाज उनको कानमा गुन्जिन्छ । उनी केही बेर विक्षिप्त हुन्छिन् । स्कुल पढ्न जान्छु भन्ने शब्दले उनलाई दैनिक घोच्ने गर्छ ।

बालमनोविज्ञानबाट त्यो शब्द भुलाउन खोच्छिन् । तर, उनको प्रयास विफल हुन्छ । दैनिक यस्तै पीडाले उनलाई सताउने गरेको छ । कुम्मायक गाउँपालिका १ स्थित यासोक बजारकी कल्पना बरालका अपाङ्ग छोराको पढ्ने इच्छा पूरा गर्न सकिरहेकी छैनन् । ६ वर्षीय छोरा उत्सव बरालले सानै उमेरमा खुट्टा गुमाए । आँगनमै साथीहरू खेलेको र विद्यालय गएको देखेका उत्सवले परिवारसँग विद्यालय जाने र खेल्ने प्रस्ताव राख्छन् । उनलाई खेलाउने र विद्यालय पु¥याउने अवस्था नभएपछि परिवार पीडामा छ ।

जन्मजात उत्सवको दाहिने खुट्टा बाङ्गो थियो । खुट्टा सिधा बनाउन बराल परिवारले लाखौं रुपैयाँ खर्च ग¥यो । तर, खट्टाको हड्डीले काम नगर्ने भएपछि बालकको खुट्टा काट्नुपर्ने भयो । यो सुनेको परिवारमा बज्रपात भयो । त्यही पीडाले बराल परिवारलाई सताएको छ ।

घुँडामुनिको भाग काटेपछि उनी सदाको लागि अपाङ्ग भए । स्कुल जाँदै गरेका साथीहरू देखेर म पनि पढ्न जान्छु भन्छन् बाबु तर खुट्टाले भर दिँदैन वैसाखी टेक्न पनि हुँदैन आमा कल्पना बरालले सुनाइन् । उनी भन्छिन्, खुट्टा काटेपछि बाबु ह्विलचेयरमा छ ।

वरपर सर्न खोज्दा खुट्टा दुखेको भन्दै रुने र कराउने गरेको छ । उपचारमा धेरै पैसा सक्यौं । छोरालाई उपचार गर्ने पैसा कमाउन श्रीमान् विदेशमा हुनुहुन्छ । अब थप उपचार गर्ने पैसा पनि छैन चिन्तित हुँदै उनले सुनाइन् । खेल्न र पढ्न जान्छु भन्ने शब्दले कल्पनालाई सधैं स्तब्ध पार्छ । छोराको इच्छा पूरा गर्न नसकेको पीडा एकातिर छ भने अर्को तिर उपचार गर्ने पैसा नहुँदा परिवार पीडामा छ ।

पीडित परिवारको पीडामा केही सहयोगी मनहरूले मलमपट्टि लगाउन पहल गर्दै आएका छन् । तर, त्यो पर्याप्त नहुँदा सहयोगकै भरमा उनको घर व्यवहार चल्दै आएको छ । पीडित परिवारलाई याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे र उनकी श्रीमती कमला घिमिरे तिम्सिनाको पहलमा ४५ हजार ५ सय रुपैयाँ सहयोग भएको छ ।

त्यस्तै कुम्मायक गाउँपालिकामा रहेको अपाङ्ग सेवा समितिले नगद १५ हजार सहयोग गरेको छ । सबैबाट सहयोग पाए पनि आफ्नै गाउँपालिकाबाट आर्थिक सहयोग नपाएको उनले गुनासो छ ।